काठमाडौँ, २८ असार । लगातारको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोका कारण डुवान तथा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको हो । वर्षाले काभ्रेको बनेपा पूर्णरुपमा प्रभावित भएको छ ।

Advertisement

बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलामा आएको बाढी बनेपा बजारमा छिरेपछि करिब दुई दर्जन घर डुबानमा परेका छन् । बाढी र ठाउँ ठाउँमा गएको पहिरोका कारण अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्द छ । बाढीका कारण पूर्व–पश्चिम चल्ने गाडीहरु बीचमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । अरनिको राजमार्गको पलासे खण्डमा पनि पहिरो खसेको छ ।

त्यस्तै, बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरो आएर राजमार्ग अवरुद्ध छ । पनौती नगरपालिका ३ का बिदुर सापकोटाको घर पहिरोले पुरिएको छ । मानवीय क्षति नभए पनि पशु चौपाया मरेका प्रहरीले जनाएको छ ।

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध भएको जनाइएको छ । यसैबीच हनुमन्ते खाेलामा आएको बाढीले भक्तपुरको राधे राधे क्षेत्र डुबानमा परेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!