सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा आमाछोरा बेपत्ता

सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा आमाछोरा बेपत्ता

म्याग्दी, १८ साउन । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं को ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उहाँका आठ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ । अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेल मैदानको ड...
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत

काठमाडौँ, १८ साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्य...
प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे मतदान हुने

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे मतदान हुने

काठमाडौं , १८ साउन। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने भएको छ । जोशीबारे निर्णय गर्न समितिको बैठक विहान साढे १० बजे बोलाइएको थियो । तर, सर्वसम्मत हुन नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । त्यसपछि बहुमत अल्पमतका आधारमा निर्णय लिइनेछ । १५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १-१ सदस्य छन् । सत्तारुढ दलहरु जोशीलाई प्र...
दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

चितवन, १८ साउन । चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ । यसअघि असार २८ गते एक ज...
जिम्बाबेको राष्ट्रपतिमा इमर्सन मान्गाग्वा विजयी

जिम्बाबेको राष्ट्रपतिमा इमर्सन मान्गाग्वा विजयी

हरारे, १८ साउन । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ । मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले...
जन्मदिनमा केक हैन, बिरुवा रोपौँ

जन्मदिनमा केक हैन, बिरुवा रोपौँ

सुर्खेत, १७ साउन । पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ । जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहरी क्षेत्रमा नै बढी देखिन्छ । जन्मदिनको महत्वलाई अनुत्पादक बनाउँदै लैजाने संस्कारलाई...
ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ

ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ

वासिङटन, १७ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको अमेरिकाले स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले राष्ट्रपति ट्रम्पलाई भारतले भ्रमणका लागि निमन्त्रणा दिएको तर ट्रम्प जाने निश्चित भने भइनसकेको स्पष्ट पारेको हो । ह्वाईट हाउसका प्रवक्ता सराह सान्डेर्सले बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एसियाली देशहरुको भ्रमण गर्ने तयारी गर...
श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु

श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु

दोलखा, १७ साउन । घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी...
एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । कक्षा १२ को नतिजा प्रकाशित गर्न आज बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि कुनै व्यवस्थ...
बयानब्बे स्थानीय तहको नाम परिवर्तन

बयानब्बे स्थानीय तहको नाम परिवर्तन

काठमाडौँ, १७ साउन । बयानब्बे स्थानीय तहले साविकको नाम र केन्द्र परिवर्तन गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार अहिलेसम्म ९२ वटा स्थानीय तहले नाम र केन्द्र प्रदेश सरकारको सिफारिशमा संघले परिवर्तन गरिएको हो । अहिलेसम्म १६ वटा स्थानीय तहको नाम, ५० स्थानीय तहको केन्द्र र २१ स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन भएको मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव प्रह्लाद कार्कीले जानकारी गर...
कक्षा १२ को ग्रेडबृद्दि परीक्षा भाद्र १६ गते हुने

कक्षा १२ को ग्रेडबृद्दि परीक्षा भाद्र १६ गते हुने

काठमाण्डौ,१७ साउन । कक्षा १२ को ग्रेडबृद्दि परीक्षा यहि भाद्र १६ गते संचालन हुने भएको छ । क-कसले दिन पाउने : राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई अन्य सबै विषयमा सी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा मात्र अनुपस्थित वा डी ं वा कम ग्रेड प्राप्त गरेका बिद्यार्थीले यस परीक्षामा सहभागी हुन पाउ...
एडीबी सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

एडीबी सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौँ, १७ साउन । एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न आज यहाँ त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरियो । कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहे पनि आयोजनाका काम अझ प्रभावकारी बनाउन कार्ययोजना लगायतमा सघाउन अर्थ मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले आयोजना समयमै सम्पन्न गर्न सबै पक्ष सजग हुनुपर्ने बताउँदै स...
सरकारको नयाँ योजना: पाँच वर्षमा पच्चिस लाख पर्यटक, काठमाडौँमा लाइभ म्युजियम

सरकारको नयाँ योजना: पाँच वर्षमा पच्चिस लाख पर्यटक, काठमाडौँमा लाइभ म्युजियम

काठमाडौँ, १७ साउन ।  सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो । योजनाअनुसार आगामी पाँच वर्षभित्रमा पर्यटकको संख्या वृद्धि गरी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पु¥याउने लक्ष्य राखिएको छ । संस्कृति, पर्यटन तथा...
क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट

क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट

लस एन्जलस, अमेरिका, १७ साउन । क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको डढेलो दू्रत गतिमा सहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्किन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुनः नयाँ आगलागी सुरु भएको थियो । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्नका लागि आवश्यक ...
दोलखा केन्द्रबिन्दु भएर ४.२ रिक्टरको परकम्प

दोलखा केन्द्रबिन्दु भएर ४.२ रिक्टरको परकम्प

काठमाडौँ, १७ साउन । दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४.२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि गत साउन ८ गते गजुरी आसपास केन्द्रबिन्दु भई ४.८ रिक्टर स्केलको परकम्प गएको थियो । गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको । गत असार १४ गते पनि धादिङ...
बालिका निर्मला हत्याको अनुसन्धान तीव्र

