काठमाडौ, २७ असोज । गृहमन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाको विषयलाई लिएर बेलुका १० बजेसम्म मात्र देउसी-भैलोलगायत सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ ।

सुरक्षाको विषयलाई देखाउदै विभिन्न किसिममा अवाञ्छित गतिविधि रोक्न तथा शान्ति सुरक्षामा प्रतिकुल असर नपुगोस भन्दै राति १० बजे सम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ ।

तिहारलाई लक्षित गर्दै पड्काईने विस्पोटक पदार्थ पटका,भुचम्पा लगाएत कुराहरु पनि पड्काउन निषेध गरिएको तथा त्यस्ता सामग्रीको आयात तथा ओसारपसार, बिक्री वितरण तथा प्रयोग गर्नेलाई समेत कारबाही गरिने गृहले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!