एउटा बिरुवा रोपे २० दिइने

एउटा बिरुवा रोपे २० दिइने

सल्यान, २५ असार । शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ । नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गरे । नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिए । नगरपालिकाले नग...
दार्चुलामा भालुको पित्तसहित दुई पक्राउ

दार्चुलामा भालुको पित्तसहित दुई पक्राउ

दार्चुला, २५ असार । भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६ वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताए । बिहान ७ बजे पक्राउ परेका दुवैै जनालाई पत्रकार सम्मेलन गरी जिल्...
तीनदिन देशैभर बदली र वर्षा हुने

तीनदिन देशैभर बदली र वर्षा हुने

काठमाडौँ, २५ असार । आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औँल्याएको हो । आज दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ भने देशक...
ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

काठमाडौँ, २५ असार । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन । जिल्ला प्...
मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख

मुस्ताङ दुर्घटनामा मृत्यु भएका परिवारलाई ५ लाख

काठमाडौँ, २५ असार । मुस्ताङको स्याङ्बोचेमा सडक दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई सरकारले ५–५ लाख रुपैयाँ राहत दिने भएको छ । सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे जानकारी गराउँदै मृतकका परिवारलाई ५–५ लाख रुपैयाँ दिने जानकारी गराएका हुन् । मुस्ताङको स्याङ्बोचे लोमान्थाङ सडक निर्माणका क्रममा खाना खाएर ट्रिपर चढेर काम गर्न जाँदै गर्दा दुर्घटना हुँदा २० जनाको घटनास्थ...
भारतसंगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

भारतसंगको पाँच सीमालाई रेलमार्गले जोड्न छलफल शुरु

काठमाडौँ, २५ असार । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ । छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा नेपालका तर्फबाट उक्त मन्त्रालय र रेल विभागक...
वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद

वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद

पर्वत, २५ असार । नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् । पर्वत जिल्ला अदालतका न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आइतबार उनलाई ११ वर्ष कैद र रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोख्रेलले बताए । बेल्नसमेत नसक्ने पीडित वृद्धालाई आरोपीले ०७५ वैशाख ५ गते...
वर्षाका कारण १०० को मृत्यु भएपछि जापानी प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

वर्षाका कारण १०० को मृत्यु भएपछि जापानी प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

टोकियो, २५ असार । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण सोमबार बिहानसम्ममा १०० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । सोमबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले जनाएको छ । उक्त टेलिभिजनका अनुसार अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी छ । पहिरोमा परी धेरैको ज्यान गएको छ । केही दिन यताको अव...
घुससहित इन्जिनियर पक्राउ

घुससहित इन्जिनियर पक्राउ

जाजरकोट, २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो । उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।
बालिका बलात्कार आरोपमा ९९ वर्षीय प्रधानाध्यापक पक्राउ

बालिका बलात्कार आरोपमा ९९ वर्षीय प्रधानाध्यापक पक्राउ

काठमाडौँ, २५ असार । भारतको तमिलनाडुको राजधानी चेन्नईमा एक सरकारी स्कूलका ९९ वर्षीय अवकाशप्राप्त प्रधानाध्यापकले १० वर्षकी बालिकामाथि यौन शोषण गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई जेल पठाएको छ । पुलिसका अनुसार आरोपी प्रधानाध्यापक परशुरामलाई सन्नीरकुप्पमस्थित उनको घरबाट पक्राउ गरिएको हो । एक भारतीय समाचार माध्यमका अनुसार परशुरामका पाँच घर छन् । तीमध्ये उनले सन्नीरकुप्पमस्थित घरलाई दुई वर्ष अघि ...
दुई हप्तादेखि गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

दुई हप्तादेखि गुफामा थुनिएका बाँकी नौ जनाको उद्धार शुरु, सोमबार थप चारजनालाई बाहिर निकालिने

थाइल्याण्ड, २५ असार । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ । दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चार जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धाको कार्य अति कठिन भएकोले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो । सोमबार पनि उद्धार कार्य स्थानीय ...
कार्कीको हत्या गरेको अभियोगमा दुई पक्राउ