बालिका निर्मला हत्याको अनुसन्धान तीव्र

भीमदत्तनगर, १७ साउन ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ । घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । घटनाको चार दिनपछि बालिकाको...
बंगलादेशमा विद्यार्थी अान्दाेलन: राजधानी ठप्प, विमानस्थल समेत प्रभावित

बंगलादेशमा विद्यार्थी अान्दाेलन: राजधानी ठप्प, विमानस्थल समेत प्रभावित

काठमाडौँ, १७ साउन ।  बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थी अान्दाेलनमा उत्रिएका छन् । उनीहरुकाे विरोध प्रदर्शनका कारण राजधानी लगायत सहरमा सडकमार्ग ठप्प भएका तथा विमानस्थल समेत प्रभावित भएकाे समाचार त्यहाँका सञ्चारमाध्यमले लेखेका छन् । आफ्ना सहपाठी विद्यार्थीकाे सडक पार गर्ने क्रममा बसकाे ठक्करबाट भएकाे मृत्युको विरोधमा उनीहरूले बिहीबार लगातार पाँचाै‌ँ दिन पनि सडक आन्दोलन जारी राखेकाे स...
कक्षा १२ को परीक्षाफल सार्वजनिक

कक्षा १२ को परीक्षाफल सार्वजनिक

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३।६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३।२१ देखि ३।६० ल्याउने ११ हजार २२१, २।८१ देखि ३।२० ल्याउने २७ हजार ६४३, २।४१ देखि २।८० ल्याउने ५८ हजार ३४५, २।१ देखि २।४० ल्याउने ९० हजार २९९, १।६१ देखि २ ल्या...
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

भक्तपुर, १७ साउन । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ । नतिजा प्रकाशनको लागि सबै तयारी पूरा भएको पनि बोर्डले जानकारी दिएके छ । यस पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गर्न लागिएको छ । यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।
कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

जाजरकोट, १७ साउन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ । स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नह...
दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

दाङमा शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

तुलसीपुर, १७ साउन । आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए । भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पूर्ण सेवा प्रदान गर्ने उनले बताए । जिल्लाक...
दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ: मन्त्री अधिकारी

दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु हुन्छ: मन्त्री अधिकारी

काठमाडौँ, १६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताउनुभएको छ । फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उहाँले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिनुभयो । पर्यटन क्षेत्रको विकासमा फोटो पत्रकार...
सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

काठमाडौँ, १६ साउन । बलत्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा यही साउन ११ गते भएको बलात्कारको घटना सम्बन्धमा आरएम खबर डटकममार्फत सापकोटाले ‘यिनै हुन १४ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रहरी, सक्दो शेयर गर्नु होला’ ...
सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ, १६ साउन । सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीलाई बुझा...
अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग

अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग

न्यूयोर्क, १६ साउन। अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको पाइएको छ, र यसलाई हटाइएको छ क...
कक्षा १२ को नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने

कक्षा १२ को नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने

काठमाडौँ, १६ साउन । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘भोलि नतिजा सार्वजनिक गर्छौं । अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपर्‍यो । आज नतिजा प्रक...
कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने पक्राउ

कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १६ साउन । महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हज...
अब युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

अब युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

काठमाडौँ, १६ साउन ।  राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताउए । उनले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराए । अहिले ...
मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

मेक्सिको, १६ साउन । उत्तरी मेक्सिकोमा मूसलधारे वर्षा भइरहेको समयमा उड्न लाग्दा यात्रुबाहक एक विमान धावनमार्ग नजिकैको जमिनमा दुर्घटनाग्रस्त भएको छ । तर, विमानमा सवार सबै ९७ जना यात्रु सामान्य घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । डुराङ्गोबाट मेक्सिको सिटीका लागि उडान भर्न लागेको एरोमेक्सिको कम्पनीको उक्त विमान स्थानीय समयानुसार मङ्गलबार अपराह्न ३ बजे दुर्घटनाग्रस्त भएको थियो । एयर...
सामुदायिक वनमा संकटापन्न सालकको उपस्थिति राम्रो

सामुदायिक वनमा संकटापन्न सालकको उपस्थिति राम्रो

रत्ननगर, १६ साउन ।  चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ सामुदायिक वनमा गरेको अध्ययनमा सामुदायिक वनमा सालकको उपस्थिति राम्रो पाइएको कोषका संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिनुभयो । चितवनको पाँच, मकवानपुरको सात र गोरखाको चार सामुदायिक वनमा...
चौतारी र सेन्टरको एकतापछि प्रेस संगठन रहने

चौतारी र सेन्टरको एकतापछि प्रेस संगठन रहने

काठमाडौँ, १६ साउन । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ । यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो । कार्यदलले दिएको जिम्मेवारीअनुसार चौतारी र सेन्टरका महासचिवहरु क्रमशः राजेश राई र विष्णु सापकोटा जुगलले सो विधानलाई अन्तिमरुप...
error: Content is protected !!