चितवन बस दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन बस दुर्घटनाका घाइतेमध्ये एकको मृत्यु, घाइतेको संख्या १८ पुग्यो

चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपाल...
पूर्व पश्चिम लोकमार्गमा बस पल्टिँदा १५ घाइते

पूर्व पश्चिम लोकमार्गमा बस पल्टिँदा १५ घाइते

चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको अवस्था...
चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चाङ्सा, चीन, १६ असार । चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन् । स्थानीय अधिकारीले दुर्घटना र यसबाट भएका हताहतको शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शुक्रबार बेलुका ८ः४१ मा दुर्घटना भएको थियो । तिव्रगति आएको बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन...
तीन किलो सुनसहित दुईजना पक्राउ

तीन किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ, १६ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो । परिसरका प्रमुख विश्वराज पोखरेलले मारुती ८०० लेखेको गाडीको एयर फिल्टरबाट ल्याउँदै गरेको अवस्थामा उक्त सुन ...
टिकापुर घट्नाको प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग

टिकापुर घट्नाको प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ, १६ असार ।  पूर्व सांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन । २०७२ भदौ ७ गते कैलाली जिल्लाको टिकापुरम...
सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटना

सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटना

काठमाडौँ, १६ असार । सिम्रिक एयरको हेलिकोप्टर ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त भएको छ । आज दिउँसो १४ः३० बजे ग्राण्डी अस्पतालको छतमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । नाइन एन ए एल आर कलसाइन भएको उक्त हेलिकोप्टर अवतरण गरिसकेपछि नियन्त्रण गर्न नसक्दा दुर्घटनामा परेको हो । ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारीले अवतरण भइसकेपछि चालकले हेलिकोप्टर नियन्त्रण गर्न नसक्दा दुर्घट...
अनसन बस्न जुम्ला पुगेका डा. केसी पक्राउ

अनसन बस्न जुम्ला पुगेका डा. केसी पक्राउ

काठमाडौं, १६ असार । आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै उनी जु...
कान्तिपथ पर्यटकीय बसपार्क आजदेखि सोह्रखुट्टेमा

कान्तिपथ पर्यटकीय बसपार्क आजदेखि सोह्रखुट्टेमा

काठमाडौँ, १६ असार ।  तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क आजदेखि सोह्रखुट्टेमा सारिएको छ । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सो काम भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त कान्तिपथको बाटामा पार्किङ गर्दा समस्या हुने भएकाले बसपार्क सारिएको बताउँछन् । “दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने ठाउँ...
काठमाडौँ–वाराणसी–काठमाडौँ भाडादर १४ हजार

काठमाडौँ–वाराणसी–काठमाडौँ भाडादर १४ हजार

काठमाडौँ, १६ असार । बुद्ध एयरले शुक्रबारदेखि काठमाडौँ वाराणसी उडान शुरु गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमबार र शुक्रबार गरी साताको दुई उडान भरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र प्रबन्ध निर्देशक बस्नेतले काठमाडौँबाट वाराणसी उडानका सम्पूर्ण यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...
नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आजदेखि शुरु

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आजदेखि शुरु

काठमाडौँ, १५ असार । नेपाल र भारतबीचका सन्धिसम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आजदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकले सम्भवतः हालसम्म भएका बैठकको प्रगतिलाई प्रतिवेदनको रुप दिई सरकारलाई बुझाउने निर्णय गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै दिल्लीमा इपिजीको आठौँ बैठक बसेको थियो । हालसम्मका बैठकमा मुख्यगरी...
साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

साझा यातायातले २४ नयाँ बस भित्र्याउँदै

ललितपुर, १५ असार । साझा यातायातले काठमाडौँ उपत्यका र उपत्यका बाहिर चल्ने गरी नयाँ २४ वटा बस थप गर्ने भएको छ । तीमध्ये चारवटा डिलक्स र २० वटा सिटी बस रहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । “केही महिना पहिले बस खरिदका लागि ठेक्का सम्झौता भएको थियो, तीमध्ये चारवटा बस एक साताभित्रै काठमाडौँ आइपुग्नेछ,” उनले भने, “ बस आइसकेपछि यसको सञ्चालन प्रक्रिया अघि बढाइनेछ ।” ...
गुल्मीमा एकैदिन २ महिलासहित ३ जनाको बेवारिसे शव फेला

