१० लाख घुससहित शाखा अधिकृत पक्राउ

१० लाख घुससहित शाखा अधिकृत पक्राउ

काठमाण्डु, २९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका हुन् । मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी  फुडल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको हो । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक...
दलका घोषणापत्रमा अपांगताको सवाल

दलका घोषणापत्रमा अपांगताको सवाल

काठमाडौँ, २९ कात्तिक । विभिन्न राजनीतिक पार्टीले यस पटक पनि अपांगताका विषयलाई चुनावी मुद्दा बनाएका छन् । यसअघि भएका हरेक निर्वाचनमा दल र दलका नेताले अपांगताका हरेक समस्या समाधान गर्ने भन्दै अपांगता भएका व्यक्तिको मत आफ्नो पक्षमा पार्न घोषणापत्रमार्फत विभिन्न आश्वासन दिँदै आएका थिए । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा समेत मुख्य राजनीतिक दलहरूले ती मुद्दालाई आआफ्...
यौन दुर्व्यवहार गरेको आरोपमा सिराहाका एक शिक्षक पक्राउ

यौन दुर्व्यवहार गरेको आरोपमा सिराहाका एक शिक्षक पक्राउ

सिरहा, २९ कात्तिक । जनता माध्यामिक विद्यालय गोलबजारका एक शिक्षक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुव्र्यबहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । पक्राउ परेका शिक्षक महतोलाई जबरजस्ती करणी उद्योग अन्तर्गतको मुद्धा चलाए...
सरकारले बूढीगण्डकी सम्झौता खारेज गरेपछि प्रचण्डको आयो यस्तो प्रतिक्रिया

सरकारले बूढीगण्डकी सम्झौता खारेज गरेपछि प्रचण्डको आयो यस्तो प्रतिक्रिया

  काठमाडौं, २९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेकोमा आपत्ति जनाएका छन् । अध्यक्ष दाहालले सत्ता साझेदार प्रमुख दल आफ्नो पार्टीसँग सल्लाह समेत नगरी सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न चीनको गेजुवा कम्पनीसँग भएको समझदारी खारेज गरेर संविधानको भावना विप...
ओप्पो एफफाइभ सार्वजनिक: यस्ता छन् विशेषता

ओप्पो एफफाइभ सार्वजनिक: यस्ता छन् विशेषता

ओप्पो मोवाइलले नेपाली बजारमा नयाँ मोडल ओप्पो एफफाइभ सार्वजनिक गरेको छ । पुरानो ब्रान्ड स्लोगनलाई नेपाली बजारमा प्राप्त गरेको सफलतासँग मेल खाने किसिमले सेल्फी एक्सपर्ट एन्ड लिडर मा परिस्कृत गरिएको घोषणा कम्पनीले गरेको छ । विश्वका ३० मुलुकमा उपस्थिति रहेको ओप्पोका उत्पादन तथा सेवालाई विश्वभरका २० करोडभन्दा बढी युवा उपभोक्ताले उपयोग गरिरहेको कम्पनीले जनाएको छ । एफएचडी प्लस फुलस्क्रिन  ओप्पो एफफ...
मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, २९ कात्तिक । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक च...
इलामकाे कोल्बुङमा ट्रक दुर्घटना : एककाे मृत्यु

इलामकाे कोल्बुङमा ट्रक दुर्घटना : एककाे मृत्यु

इलाम, २९ कात्तिक । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । ट्रकमा नै रहेका इलाम नगरपालिका—१० गोदकका सिंहराज महत र सुनसरी जिल्ला दुहवीका करन ऋ...
मोटरसाइकल पल्टिँदा एकको मृत्यु

मोटरसाइकल पल्टिँदा एकको मृत्यु

  चितवन, २९ कात्तिक । पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । आज बिहान करिब १ः३० बजेको समयमा तीनजना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । लंकालाइनबाट भरतपुरतर्फ जानेक्रममा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३...
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

बुटवल, २९ कात्तिक । शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गौलामा समस्या देखिएको पाइएको छ । खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गौलामा संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फ...
राष्ट्रपतिबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन, शेख जायद मस्जिदको भ्रमण

राष्ट्रपतिबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन, शेख जायद मस्जिदको भ्रमण

अबुधावी , २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गरे । राष्ट्रपति भण्डारी लुभ्र अबुधावी पुग्नु हुँदा उनलाई यहाँका निर्देशक म्यानुएल राबातले स्वागत गरे । उक्त अवसरमा निर्देशक राबात तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई विभिन्न कलाकृतिका विभिन्न पक्षका विषयमा जानकारी गराएका थिए । उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त च...
५०० लिटर घरेलु मदिरा बरामद