कार्कीको हत्या गरेको अभियोगमा दुई पक्राउ

भादगाउँ, २४ असार । चाँगुनारायण नगरपालिका–७ जितपुरका ३६ वर्षीय उमेश कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत असार १५ गते राति कुखुराको मासु पोखिदिएको विषयमा भएको वादविवादका क्रममा धारिलो हतियार प्रयोग गरी कार्कीको हत्या गरेको अभियोगमा प्रहरीले सर्लाही हरिपुर नगरपालिका–८ जगतपुर घर भई हाल नेपाली सेनाको श्री नयाँ सबुज गण, सुर्खेतमा कार्यरत प्युठ ३५ वर्षीय रामसागर चौधरी ...
कृष्णप्रसाद हत्यामा संलग्न स्वयम् अदालतमा उपस्थित, आजै कारागार चलान

कृष्णप्रसाद हत्यामा संलग्न स्वयम् अदालतमा उपस्थित, आजै कारागार चलान

काठमाडौँ, २४ असार । सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल आज आफैँ अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले आजै पौडेललाई डिल्लीबजार कारागार चलान गरेको छ । द्वन्द्वकालमा चितवनको रत्रमा मामाघर जाने क्रममा २०६१ जेठ २४ गते कृष्णप्रसादको हत्या भएको थियो । हत्याको दोषी पौडेल ठहर भएका थिए । आफ्ना छोराको हत्याम...
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजना पक्राउ

विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजना पक्राउ

काठमाडौँ, २४ असार । महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ । परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले विश्वकप फुटबलका नाममा करोडौँ रकम खेलाउने गरेको भन्दै प्रहरीले सट्टेब...
अवैध भारुसहित हुण्डी र लागुपदार्थ कारोबारी पक्राउ

अवैध भारुसहित हुण्डी र लागुपदार्थ कारोबारी पक्राउ

वीरगञ्ज, २४ असार । पर्सा प्रहरीले विभिन्न स्थानबाट अबैध भारतीय नोट, हुण्डी कारोवारी तथा लागू पदार्थ कारोबारमा संगलन ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आईतवार पत्रकार समेलन गरी ८ लाख १ हजार २ सय रुपैयाँ र बिआर ०५ के ६४४४ नम्बर को मोटरसाइकल सहित भारतको बिहार मोतिहारी जिल्ला ग्राम सुगौली वडा नम्बर ११ बस्ने २८ बर्षको अभिजित कुमार सर्राफलाई पक्राउ जनाएको हो । सर्राफलाई पक्...
जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

जापानमा वर्षाका कारण कम्तीमा ५७ जनाको मृत्यु

टोकियो, २३ असार । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण ५७ जनाको ज्यान गएको बताएको छ । केही दिन यताको अविरल बाढी र त्यसका कारण आएको पहिरोका कारण दर्जनौँ व्यक्ति हराइरहेका छन् । आइतबार अधिकारीले दिएको जानकारीअनु...
‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ काठमाडौँमा हुँदै

‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ काठमाडौँमा हुँदै

काठमाडौँ, २४ असार। राष्ट्रिय युवा परिषद्ले ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते राष्ट्रिय सभागृहमा गर्ने भएको छ । उक्त भेलामा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, मलेसियालगायत मुलुकमा लामो समयदेखि बसेर व्यावसायिक सीप, प्राविधिक ज्ञान तथा अर्थोपार्जन गरेका करीब ५०० युवाको सहभागिता रहने बताइएको छ । युवालाई स्वदेशमा लगानी गर्न सक्ने पूर्वाधारको नि...
गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा

गौतमबुद्ध विमानस्थल एक वर्षभित्र सञ्चालनमा

काठमाडौँ, २४ असार । आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएको पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको छ । हाल सो विमानस्थलको करीब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति ...
टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

अङ्कारा, २४ असार । टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशि...
साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

साउनदेखि टेलिफोन र इन्टरनेटको शुल्क बढ्ने

काठमाडौं, २४ असार । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिने भएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शु्ल्क कम्तीमा १४ प्रतिशत महंगो हुने भएको हो । निजी मोबाइल सेवा प्रदायक एनसेलले साउन १ गतेदेखि फोन र इन्टरनेट सेवा शुल्क समायोजन गर्ने जानकारी गराएको छ । नेपाल टेलिकमले पनि साउनबाट मूल्य समायोजन ग...
जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

