ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा एक दर्जन घाइते

ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा एक दर्जन घाइते

तुलसीपुर, २० साउन । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबाहक बस आज बेलुका खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जना गम्भ...
जाजरकोट पहिरोमा परि आठको मृत्यु,एक अझै बेपत्ता

जाजरकोट पहिरोमा परि आठको मृत्यु,एक अझै बेपत्ता

जाजरकोट, २० साउन । जाजरकोट सदरमुकाम खलंगामा आज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका¬ ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उहाँका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जन...
उपत्यकामानै भूमिगत प्रसारण लाइन, समस्या समाधानका लागि ऊर्जाको पहल

उपत्यकामानै भूमिगत प्रसारण लाइन, समस्या समाधानका लागि ऊर्जाको पहल

काठमाडौँ, २० साउन । नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत प्रसारण लाइन निर्माण गरिरहेको छ । त्रिशूली–काठमाडौँ २२० केभी सर्किट क्षमताको प्रसारण लाइनमध्ये काठमाडौँको मातातीर्थमा एक हजार ३०९ मिटर क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । सो प्रसारण लाइनको हाल ६३० मिटरको काम...
‘मिनी पार्लियामेन्ट’ को बैठक सोमबारदेखि शुरु हुँदै

‘मिनी पार्लियामेन्ट’ को बैठक सोमबारदेखि शुरु हुँदै

काठमाडौँ, २० साउन । संसदीय समिति अर्थात् ‘मिनी पार्लियामेन्ट’का बैठक सोमबारदेखि शुरु हुँदैछ । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाको गठनको करीब पाँच महिनापछि संसद्का विषयतगत समितिले पूर्णता पाएका थिए । प्रतिनिधिसभाका अन्तर्गतका अधिकांश समितिका बैठक भोलिदेखि शुरु हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए । विसं २०७४ फागुन २१ गते ती दुवै सदनका पहिलो बैठक बसेका थिए । ...
पर्यटकीय क्षेत्र ठमेल: पानी पर्दा हिलो, घाम लाग्दा धूलो

पर्यटकीय क्षेत्र ठमेल: पानी पर्दा हिलो, घाम लाग्दा धूलो

काठमाडौँ, २० साउन । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ । ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी आयोजनाको लागि खनिएका खाल्डा नपूर्दा उक्त समस्या उत्पन्न भएको हो । समस्या समाधानका लागि स्थानीयवासीले पटक/पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुव...
दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

काठमाडौँ, २० साउन । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ । सडक विभाग, चक्रपथ सुधार आयोजनाले असार दोस्रो सातामै ‘अण्डरपास’ सञ्चालनमा ल्याइने कुरा सार्वजनिक गरेको थियो । पहिलो म्यादमा काम पूरा नभएपछि दोस्रो पटक साउन पहिलो सातामै सञ्चालनमा आउने भनियो तर अझै सञ्चालन हुन सकेको छैन । ‘अण्डरपास’ शुरु नहुँदा यात्रुले घण्टौँ जाम...
विद्युत् नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

विद्युत् नियमन आयोग गठन हुँदै, ऊर्जा क्षेत्रले फड्को मार्ने

काठमाडौँ, २० साउन । सरकारले केही दिन भित्रैमा बहुप्रतिक्षित विद्युत् नियमन आयोग गठनको प्रक्रिया शुरु गर्ने भएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पठाइसकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आयोग गठनको प्रक्रिया शुरु भएको जानकारी दिए ...
गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको बहस शुरु

गोरखा फुजेलका अधिकारी हत्या मुद्दाको बहस शुरु

चितवन, २० साउन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस आज शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिनुभयो । कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भे...
भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण

भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण

काराकास, भेनेजुएला, २० साउन । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उहाँलाई लक्षित गर्दै आक्रमण भएको थियो । सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिनु भएको जनाउँदै आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको जनाएको छ । “यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो,” भेनेजुएलाका सञ्चा...
जाजरकोट पहिरोमा पुरिएका पाँचको शव निकालियो, एक जनाको जीवितै उद्धार

जाजरकोट पहिरोमा पुरिएका पाँचको शव निकालियो, एक जनाको जीवितै उद्धार

जाजरकोट, २० साउन । सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी नौवर्षीया भावना, छवर्षीया रञ्जना र तीन वर्षीया मनिषा छन् । उनीहरुको शव पहि...
भक्तपुरको राधे राधे र सल्लाघारी डुबानमा

भक्तपुरको राधे राधे र सल्लाघारी डुबानमा

भक्तपुर, २० साउन । राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ । भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परे...
सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै, व्यापार र पर्यटनमा वृद्धि हुने आशा

सिक्किमले नेपाल जोड्ने पहिलो सडक निर्माण गर्दै, व्यापार र पर्यटनमा वृद्धि हुने आशा

