काठमाण्डौं, २७ असार । काठमाण्डौंको दक्षिणकाली नगरपालिकामा रहेको दक्षिणकाली मन्दिरमा भक्तजनको घुईचो लाग्ने गरेको छ । मन्दिरमा पुजा गर्ने र अवलोकन गर्नेको भीड लाग्ने गरेको हो ।
काठमाण्डौंको पुरानो बसपार्कबाट २२ किलोमिटर दक्षिणमा रहेको उक्त मन्दिरमा तुलनात्मक रुपमा मंगलवार, शनिवार र सार्वजनिक बिदाको दिन बढी मात्रामा भीड लाग्ने गरेको मन्दिर ब्यवस्थापनले जनाएको छ । काठमाण्डौं उपत्यकामा बसोबास गर्ने तथा काठमाडौं आएकाहरु बढी मात्रामा मन्दिरमा पुग्ने गरेका छन् ।
दुईवटा खोलाको दोभानमा उत्पती भएकी देबी दक्षिणमा रहेकाले दक्षिणकाली भनिएको किम्वदन्ती छ । दक्षिणकालीलाई देबी कालीको अवतारका रुपमा पुजा गर्ने प्रचलन रहेको स्थानीयबासी बताउँछन् ।
दक्षिणकाली मन्दिर आसपास क्षेत्र बनभोजका लागि पनि प्रशिद्ध छ । बनभोज स्थलको राम्रो प्रबन्ध भएकाले बनभोज खान आउँने गरेको बनभोज स्थलमा भेटिएका मोरङका भानु घिमिरेले बताए । हरियाली जंगल, खोला तथा मनोरम दृस्यका कारण बनभोज खानका लागि सो क्षेत्र रोजाईमा पर्ने गरेको उनले बताए ।
दन्तकालीमै भेटिएका धनकुटा हिलेका देब कुमार खत्रीले पनि राजधानीबाट नजिकै धार्मिक, शान्त र रमणीय वातावरण भएकाले फुर्सदको समय मिलाएर दन्तकाली आएको प्रतिक्रिया दिए ।