अनलाइनखबर

काभ्रे, २८ असार । वर्षाले काभ्रेको बनेपा पनि पूर्णरुपमा प्रभावित भएको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलाको बाढी बनेपा बजारमा छिरेको छ । करिब दुई दर्जन घर डुबानमा परेका छन् ।

Advertisement

बनेपा– ८ का जीवन नकर्मीको घरमा खोलाको बाढी पस्दा उनको घर बनाउन बसेका मजदुरहरु अलपत्र परेका थिए । उनीहरुलाई बिहीबार बिहान नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्द छ । बाढीका कारण पूर्व–पश्चिम चल्ने गाडीहरु बीचमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । अरनिको राजमार्गको पलासे खण्डमा पनि पहिरो खसेको छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरो आएर राजमार्ग अवरुद्ध छ । पनौती नगरपालिका ३ का बिदुर सापकोटाको घर पहिरोले पुरिएको छ । मानवीय क्षति नभए पनि पशु चौपाया मरेका प्रहरीले जनाएको छ । काभ्रे जिल्लाको सडक सन्जाल ठप्प भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!