भक्तपुर, २८ असार ।  भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा पहिराेले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

Advertisement

सुतिरहेको बेला खसेकाे पहिराेले ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदाको मृत्यु भएको  भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भाटले जानकारी दिए ।

ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रमुख अधिकारी भाटका अनुसार  राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!