काठमाडौँ, २० साउन ।  सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर गाँउ उत्तरीलाई नेपालको सीमानामा रहेको चिवा भन्ज्याङ्गसँग जोड्ने सडक निर्माण गरिरहेको छ । नेपाल सिक्किमबीच प्रवेश बिन्दु चिवा भन्ज्याङ्ग समुद्र सतहदेखि १०,५०० फिटको उचाईमा रहेको छ । निर्माण सम्पन्न भइसकेपछि सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पु¥याउने विश्वास गरिएको छ । साथै यो सडक सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्...
आज बिश्वभरी ‘मित्रता दिवस’ को रमझम, ‘मित्रता दिवस’ को यस्तो छ इतिहास

आज बिश्वभरी ‘मित्रता दिवस’ को रमझम, ‘मित्रता दिवस’ को यस्तो छ इतिहास

आज अंग्रेजी महिना अगस्टको पहिलो आइतबार अर्थात् विश्व मित्रता दिवस । यस दिनलाई विश्वभरका मानिसले आफ्ना प्यारा साथीहरूलाई शुभकामना र उपहार दिनुका साथै फ्रेन्डसिप ब्यान्ड आदानप्रदान गरेर मनाउने गर्छन् । मित्रता एउटा यस्तो सम्बन्ध हो जसलाई रगतको सम्बन्धको आवश्यकता छैन । यदि साथी भएनन् भने हाम्रो जीवन कस्तो होला, त्यसबारे सोच्न पनि गाह्रो छ । हुन त साथीहरुसँग हुँदा हरेक दिन फ्रेन्डशिप डे हो तर हरे...
कालीगण्डकीमा पानीको बहाव बढ्यो: सचेत हुन आग्रह

कालीगण्डकीमा पानीको बहाव बढ्यो: सचेत हुन आग्रह

पर्वत, २० साउन । केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । त्यसले गर्दा नदी आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन् पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले तटीय, नदी आसपास क्षेत्रमा दाउरा...
पहिरोले घर पुरिदा चारको मृत्यु

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोट, २० साउन ।  भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारको जीवित उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने लोहारकी श्रीमती,छोरी र दुई छोरासमेतको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन् । गोपाल सुनारको घरसमेत पुरिएकाले उद्धारकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार ब...
पाल्पामा जिप दुर्घटना हुँदा दुई बेपत्ता, उद्धारमा समस्या

पाल्पामा जिप दुर्घटना हुँदा दुई बेपत्ता, उद्धारमा समस्या

पाल्पा, १९ साउन । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा आज साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन । ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो । गाडी सडकदेखि करीब ७० मिटर तल खस्दा बेपत्ता बनेको जिल्ला प्रहरी कार्...
कामु प्रधानन्यायाधीश दीपकराज जोशीद्वारा प्रमाणपत्र छानविनको माग

कामु प्रधानन्यायाधीश दीपकराज जोशीद्वारा प्रमाणपत्र छानविनको माग

काठमाडौं, १९ साउन । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न सरकारसँग माग गरेका छन् । संसदीय सुनुवाई विशेष समितिले शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको लगायतका कारण देखाउँदै प्रधानन्यायाधीश बनाउन अस्वीकार गरेपछि जोशीले पुष्टि गर्न चुनौती दिएका हुन् । सुनुवाईका क्रममा आफूले समितिसमक्ष शैक्षिक प्रमाणपत्रहरु पेश गरेको तर, आधिकारिक निकायब...
नेपालीका घरघरमा ‘श्रीमद्भागवत्गीता’ अभियान

नेपालीका घरघरमा ‘श्रीमद्भागवत्गीता’ अभियान

काठमाडौँ, १९ साउन । गीताको दर्शन सबै नेपालीलाई बुझाउने उद्देश्यले घर घरमा ‘श्रीमद्भागवत्गीता’ को नेपाली अनुवाद पु¥याउने अभियान शुरु गरिने भएको छ । गीता प्रेसले पहिलोपटक ‘श्रीमद्भागवत्गीता’ लाई नेपालीमा अनुवाद गरेको छ । नेपालीमा अनुवाद गरिएको ‘श्रीमद्भगवत्गीता’ आइतबार सार्वजनिक गरेपछि घरघरमा लैजाने अभियान शुरु गरिने गीता प्रेस पुस्तक बिक्री केन्द्र पशुपतिका अध्यक्ष जय किशन सारडाले राससलाई जानकार...
अझै छब्बीस तुइन विस्थापन हुन बाँकी

अझै छब्बीस तुइन विस्थापन हुन बाँकी

काठमाडौँ, १९ साउन । सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराई सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । त्यसयता दुई वटा सरकार परिवर...
आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ: सभामुख महरा

आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ: सभामुख महरा

काठमाडौँ, १९ साउन । सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गरेका छन् । चौबीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज यहाँ आयोजित आदिवासी जनजाति बृहत राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “आदिवासी जनजाति समुदायले उठाउँदै आएका अधिकार, प्रतिनिधित्व, स्वायत्तता/स्वशासन र पहिचानसहितको संघीयताजस्ता म...
आँखामा पट्टी लगाएर भुत पन्छाउने भन्दै पूजारीद्वारा श्रीमतीको बलात्कार !

आँखामा पट्टी लगाएर भुत पन्छाउने भन्दै पूजारीद्वारा श्रीमतीको बलात्कार !

