कञ्चनपुर, २७ असार । बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

Advertisement

जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिलाको ज्यान मारी पाण्डेय विसं २०५६ असार ५ गतेदेखि फरार रहेका थिए । हाल घरमा आई लुकिछिपी बसेको अवस्थामा नगरपालिका–७ सुडा झजपुरबाट पाण्डेयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

पक्राउ परेका पाण्डेयलाई हिरासतमा राखी कर्तब्य ज्यान अपराध शीर्षकमा अनुसन्धान भइरहेको उनले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!