ललितपुर, २४ असार । जंगली जनावरको भनेर झुक्काएर भैँसीलगायतका घरपालुवा जनावरको अंगसमेत बेचबिखन हुँदै आएको पाइएको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पहिले मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत दुई वर्षदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको हो । सो अवधिमा धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात गर्न लागेको भनी परीक्षणका लागि आएकामा कतिपय त झुक्काएर घरपालुवा जनावरको अङ्गसम...
बढी भार र तीव्र गतिका कारण मुस्ताङमा टिपर दुर्घटना भएको अनुसन्धानको निष्कर्ष

बढी भार र तीव्र गतिका कारण मुस्ताङमा टिपर दुर्घटना भएको अनुसन्धानको निष्कर्ष

बागलुङ, २४ असार । बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । टिपर चालककै मृत्यु भएपछि दुर्घटनाको सबै कारण खुल्न नसकेको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनामा परी बेनी–जोमसोम–कोरला सडक खण्डमा कार्यरत २० मजदूरको मृत्यु भएको थियो भने १२ ...
चिकित्सक–प्राविधिकसहित चीन सरकारलाई गैँडा पठाइने

चिकित्सक–प्राविधिकसहित चीन सरकारलाई गैँडा पठाइने

चितवन, २४ असार । नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ । यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो । ...
एक वडा सचिवको भरमा नौ वडा, सदरमुकामबाटै हुन्छ गाउँपालिकाकाे काम !

एक वडा सचिवको भरमा नौ वडा, सदरमुकामबाटै हुन्छ गाउँपालिकाकाे काम !

जाजरकोट, २४ असार । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन। स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थाप...
भानुभक्तको जन्मस्थल चुँदीरम्घामा रामायण घर बन्दै

भानुभक्तको जन्मस्थल चुँदीरम्घामा रामायण घर बन्दै

तनहुँ, २४ असार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा सो घर निर्माण हुन लागेको हो । भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण कार्य भइरहेको हो । हालसम्म ८० प्रतिशत निर्माण कार्य पूरा भएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर...
सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं, २४ असार । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए । यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिम...
देउवा सरकारका नियुक्ति खारेजपछि नयाँका लागि दौडधूप

देउवा सरकारका नियुक्ति खारेजपछि नयाँका लागि दौडधूप

काठमाडौँ, २४ असार ।  अघिल्लो सरकारले गरेका झण्डै चार दर्जन राजनीतिक नियुक्ति खारेजीमा परेसँगै रिक्त पदमा पुग्न दौडधूप सुरु भएको छ । महत्वपूर्ण र आकर्षक नियुक्ति लिन सत्तारुढ दल निकटस्थहरू सक्रिय देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो। मन्त्रिपरिषद् कार्यालयले शुक्रबारै २० वटा मन्त्रालय र मातहत निकायलाई पत्राचार गरी राजनीतिक नियुक्ति खारेजीको निर्णय तत्काल कार्यान्वयन गर...
कर्णालीको पर्यटन विकासमा ९८ करोडको बजेट

कर्णालीको पर्यटन विकासमा ९८ करोडको बजेट

सुर्खेत, २४ असार । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए । उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दि...
जापानमा वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

जापानमा वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

टोकियो, जापान, २३ असार । जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ । बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन् । जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्ती...
मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी

बुटवल, २३ असार ।  रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ । आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २ः३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पु¥याइएको थियो । समीक्षाको शरीरमा बाबु तेजबहादुर ठकुरीसहित घर परिवारका अन्य सदस्यले मट्टितेल छर्क...
मुलुकी अपराध (संहिता) ऐनलाई कडाइका साथ लागू गरिने

मुलुकी अपराध (संहिता) ऐनलाई कडाइका साथ लागू गरिने

काठमाडौँ, २३ असार । आगामी भदौ १ देखि मुलुकमा लागू हुन लागेको मुलुकी अपराध संहिता ऐन कडाइका साथ लागू गरिने भएको छ । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागले प्रदेश नं ३ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको दुई दिवसीय सम्मेलनमा १८ बुँदे प्रस्ताव पारित गर्दै भदौ १ देखि लागू हुन गइरहेको संहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने भएको हो । सम्मेलनले अपराध नियन्त्रण तथा अनुसन्धान कार...
error: Content is protected !!