उपत्यकाको तापक्रम एक्कासि वृद्धिः अबको तीन दिन वर्षा हुने

उपत्यकाको तापक्रम एक्कासि वृद्धिः अबको तीन दिन वर्षा हुने

काठमाडौँ, २३ असार । काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग...
निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

काठमाडौँ, २३ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको सो विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ ।...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँ, २३ असार । आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुई जनामध्ये उपचारका क्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी...
मरेको कुखुरा बेच्ने तीन जना पक्राउ

मरेको कुखुरा बेच्ने तीन जना पक्राउ

काठमाडौँ, २२ असार । काठमाडौँको नयाँबजार क्षेत्रमा मरेका कुखुरा बेच्दै हिँडेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बा.१७ च. १२३६ नंको पिकअप भ्यानमा मरेको कुखुरा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले चालक चन्द्रबहादुर अधिकारी सहचालक अनिष दोङ्ग र कुखुरा व्यापारी हिमाल बर्तौलालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले गाडीमा १७० वटा मरेको ब्वायलर कुखु...
मुस्ताङ टिपर दुर्घटना: मृतक १९ मध्ये १८ जनाको सनाखत

मुस्ताङ टिपर दुर्घटना: मृतक १९ मध्ये १८ जनाको सनाखत

बागलुङ, २२ असार । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ । मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका र ३२ वर्षीय राजकुमार पुन छन् । त्यसैगरी दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर...
रामायण र बुद्ध परिपथ सञ्चालन गर्न नेपाल र भारत सहमत, चौध बुँदे सहमति

रामायण र बुद्ध परिपथ सञ्चालन गर्न नेपाल र भारत सहमत, चौध बुँदे सहमति

काठमाडौँ, २२ असार । नेपाल र भारतले संयुक्तरुपमा रामायण तथा बुद्ध परिपथमा पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध प्रयास गर्ने भएका छन् । दुई देशको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको हो । पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा सडक विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएक...
घुससहित खानेपानी डिभिजन कार्यालयको इन्जिनियर पक्राउ

घुससहित खानेपानी डिभिजन कार्यालयको इन्जिनियर पक्राउ

बनेपा, २२ असार । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित आज दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार पनौती नगरपालिका–११ स्थित बल्थली बृहत् खानेपानी उपभोक्ता स...
टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

बागलुङ, २२ असार ।  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् । दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जा...
सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक

सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक

कैलाली, २२ असार । कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा प्रहर...
देशका सबै विद्यालय भवनको प्राविधिक परीक्षण हुने

देशका सबै विद्यालय भवनको प्राविधिक परीक्षण हुने

काठमाडौँ, २२ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले भूकम्प प्रभावित जिल्ला बाहेक अन्य जिल्लाका सबै विद्यालय भवनकोे अवस्थामा अध्ययन एवं प्राविधिक परीक्षण गर्ने भएको छ । उक्त इकाईले हाल भूकम्प प्रभावित ३१ जिल्लाका सबै विद्यालय भवनको प्राविधिक परीक्षण एवं भूकम्पले क्षति पु¥याएका विद्यालयको भवन निर्माणमा आर्थिक एवं प्राविधिक सहयोग जारी राखेको छ । विद्यालय...
प्रदेश ४ को नाम अब ‘गण्डकी’ प्रदेश

प्रदेश ४ को नाम अब ‘गण्डकी’ प्रदेश

काठमाडौँ, २२ असार ।  प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ । लामो समय देखि नामका विषयमा बिवादमा आएको प्रदेश ४को नामकरणमा सहमती भएको छ । लामो समयदेखि छलफलमा रहेको प्रदेश ४ को नाममा सत्तापक्षकै तत्कालिन माओवादी मौन बसेपछि लम्बीएको थियो । पछिल्लो समयमा प्रदेशको नाम गण्डकी राख्ने सहमती भएको एक सांसदले जनाकार...
मुस्ताङमा टिपर दुर्घटना,पन्ध्र मजदूरको मृत्यु

मुस्ताङमा टिपर दुर्घटना,पन्ध्र मजदूरको मृत्यु

मुस्ताङ, २२ असार ।  मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १५ मजदूरको मृत्यु भएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर स्याङ्बोचेमा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । “दुर्घटनामा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ, सबै विवरण आउन बाँकी छ”, उनले भने । दुर्घटनामा परी १७ मजदूर घाइते भएका छन् । घटनास्थल स...
कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौँ, २१ असार । सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ । सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको हो । सो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पठाएको अर्थ मन्त्रालयले जनाएको छ । संघीय मामिल...
धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

कैलाली, २१ असार । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ । मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । इन्द्र...
बालिकालाई कुटपिट गरी हत्या गरेर फाल्ने पक्राउ

बालिकालाई कुटपिट गरी हत्या गरेर फाल्ने पक्राउ

बनेपा, २१ असार । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार बुधबार राति सोही स्थानका अन्दाजी ९/१० वर्षीया एलिशा तामाङलाई घर नजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एक जनालाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा बारा जिल्ला गटहला गाउँपालिका–४ का जोखन म...
धामी झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

