पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या बढ्दो
खस्यौली, २९ फागुन । रुपन्देही सैनामैना नगरपालिका–३ का ३५ महिला पाठेघरसम्बन्धी समस्याबाट पीडित भएका छन् ।
महिलामा हुने पाठेघरलगायत रोगको परीक्षणबाट ती महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको पर्रोहा हेल्थ पोष्ट, मुर्गियाले जनाएको छ । परीक्षणबाट ३३ जनाको पाठेघरमा क्यान्सरको जोखिममा रहेको, १० को पाठेघरमा मासु पलाएको र एकको पाठेघर खसेको पाइएकाले उनीहरुलाई थप उपचारका लागि सिफारिस गरिएको परिवार नियोजन ...






