काठमाडौँ, १९ साउन ।  हाम्रो छिमेकी देश भारतमा विभिन्न प्रकारका बलात्कारका घटनाहरु सार्वजनिक हुँदै आएको छ । केही साता अघि सात महिने बालिकालाई बलात्कार गरेको आरोपमा १९ वार्षीय एक युवकलाई फाँसीको सजाय सुनाईएको थियो । यो घटना सार्वजनिक भएसँगै १२ वर्षीय बालिकालाई २२-२२ जनाले सामूहिक बलात्कार गरेको समाचारले पनि मिडियामा राम्रै चर्चा पाएको छ । ती बालिकालाई उनीहरुले सात महिनासम्म धम्क्याउँदै सामूहिक ...
सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

काठमाडौँ, १९ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ । सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ । वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली अन्तर्गत औषतमा ६० प्रतिशतमाथि नतिजा आउन थालेको त्रिविले जनाएको छ । सेमेस्टर प्रणाली एउटा विषयको लाग...
रुसको साइबेरिया क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

रुसको साइबेरिया क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १८ को मृत्यु

मस्को, १९ साउन । रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएक...
वर्ष दिनको बाली बँदेलले खाइदियो, किसान चिन्तित

वर्ष दिनको बाली बँदेलले खाइदियो, किसान चिन्तित

सल्यान, १९ साउन। जिल्लाका कतिपय स्थानमा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो । गाउँनजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न ...
फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

कञ्चनपुर, १९ साउन। भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो । गत वर्ष भीनपा र केन्द्रबीच सम्झौता भए बमोजिम उक्त केन्द्रको परामर्शदाताले भीनपा–३, ८, ९ र १८ मा सम्भाव्यता अध्ययन गरेकोे क्षेत्रीय सहरी विकास आयोजनाका वातावरण अधिकृत पदमराज जोशीले बताउनुभयो । उक्त केन्द्रका वायोग्याँस विशेषज्ञ उत्त...
प्रदेश २ का राज्यमन्त्री शर्मा र नगरप्रमुख मिश्रलाई गिरफ्तार गर्न अदालतको पत्र

प्रदेश २ का राज्यमन्त्री शर्मा र नगरप्रमुख मिश्रलाई गिरफ्तार गर्न अदालतको पत्र

धनुषा, १८ साउन । उच्च अदालत जनकपुरले असई थमन विकका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र (शंकर शाही) लाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेशको फैसलासहित पत्र काटेको छ । उच्च अदालतका रजिस्टार मानबहादुर कार्कीले फरार सबै आरोपीलाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालय प्रमुखको नाममा फैसलासहित पक्राउ गर्न...
धनुषामा गोली प्रहार गरी एक युवकको हत्या

धनुषामा गोली प्रहार गरी एक युवकको हत्या

धनुषा, १८ साउन । गोली प्रहार गरी यहाँ एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनरुवा टोल रेल्वे स्टेशन हल्ट नजिकै आज बिहान एक युवकलाई गोली हानी हत्या गरिएको हो । हत्या हुनेमा कमला नगरपालिका–८ सोनापार बस्ने २५ वर्षीय राजेश यादव रहेका छन् । यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । घटनास्थलबाट ज५प ६३२१ नंको मोटरसाइकल बर...
अफगानिस्तानमा दुई आत्मघाती हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानमा दुई आत्मघाती हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तान, १८ साउन । अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । गार्डेजमा रहेको मस्जीदमा शुक्रबार लगातार भएका दुई छुट्टा छुट्टै आक्रमणमा परी कम्तीमा अन्य ७० जना घाइते भएका छन् । स्थानीय समय अनुसार शुक्रबार दिउसो साढे एक बजेतिर मस्जीदमा प्रार्थना भइरहेका बेला घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मा...
संसदीय इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत

संसदीय इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत

काठमाडौँ, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले मतदानमार्फत जोशीको नाम अस्वीकृत गरेको हो । नेपालको संसदीय इतिहासमा प्रधानन्यायाधीशको नाम अस्वीकृत हुनेमा पहिलो व्यक्ति जोशी हुनुभएको हो । कूल १५ मतमध्ये जोशीको विपक्षमा १० मत परेपछि उहाँको नाम अस्वीकृत भएको हो । नेपाली काँँग्रेसका चार सांसदले मतदान प्रक्रियामा भा...
इन्डोनेसिया र चीनमा भूकम्प

इन्डोनेसिया र चीनमा भूकम्प

जाकार्ता, १८ साउन । इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ । भूकम्पबाट कुनै पनि किसिमको जीउधनको क्षति नभएको राष्ट्रिय विपद् व्यवस्था एजेन्सीले जनाएको छ । त्यसैगरी चीनको उत्तरपश्चिम किङ्गहाई प्रान्तमा शुक्रबार ५.१ म्याग्निन्युडको भूकम्प गएको छ । यस भूकम्पपछ...
बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका युवक पक्राउ

बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका युवक पक्राउ

राजविराज, १८ साउन । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी...
error: Content is protected !!