धामी झाँक्रीको भर पर्दा सुत्केरीको मृत्यु

त्रिशूली, नुवाकोट, २१ असार । झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको हो । सुत्केरी भएपछि धेरै रक्तश्राव भएको र उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको छिमेकी तथा नेपाल कम्युनिष्ट पार्टी वडा कमिटीका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिनुभयो । बुध...
छात्रवृत्तिमा प्राविधिक विषय पढेकाले अनिवार्य सेवा दिनुपर्ने

छात्रवृत्तिमा प्राविधिक विषय पढेकाले अनिवार्य सेवा दिनुपर्ने

काठमाडौँ, २० असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित कार्यक्रममा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले आफूले जानेको सीपअनुसार कार्यस्थलमा गएर कम्तीमा छ महिना सेवा दिनुपर्ने सुझाव दिइएको छ । सिटिइभिटीअन्तर्गत सञ्चालित कार्यक्रममा शुल्क निर्धारण र छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधारका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा...
माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, २० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताएका छन । आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले माध्यमिक तहका विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको अध्यापन गराउनुपर्ने र इन्टरनेटमा नो बोर्डर नीतिक...
असार २१ र २२ गते मध्यम वर्षा हुने

असार २१ र २२ गते मध्यम वर्षा हुने

काठमाडौँ, २० असार । असार २१ गते मुलुकको पूर्वी र मध्य क्षेत्रमा बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । बाँकी भूभागमा आंशिक बदली हुने र अपराह्नपछि बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, असार २२ गते देशैभरी मौसम बदली भई पूर्वी तथा मध्य भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका ...
बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

बाढीेबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई तत्काल ५० हजार

महेन्द्रनगर, धनुषा, २० असार । बाढीपहिरोबाट मृत्यु हुने प्रत्येक मृतक परिवारलाई प्रदेश नं २ को सरकारले तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । केही दिनयताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश नं २ मा हालसम्म दुई जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । बाढीका कारण गत मंगलबार पर्सा जिल्लाको पर्सा गढी गापा–८ रमौली बस्...
व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

व्यवसायीलाई धम्काएर रकम असुल्ने पक्राउ

काठमाडौँ, २० असार । महानगरीय प्रहरी परिसर काठमाडौँले गुण्डागर्दीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि ठमेल, दरबारमार्गलगायतका क्षेत्रका होटल, रेष्टुराँ, डिस्को तथा त्यहाँका व्यापारीलाई डरत्रास देखाई रकम असुल्दै हिँड्ने रामेछापका २६ वर्षीय विमल लुङ्गेलीमगरलाई मंगलबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले ठमेल, दरबारमार्गका व्यवसायीलाई अनावश्यक रुपमा...
अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार

अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार

भीमदत्तनगर, २० असार । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेका हुन् । दुवैजना काठमाडौँदेखि दिल्ली चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गर...
नदीमा डुबेर दुई बालकको मृत्यु

नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली, २० जेठ । कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ । स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । नदीको पानीको सतह ब...
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवा, २० असार । उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् । सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर...
कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने

कलंकीको ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालन हुने

काठमाडौँ, १९ असार । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । कलंकी चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डरपासको १५ मिटर वाल ‘फिनिसिङ’ र ४०० मिटर कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जन...
विश्वकपमा सट्टेबाजी खेलाउँदै गर्दा सात लाख नगदसहित पक्राउ

विश्वकपमा सट्टेबाजी खेलाउँदै गर्दा सात लाख नगदसहित पक्राउ

काठमाडौँ, १९ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रु छ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता म...
स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुने

स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुने

काठमाडौँ, १९ असार । नेपालमा पनि सार्वजनिक नीति विषयमा विश्वविद्यालय तहमा पढाइ हुने भएको छ ।  काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सो विषयमा पढाइ शुरु गर्न लागेको हो । मानविकी, व्यवस्थापन, कानूनलगायत विषय पनि सो विषयमा समावेश हुनेछन् । विशेषगरी सरकारका विषयगत मन्त्रालयलाई आवश्यक पर्ने नीति र नीतिलाई कार्यान्वयनमा ल्याउने विधि पनि समावेश हुने आज यहाँ आयोजित कार्यक्...
चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

चीन र भारत जोड्ने आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, १९ असार । सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०४० सम्मका लागि तयार पारेको प्रसारण लाइन गुरुयोजनाअनुसार भारततर्फ ६ वटा अन्तरदेशीय प्रसारण लाइन र चीनतर्फ तत्कालका लागि दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन गुरुयोजनामा समेटिएका आठ अन्तरदेशीय प्रसारण लाइनमध्ये भारतर्फक...
रुख ढलेर च्यापिँदा स्कूले बालिकाको मृत्यु

रुख ढलेर च्यापिँदा स्कूले बालिकाको मृत्यु

दमौली, तनहुँ, १९ असार । व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अस्मिता र आठ वर्षीया सोनिसा छन् । उनीहर...
महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा

महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा

गौशाला, १९ असार । महोत्तरी जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् । विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको नदी तटीय जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च जोखिममा रहेका छन् । ती विभिन्न नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु...
भरुवा बन्दुकसहित सल्यानमा तीन जना पक्राउ

भरुवा बन्दुकसहित सल्यानमा तीन जना पक्राउ

रुकुम, १९ असार । सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित आइतबार साँझ तीनजनालाई पक्राउ गरेको छ । सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ । प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरह...
error: Content is protected !!