होलीमा प्रयोग गरिने विभिन्न केमिकल्सयुक्त रंगको प्रयोगले छालामा विभिन्न किसिमको समस्या निम्त्याउने गर्छ । छालाको संक्रमण, छाला चिलाउने, पोल्ने लगायतका समस्या निम्त्याउन गर्छ । यो समस्या नहोस् भन्नका लागि होलीमा छाला सम्बन्धि विशेष सर्तकता अपनाउन जरुरी छ । ताकी छालालाई सुरक्षा प्रदान होस् । यसको लागि होली खेल्नु पूर्व छालामा यस्ता कुरा लगाउनु पर्छ, जसले गर्दा छालामा कुनै किसिमको समस्या हुन पाउँदैन ।

Advertisement

लोशन वा मोइस्चराइजर

होली खेल्नु अघि सम्पूर्ण शरीरमा राम्ररी लोशन वा मोइस्चराईजर लगाउनु पर्छ । यो काम होली खेल्नु भन्दा कम्तीमा एक घण्टा अगाडी गर्नुपर्छ । त्यसपछि होली खेल्नु दश मिनेट अगाडी लोशन वा मोइस्चराईजरको प्रयोग गरेर मात्र खेल्नु पर्दछ ।

कोल्ड क्रिम वा तोरीको तेल

केमिकल्सयुक्त रङ्गबाट बच्न छालामा क्रिम वा तेलको प्रयोग गर्न सकिन्छ । हात तथा खुट्टा लगायत शरीरको खुला भागमा तोरीको तेल लगाउनुका साथै अनुहारमा कोल्ड क्रिम वा नरिवलको तेल प्रयोग गर्नुपर्दछ । नरिवल वा तोरीको तेल शरीरमा लागेको रङ्ग निकाल्नका लागि पनि प्रयोग गर्न सकिन्छ ।

वाटरप्रुफ सनस्क्रीम

होली खेल्दा रङ्गबाट बच्न जति आवश्यक छ, घामको हानीकारक विकिरणबाट बच्न पनि उत्ति नै जरुरी छ । घामबाट बच्नकै लागि धेरैले सनस्कि्रम त प्रयोग गर्छन् । तर त्यो पानीको साथमा बगेर जाने हुदाँ यसको उपयोग प्रभावकारी हुँदैन । त्यसैले, होलीमा रङ्ग खेल्दा वाटरप्रुफ सन्सक्रिमकै प्रयोग गर्नु पर्दछ । यस्ता सन्सक्रिम लामो समय टिक्छ नै । यसले छालालाई केमिकल्सयुक्त रङ्गको दुष्प्रभावबाट समेत बचाउँछ ।

ओठमा लिपबाम लगाउने

होली खेल्दा जति छालाको हेरचाह जरुरी छ, उत्तिकै ओठको हेरचाह पनि जरुरी छ । किनकी केमिकल्सयुक्त रङ्गको प्रयोगले ओठ सुख्खामात्र नभएर कालो पनि हुन्छ । त्यसैले, राम्रो यही हुन्छ कि होली खेल्नु केही मिनेट पहिले ओठमा लिप बाम लगाउनु पर्छ । यसका साथै हातखुट्टाको नङ्ग खराब नहोस् भन्न लिपबामलाई नङ्गमा पनि प्रयोग गर्न सकिन्छ ।

ग्लिसिन र अरोमा आयलको समिश्रण

ग्लिसिन तथा अरोमा आयलको समिश्रणले छालालाई रङ्गबाट बचाउन मद्दत गर्छ । त्यसैले, होली खेल्नु अगावै यसलाई छालामा राम्ररी लगाउनु पर्दछ ।

टोनरको प्रयोग

होली खेल्नु अगाडी स्किन टोनरको प्रयोग राम्रो मानिन्छ । टोनरले छालाको रोमक्षिद्रलाई बन्द गर्छ, जसले गर्दा रङ्ग छालाको क्षिद्रमा छिर्न पाउँदैन । र, छाला सुरक्षित रहन्छ ।

पेट्रोलियम जेली

हातको कुहिना वा खुट्टाको घुडाँमा भ्यासलिन वा पेट्रोलियम जेलीको प्रयोग गर्नु पर्दछ । त्यस्तै, नङ्गलाई विग्रनबाछट जोगाउन हात तथा नङ्गमा पनि पेट्रोलियम जेली राम्ररी लगाउनु पर्दछ ।

तिलको तेल निकै प्रभावकारी

होलीमा रङ्ग खेल्नु अगाडी अनुहार तथा हातखुट्टामा तिलको तेल प्रयोग गर्न सकिन्छ । यसले छालालाई सुरक्षा प्रदान गर्दछ । र, छालामा रङ्ग बस्न दिदैन ।

के नगर्ने ?

होलीमा रङ्ग खेल्दा अनुहारमा रङ्ग लाग्ने गर्दछ । यस्तो रङ्ग पखाल्नका लागि छालामा साबुनको प्रयोग नगर्ने । त्यस्तै, रङ्ग निकाल्न छाला बेस्सरी नरगड्ने । र, अरुलाई पनि रगड्न नदिने । त्यतिमात्र हैन, रङ्ग गएन भन्दैमा हतास तथा निराश कदापी नहुने र छालामा विभिन्न किसिमका सामग्री प्रयोग गर्नबाट पूर्णतया जोगिने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!