एकदिवसीयमा एेतिहासिक जितपछि भारत र पाकिस्तानसँग खेल्ने सपना
काठमाडौँ, २२ साउन । २२ वर्षपछि नेपाली क्रिकेट टिमले सपनाको यात्रा तय गरेको छ । चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि डेब्यु एक दिवसीय सिरिजमा नेदरल्यान्ड्ससँग १–१ को बराबरीको नतिजा निकालेकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपालमा भव्य स्वागत गरिएको छ ।
नेपालले एक दिवसीय क्रिकेटमा पहिलाेपटक जितको इतिहास रचेर टाेली स्वदेश फर्केकाे हाे । यस सफलतालगत्तै अब टाेलीले भारत र प...


























