काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन् ।

Advertisement

शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा एक रनको रोमाञ्चक जित हात पारेकामा आफूलाई खुशी लागेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी यात्राका लागि पनि सफलताको शुभकामना दिए ।

प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत कप्तान पारस खड्का र नेपाली टिमलाई बधाई तथा शुभकामना दिएका हुन ।

ट्वीटरमा प्रधानमन्त्री ओलीले भनेका छन, “नेपाली क्रिकेट टिमले नेदरल्याण्ड्समा अन्तर्राष्ट्रिय खेलमा हासिल गरेको जितका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।”

नेपालले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!