तालबाराहीको भेटी अझै पूजारीकै पोल्टामा
पोखरा, २७ असोज । कानुनले भेटी व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवस्थापन समितिलाई दिए पनि फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा यो नियमले छोएको छैन।
तालबाराहीमा संकलित लाखौं रुपैयाँ भेटी अझै पनि पूजारीको पोल्टामा जाने गरेको छ। मन्दिरकै पैसाले पूजारी घरपरिवार चलाउने गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ कात्तिकदेखि लागू हुने गरी धार्मिक स्थलको भेटी व्यवस्थापन सम्बन्धी न...




