५०० लिटर घरेलु मदिरा बरामद

मेलम्ची, २९ कात्तिक । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध  मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीसहितको संयुक्त टोलीले नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको हो । मेलम्ची बजार क्षेत्रमा रहेका विभिन्न होटलमा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको एक...
सरकारी छापलाई नक्कली बनाउने बंगलादेशी पक्राउ

सरकारी छापलाई नक्कली बनाउने बंगलादेशी पक्राउ

काठमाडौँ, २९ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कात्तिक २४ गते कामनपा–२६ मित्रनगरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । प्रहरीले सान्तनासँग मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड ...
धनकुटामा अनौठो घटनाः छोराको मृत्यु भएपछि नदीमा हामफालिन आमा, बगाउँदै गर्दा उद्धार

धनकुटामा अनौठो घटनाः छोराको मृत्यु भएपछि नदीमा हामफालिन आमा, बगाउँदै गर्दा उद्धार

धनकुटा, २८ कात्तिक । छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी एक बृद्धालाई मंगलबार सकुसल उद्धार गरिएको छ । आत्माहत्या गर्न नदीमा हामफाल्ने साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन । जण्डिस लगायत रोगबाट पीडित ४३ बर्षीय सुवास राईको सोमबार निधन भएको थियो । उनको शवलाई दाहसस्कारका लागि मंगलबार मुलघाट...
रुकुम, रोल्पा र भोजपुरपछि म्याग्दीमा बम आतंक

रुकुम, रोल्पा र भोजपुरपछि म्याग्दीमा बम आतंक

म्याग्दी, २८ कात्तिक । म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरेर माइन बम विस्फोट गराईएको छ । रत्नेचौरमा चुनावी आमसभा सकेर बेनी नगरपालिका १ अर्जममा घरदैलो लागि हिँडेका काग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम बिस्फोट भएको थियो । रत्नेचौर प्रहरी युनिट घटनास्थल विस्फोट भएको ठाउँमा पुग्दा मानवीय क्षत...
गौचनलाई गोली हान्ने २१ वर्षीय युवा, फरार सूचीमा मनोज पुनदेखि लोप्साङसम्म

गौचनलाई गोली हान्ने २१ वर्षीय युवा, फरार सूचीमा मनोज पुनदेखि लोप्साङसम्म

काठमाडौं, २८ कात्तिक ।  नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या गरी फरार रहेका ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गौचनको साउन २३ गते राजधानीको     वानेश्वरस्थित  प्रयोग चोकमा गोली हानि हत्या भएको थियो । पक्राउ पर्नेमा  नुवाकोट पञ्चकन्याका   २१ वर्षीय  राजिव स्याङ्ताङ , पर्सा कालिकामाईका ३५ वर्षीय शिवजी महतो,  भारत बिहारका २४ वर्षीय मुकेश कुमार पाण्डे, पर्सा...
चुनावमा मतदाताले हयान्डसम हेरेर हैन विचार हेरेर भोट हाल्छन् : अध्यक्ष ओली

चुनावमा मतदाताले हयान्डसम हेरेर हैन विचार हेरेर भोट हाल्छन् : अध्यक्ष ओली

काठमाडौ, २८ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा मतदाताले हयान्डसम हेरेर हैन विचार हेरेर भोट हाल्ने बताएका छन्। म‌ंगलबार यल्लो प्यागोडामा वाम गठबन्धनका उम्मेदवारको परिचयात्मक कार्यक्रममा  उनले यस्तो बताएका हुन्। काठमाडौंका १० निर्वाचन क्षेत्रका प्रतिनिधि र प्रदेशसभाका ३० उम्मेदवार उपस्थित थिए। कार्यक्रममा ओलीले आफूहरुले छिमेकी मुलुकहरुसँग असल सम्बन्ध चाहेको बताए। उनले आफू प्रधानमन्...
धनकुटामा नमूना मतदानले ल्यायो निर्वाचनको छनक

धनकुटामा नमूना मतदानले ल्यायो निर्वाचनको छनक

धनकुटा, २८ कात्तिक । महिला पुरुष लामबद्ध थिए । निर्वाचन अधिकृतले मतपत्र वितरण गरिरहेका थिए । मतदाता मतपेटिकामा आफ्ना उमेद्वारलाई मत खसालिरहेका देखिन्थे । झट्ट नियाल्दा निर्वाचनमा मतदान भइरहेको छनक हुन्थ्यो । तर त्यहॉ वास्तविक नभएर नमुना मतदान कार्य भइरहेको थियो । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्ने तौरतरिकाबारे जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको थियो । निर्वाचन मिति नजिकीरह...
फेसबुकले किन खोजिरहेको छ प्रयोगकर्ताका निर्वस्त्र तस्वीर ?

फेसबुकले किन खोजिरहेको छ प्रयोगकर्ताका निर्वस्त्र तस्वीर ?