गुल्मीमा एकैदिन २ महिलासहित ३ जनाको बेवारिसे शव फेला

काठमाडौँ, १५ असार ।  गुल्मीमा एकैदिन ३ वटा बेवारिसे शव फेला परेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानमा २ महिलासहित ३ जनाको शव फेला परेको हो । जिल्लाको मुसिकोट नगरपालिका ८ वामी काँडेबासमा अन्दाजी ५० वर्षीय महिलाको शव फेला परेको छ भने कालिगण्डकी गाउँपालिका ४ स्थित कालिगण्डकी नदी किनारमा टाउको छिनेको अवस्थामा अर्की एक महिलाको शव फेला परेको छ । त्यस्तै चन्द्रकोट गाउँपालिका शान्तिपुर बजारमा ४७ वर्...
कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण

काठमाडौँ, १५ असार । कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) आज यहाँ लोकार्पण भएको छ । साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथामा त्यो कुरा छ भन्नुभयो । सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले आख्यानमा सविताले चालेका पाइलाले साह...
सरकार नयाँ ढंगले अगाडि बढ्न खोजेको छ – प्रधानमन्त्री

सरकार नयाँ ढंगले अगाडि बढ्न खोजेको छ – प्रधानमन्त्री

काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ ढंगले अगाडि जान खोजेका कारण राष्ट्रिय अनुसन्धान विभागलगायतका प्रमुख विभागहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको स्पष्ट पार्नुभएको छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय शीर्षकमाथिको छलफलमा उठेका ...
अन्तिम संस्कार गरिसकेको बालकलाई पुर्नजीवित गराउने भन्दै शव उत्खनन् गर्ने तीन पक्राउ

अन्तिम संस्कार गरिसकेको बालकलाई पुर्नजीवित गराउने भन्दै शव उत्खनन् गर्ने तीन पक्राउ

काठमाडौँ, १५ असार । स्याङजाको हरिनाश गाउँपालिकामा अन्तिम संस्कार गरिसकेको बालकलाई पुर्नजीवित गराउने भन्दै शव उत्खनन् गर्ने तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय रिता विकको बालकलाई पुर्नजीर्वित गराउन सक्ने भन्दै गाडेको खाडलबाट जबर्जस्ती निकाल्न लगाएको आरोपमा हरिनाश गाउंपालिका चाङसिङ बस्ने गंगा थापा, सचिना परियार र कृष्णमाया थापालाई प्रहरीले पक्राउ गरेको हो । मृत्यु भईसकेको बालकको शवलाई...
यान्त्रिक हलोले खेत जोत्न थाले म्याग्दीका महिला

यान्त्रिक हलोले खेत जोत्न थाले म्याग्दीका महिला

म्याग्दी, १५ असार । म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् । महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् । बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि महिलालाई पनि खेत जोत्न सक्ने सुविधा भए...
जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १५ साउन । सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए । बैठकले खाद्यान्न ढुवानीका लागि उद्यो...
असार १५ : कृषि मन्त्रीको टाउकोमा रोपाइँ !

असार १५ : कृषि मन्त्रीको टाउकोमा रोपाइँ !

काठमाडौँ, १५ असार । असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिन । अर्थात आज असार १५, धान दिवस । ‘धान उत्पादनमा बृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ । यसै दिनको अवसरमा विभागीय मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ रोपाइँमा सहभागी भएका छन् । त्यसक्रममा तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै ...
ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ, १५ असार । सन् २०१९का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको हो । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उतीर्ण भएको बैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।
अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु, केही घाइते

अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो, चार पत्रकारसहित पाँचको मृत्यु, केही घाइते

मेरिल्याण्ड, १५ असार । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ । अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ । मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो । संदि...
म्यानमारको सुरक्षाकर्मीद्वारा रोहिङ्ग्या बालकमाथि गोली प्रहार

म्यानमारको सुरक्षाकर्मीद्वारा रोहिङ्ग्या बालकमाथि गोली प्रहार

बङलादेश, १५ असार । म्यानमारको सिमानामा खटिएका सुरक्षाकर्मीले बिहीबार रोहिङ्ग्या बालकमाथि गोली प्रहार गरेका छन् ।सुरक्षाकर्मीको गोली लागि दश बर्षीय बालक अन्सार उल्लाह घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्लादेशसँगको म्यानमारको सिमानामा रहेको निषेधित क्षेत्रमा खेलिरहेका बालकमाथि उनीहरूले गोली प्रहार गरेको बताइएको छ । झण्डै सात लाख भन्दा बढी रोहिङ्ग्या मुस्लीम समुदायका नागरिक गत बर्ष म्य...
नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

