परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति
नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ ।
आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ ।
कागजात तथा भौतिक संरचना गरी आगलागीबाट १० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ ।
मध्यरात १२ बजे बिजुली सर्ट भइ आगलागी लागेको प्रहरीले जनाएको छ ।
सदरमुकाम रामग्...