एजेन्सी, २८ कात्तिक । अश्लील तस्वीरको माध्यमबाट बदला लिने कर्तूत अर्थात् रिभेन्ज पोर्न रोक्नका लागि फेसबुकले एक नयाँ विधिको परीक्षण गरिरहेको छ । उक्त परीक्षणका लागि फेसबुकले आफ्ना प्रयोगकर्ताबाट उनीहरुका निर्वस्त्र तस्वीरको अपेक्षा गर्दछ । प्रयोगकर्ताले फेसबुकलाई आफ्ना निर्वस्त्र तस्वीर पठाउनु पर्नेछ । उक्त तस्वीरबाट फेसबुकले डिजिटल फिंगरप्रिन्ट बनाउनेछ र त्यसलाई नन कन्सेन्सुअल एक्सप्लिसिट मिड...
चुनावी मिति नजिकिएसँगै कालिकोटमा घरेलु मदिरा नष्ट गर्नमा प्रहरी सक्रिय

चुनावी मिति नजिकिएसँगै कालिकोटमा घरेलु मदिरा नष्ट गर्नमा प्रहरी सक्रिय

कालिकोट, २८ कात्तिक । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कोष तथा लेखा नियन्त्रणको कार्यालय कालिकोटले अवैध रुपमा मदिरा बेच्ने घरेलु मदिरा नष्ट पार्ने काम तीव्र पारेको छ। घरेलु मदिरा लगायतका अन्य मदिरा नियन्त्रणमा कडाइ गर्न थालेपछि घरेलु रक्सी बनाउनेहरु ‘रक्सी पोखे पाप लाग्छ हजुर’ भनेर प्रहरी प्रशासन अगाडि आग्रह गर्ने गरेका छन्। आ...
पेस्तोलसहित युवक पक्राउ

पेस्तोलसहित युवक पक्राउ

काठमाडौँ, २८ कात्तिक । गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित सोमबार पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो । गोकर्णमा प्रहरीले जाँच गर्ने क्रममा बा८८प ८२८४ नंको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरिएको प्रहर...
काभ्रेबाट कछुवा तस्करीमा संलग्न एक पक्राउ

काभ्रेबाट कछुवा तस्करीमा संलग्न एक पक्राउ

काभ्रे, २८ कात्तिक । जिल्ला वन कार्यलयले चारवटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा बस्ने ३५ बािर्षय ग्रिजलाल मगर रहेका छन् । कोशी व्यारेजबाट चार कछुवा लिएर स्कुटरमा आउँदै गरेका मगरलाई  काभ्रेको मंगलटारबाट प्रहरीले पक्राउ गरेर जिल्ला वन कार्यलयलाई बुझाएको हो । जिल्ला वन कार्यलयका प्रमुख प्रेम खनालका अनुसार मगरलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अ...
हँसिया प्रहार गरी श्रीमतीको हत्या

हँसिया प्रहार गरी श्रीमतीको हत्या

राजविराज, २८ कात्तिक । सप्तरीको बोदेवरसाइन नगरपालिकामा आज अपराह्न एक व्यक्तिले आफ्नी श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ । बोदेवरसाइन नगरपालिका– ३ निवासी जयप्रकाश यादवले अन्दाजी ३८ वर्षीया श्रीमती ललितादेवीको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनका इञ्चार्ज प्रहरी नायब निरीक्षक उमाशंकर सिंहले जानकारी दिए । आज बिहान श्रीमान् श्रीमती दुवैजना घरदेखि पर ध...
कपिलवस्तुमा बस दुर्घटना

कपिलवस्तुमा बस दुर्घटना

कपिलवस्तु, २८ कात्तिक ।  कपिलबस्तुको गोरुसिंगेमा भएको बस दुर्घटनामा ९ जना घाईते भएका छन् । चन्द्रौटाबाट बुटलव आउँदै गरेको लु.१ ख ६१३३ नम्बरको बस बुद्धभुमि नगरपालिका–२ गोरुसिङ्घे जंगल कुन्द्रेखोला नजिक मंगलबार दिउँसो १ बजे पल्टिएको हो । दुर्घटनामा घाइते भएका ७ जना यात्रुको सामुदायिक अस्पताल जितपुरमा उपचार भईरहेको छ । घाइतेमध्ये दुई जनाको अबस्था गम्भिर रहेकाले थप उपचारका लागि बुटबल रिफर गरिएको ईल...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं , २८ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अुनसार आज छापावाला सुन ५६ हजारमा कारोबार भईरहेको छ । आज तेजावी सुन तोलामा ५५ हजार ७ सय रहेको छ । हिजो र आज छापावाला सुनको मुल्य एउटै रहेको छ भने तेजावी सुनमा भने एक सय रुपैयाँ बढेको सुनचादी व्यवसायी महासंले जनाएको छ । आज चादीको मुल्य बजारमा ७ सय ६५ पुगेको छ ।
मलेसियामाथि नेपालको सानदार जीत : साहले अन्तिम बलमा छक्का हान्दै जीत दिलाए