कञ्चनपुर, १५ असार । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो । चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो । दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर...
धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको बस खोलामा खस्यो, १५ यात्रु घाइते (भिडियोसहित)

धर्मस्थलीबाट रत्नपार्क आउँदै गरेको बस खोलामा खस्यो, १५ यात्रु घाइते (भिडियोसहित)

काठमाडौं, १५ असार  । काठमाडौंको लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे  दुर्घटना भएकाे हाे । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचा...
ट्रम्पकी छोरीको हातबाट सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड

ट्रम्पकी छोरीको हातबाट सुनिता दुनुवारले पाइन् विश्व प्रतिष्ठित हिरो अवार्ड

काठमाडौं, १५ असार । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई प्रदान गरेका छन् । अमेरिकाले हरेक वर्ष विश्वभरका १० जना अभियन्ता मध्येबाट एक जनालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुव...
रौतहटमा प्रहरी र हतियारधारी आपराधिक समूहवीच भिडन्त, एक जनाको मृत्यु

रौतहटमा प्रहरी र हतियारधारी आपराधिक समूहवीच भिडन्त, एक जनाको मृत्यु

रौतहट, १५ असार । रौतहटमा बिहीबार राति प्रहरी र हतियारधारी आपराधिक समूहवीच दोहोरो भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको सूचना पछि पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो । मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ । र...
मदन भण्डारी राष्ट्रिय पुरस्कार चित्रकार शर्मालाई

मदन भण्डारी राष्ट्रिय पुरस्कार चित्रकार शर्मालाई

काठमाडौँ, १४ असार ।  ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ बाट कलाकार हरिप्रसाद शर्मा आज सम्मानित हुनुभएको छ । जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार शर्मालाई सम्मान गर्नुभयो । पुरस्कारको राशि रु एक लाख र साथमा सम्मानपत्र छ । फाउण्डेशनले प्रदान गरेको उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलाम...
सुयोग्य शिक्षक पुरस्कार प्रा. डा. त्रिपाठीलाई

सुयोग्य शिक्षक पुरस्कार प्रा. डा. त्रिपाठीलाई

काठमाडौँ, १४ असार । भौतिकशास्त्रका प्रा. डा. बलराम जोशीको स्मृतिमा स्थापित ‘डा बलराम जोशी सुयोग्य शिक्षक पुरस्कार’ प्रा डा वासुदेव त्रिपाठीलाई अर्पण गरिएको छ । तीन दशकभन्दा बढी त्रिविवि नेपाली केन्द्रीय विभागमा शिक्षण एवं नेपाली भाषासाहित्यका समालोचना, कथा, कविता आदि विधामा योगदान पु¥याएवापत प्रा डा त्रिपाठीलाई अर्पण गरिएको सो पुरस्कारको राशि रु २५ हजार १०१ तथा साथमा सम्मानपत्र छ । यसैगरी डा ब...
अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा

सोल, १४ असार । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुग्नुभएको छ । उहाँ बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजै राति अबेरतिर उहाँ जापानको राजधानी टोकियोका लागि उड्नुहुने समाचरमा जनाइएको छ । प्राप्त समाचारअनुसार उहाँले दक्षिण कोरियामा रहँदा आफ्ना समकक्षीका साथै दक्षिण कोरियाली...
निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

काठमाडौँ, १४ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको निगमल...
अपडेटः धादिङमा पहिरोमा पुरिएर पाँचजनाको ज्यान गयो, मार्पाक र सत्यदेवीमा पाँच घाइते, नौ घरमा क्षति

अपडेटः धादिङमा पहिरोमा पुरिएर पाँचजनाको ज्यान गयो, मार्पाक र सत्यदेवीमा पाँच घाइते, नौ घरमा क्षति

धादिङ, १४ असार । उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ । अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा सत्यदेवीको साइस्वाराँका राजु गोलेको घर पूर्णरुपमा क्षति पुगेको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, १४ असार ।  काठमाडौँमा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।
error: Content is protected !!