लगातार चार हारपछि काठमाडौंमा कृष्णगोपालको जित
काठमाडौं, २३ मंसिर । वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ । यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन् ।
किनकी लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन् । उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए ।
कृष्णगोपालले २२ हजार ८५२ मत पाउँदै विजयी हुँदा ध्यानगोविन्द...

