मलेसियामाथि नेपालको सानदार जीत : साहले अन्तिम बलमा छक्का हान्दै जीत दिलाए

काठमाडौँ, २८ कात्तिक । एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि आठ विकेटको शानदार जित हासि गरेको छ । मलेसियाले  प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर हासिल गरेको हो । ओपनर अनिल कुमार शाहले अन्तिम बलमा छक्का हान्दै नेपाललाई जीत दिलाए । राम्रो रन रेट अवश्यक भएको बेला नेपाल निकै आक्रमक खेल प्रदर्शन गरेको थियोे । ओपनर अनिल कुमार शाहले १५ बलमा २६...
यौन दुराचार आरोपी  शिक्षकलाई उम्काउने प्रयास

यौन दुराचार आरोपी शिक्षकलाई उम्काउने प्रयास

सिरहा, २८ कात्तिक । स्थानीय जनता माध्यमिक विद्यालय, गोलबजार ८ का एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोग लागेको छ । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुराचार गरेको अभिभावकको आरोप छ । अभिभावकले सोमबार विद्यालयमै आएर उजुरी गरेका थिए । पीडितले आइतबार विद्यालयबाट घर पुगेर आमालाई रुदै शिक्षकले आफूलाई शरिरका विभिन्न भागमा सुमसुम्याएको भन...
मतदाता किन्न खोज्नेहरुको पैसा कब्जा गर्न प्रचण्डले दिए निर्देशन

मतदाता किन्न खोज्नेहरुको पैसा कब्जा गर्न प्रचण्डले दिए निर्देशन

चितवन, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको युग विकास र समृद्धिको युग भएको बताएका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित हरैया चोकमा मंगलबार बिहान भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले आपूmले पनि विकास र समृद्धिकै परिकल्पना गरेको उल्लेख गरे। दाहालले भने, ‘अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम ग...
थानेश्वरलाई पिउने पनि र जिउने पनि रहर (भिडियो)

थानेश्वरलाई पिउने पनि र जिउने पनि रहर (भिडियो)

काठमाडौं, २८ कात्तिक ।  ‘पिउने पनि रहर छ’ बोलको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गजल गायक थानेश्वर गौतमको स्वर रहेको गीतमा श्याम रेग्मीको शब्द र गायक गौतमकै संगीत सुन्न सकिन्छ। निर्देशक रोजल थापाले यस भिडियोको निर्देशन गरेका हुन्। सुरेश राउतको सम्पादन रहेको भिडियोका छायाकार रामेश्वर कार्की हुन्। नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङको नृत्य र रोमान्स समावेश गरिएको भिडियोलाई रोहित बस...
धान काट्ने मेसिन भित्रिएसँगै झापाका किसानलाई हट्यो खेताला खोज्ने झन्झट

धान काट्ने मेसिन भित्रिएसँगै झापाका किसानलाई हट्यो खेताला खोज्ने झन्झट

झापा(दमक), २८ कात्तिक । कमल गाउँपालिका वडां. ५ मिलडाँडाका  किसान मदन योङ्हाङ लिम्बूले यस वर्ष धान काट्न खेताला खोज्ने झन्झट गर्न परेन। गत वर्ष धान पाकिसक्दासमेत खेताला नभेटेर धान भित्र्याउन परेको हैरानी उनले अझै भुलेका छैनन्। तर, यस वर्ष भने गाउँमा धान काट्ने मेसिन भित्रिएपछि आधाभन्दा बढी मजदुरको काम टरेको छ। पहिला धान काट्न गाउँभरी खेताला खोज्दा पनि नभेटिने तर यस वर्ष मेसिन आएपछि त्यो झन्झट हट...
शरद गौचनको हत्यामा संलग्न पक्राउ

शरद गौचनको हत्यामा संलग्न पक्राउ

काठमाडौं, २८ कात्तिक । निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचन हत्याको अभियोगमा केहि व्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक  गरेको छैन । गत असोज २३  गते  गौचनको वानेश्वमार दिननदहाडै गोली प्रहार गरी हत्या  भएको थियो । गौचनको हत्याबारे छानबिन गर्न बनेको समितिका संयोजक रहेका महानगरीय प्रहरी कार्यालयका डिआईजी गणेश केसीले तीन जनालाई पक्राउ गरिएको रातोपाटीलाई...
मदन भण्डारीको सपना साकार हुने दिन आयो : दाहाल

मदन भण्डारीको सपना साकार हुने दिन आयो : दाहाल

चितवन, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनुभयो । वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत ...
error: Content is protected !!