फेसबुकमा स्टाटस लेख्दा ११ निकायलाई स्पष्टीकरण

फेसबुकमा स्टाटस लेख्दा ११ निकायलाई स्पष्टीकरण

काठमाडौं, २८ कात्तिक । कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखेरेललाई किन कारबाही नगर्ने भनी ३ दिने स्पष्टीकरण सोधेका हुन् । पोखरेलले शिक्षाका उपसचिवहलाई नगरपालिकामा खटाइएको र मन्त्रालयले फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको विषयमा स्टाटसमार्फत असन्तुष्टि पोखेका थिए ।, आजको कान्तिपुर दै...
संसदमा उचाल्न नमिल्ने जोडिएका कुर्सी

संसदमा उचाल्न नमिल्ने जोडिएका कुर्सी

काठमाडौँ, २८ कात्तिक । संसद् सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एकअकासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो । अब प्रत्येक लहरमा ६ वटा कुर्सी राखी तिनलाई छुट्टाछुटटै उचाल्न नमिल्ने गरी जोड्दिै छ । बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर ताडफोड गर्न सक्ने भएकाले एउटै ढिक्का बनाउन लागिएको स्रोतले जनाएको छ । ...
यस्तो छ छठको रौनक (फोटो फिचरसहित)

यस्तो छ छठको रौनक (फोटो फिचरसहित)

मोरङ, २७ कात्तिक । छठ पर्वको मुख्य दिन मंगलवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिईएको छ । चार दिनसम्म मनाईने छठ पर्वको तेस्रो अर्थात मुख्य दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक छठ पर्व मनाइएको हो । तराईका जिल्लाहरुसँगै, पहाडी जिल्ला र राजधानीमा पनि अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिएर छठ मनाइएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति मिल्ने जनविश्वास छ । छठमा स...
चुनावी वाचा आफ्नै कार्यकालमै पूरा गर्छु: खनाल

चुनावी वाचा आफ्नै कार्यकालमै पूरा गर्छु: खनाल

इलाम, २७ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध निर्वाचन क्षेत्र बनाउने वाचा आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। इलाम सन्दकपुर गाउँपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “चुनावमा जनतासँग गरेको वाचा आफ्नै कार्यकालमा पूरा गर्छु । ” इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट सांसदमा निर्वाचित भएका नेता खनालले प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा केवलक...
विद्यालय तहको नयाँ पाठ्यक्रम आउँदो शैक्षिकसत्रदेखि परीक्षणमा

विद्यालय तहको नयाँ पाठ्यक्रम आउँदो शैक्षिकसत्रदेखि परीक्षणमा

काठमाडौँ, २७ कात्तिक । सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिकसत्रदेखि नमूना परीक्षणका रुपमा लागू हुने भएको छ । समाजवादउन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा क्रेडिट आवर सहितको नयाँ पाठ्यक्रमको प्रारुप कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रले तयारी शुरु गरेको हो ...
ग्लोबल आइएमइ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरण सार्वजनिक

ग्लोबल आइएमइ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको वित्तीय विवरण सार्वजनिक

काठमाडौँ, २७ कात्तिक । वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा आज ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड ७६ लाख नाफा कमाएको छ । बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाएको हो । गत आवको सोही अवधिमा बैंकले रु ३३ करोड ...
खनाल र नेम्वाङका ३७ योजना

खनाल र नेम्वाङका ३७ योजना

मङ्गलबारे, २७ कात्तिक । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु चार/चार करोड विनियोजन गरेका छन । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरेका हुन। इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नग...
आठ कम्पनी तीन अर्बको हकप्रद शेयर बेच्दै

आठ कम्पनी तीन अर्बको हकप्रद शेयर बेच्दै

काठमाडौँ, २७ कात्तिक । विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् । आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ । बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर म...
खोप लगाउनु त यसरी…

खोप लगाउनु त यसरी…

विराटनगर, २७ कात्तिक । “खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।” खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ तर भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै सङ्क्रमण भएको छैन । किन त ? “उहाँ खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्नुहुन्छ । हल्का रुपले खोपको मात्र दिनुहुन्छ । जति हल्का रुपले खोप दियो बालबालिकालाई दुःखाइ कम हुने रहेछ । खोप...
ओलम्पिक महिला फुटबल छनोट: नेपाल र बङ्गलादेश खेल्दै

ओलम्पिक महिला फुटबल छनोट: नेपाल र बङ्गलादेश खेल्दै

काठमाडौँ, २७ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दो...
छठ पर्व आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने

छठ पर्व आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने

विराटनगर, २७ कात्तिक । आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत्रुपमा सम्पन्न हुने गर्दछ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको च...
नेपालमा सामुदायिक वनको अवधारणा वरदान सावित हुँदै

नेपालमा सामुदायिक वनको अवधारणा वरदान सावित हुँदै

पोखरा, २७ कात्तिक । जनसङ्ख्याको वृद्धिसँगै मानवीय अतिक्रमण एवं प्राकृतिक प्रकोपका कारण विश्वमा खुम्चिँदै गएको वन क्षेत्र नेपालमा भने वृद्धि भएको छ । सन् २०१० देखि २०१४ सम्म सम्पन्न भएको वन स्रोत सर्वेक्षणका आधारमा सन् २०१५ मा प्रकाशित प्रतिवेदनमा नेपालमा सामुदायिक वनको माध्यमबाट वन क्षेत्रको दायारा ह्वात्तै बढेको हो । देशको कूल भू–भागको ३९.६ प्रतिशत वन क्षेत्र बढेर ४४ दशमलब ७४ प्रतिशत पुगेको छ ...
मोडलिङलाई भविष्य बनाउने दृढ संकल्प लिएर अघि बढेकी छु : नवमोडल आयुष्मा

मोडलिङलाई भविष्य बनाउने दृढ संकल्प लिएर अघि बढेकी छु : नवमोडल आयुष्मा

काठमाडौँ, २७ कात्तिक । पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतीहरु मोडलिङको क्षेत्रमा धेरै आकर्षीत हुँदै आएको पाइन्छ। यो क्षेत्रमा धेरै सफल पनि भइरहेका छन भने कोही क्षणिक अबधि मै हराईरहेका पनी छन। तर मोडलिङ क्षेत्रमा भविष्य बनाउने सोचमा साथ काभ्रे बनेपाकी आयुष्मा ढकाल भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोचका साथ यस क्षेत्रमा प्रवेश गरेकी छिन। मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावन...
देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब

देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब

गलेश्वर, २७ कात्तिक । देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला यहाँको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेस्थित रितुङ माविका विद्यार्थीले देउसीभैलो खेलेर रु ६ लाख ५० जुटाएका छन् । सो रकम विद्यार्थीले विद्यालयलाई हस्तान्तरण गरेका छन् । आधारभूतदेखि माविस्तरसम्मका शिक्षकको तलब जुटाउन हम्...
चौधरीद्वारा निःसहाय बालबालिकालाई सहयोग

चौधरीद्वारा निःसहाय बालबालिकालाई सहयोग

दुहवी, २७ कात्तिक । समाजसेवी, महिला अधिकारवादी नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ दुहवीको एक अनाथ आश्रमका बालबालिकालाई विभिन्न सामाग्री सहयोग गरेकी छिन् । स्वर्गीय श्रीमान दिनेश चौधरीको स्मृतिमा स्थापित दिनेश स्मृति प्रतिष्ठानद्वारा निःसहाय बालबालिका सेवा केन्द्र दुहवीका बालबालिकालाई स्कुल ब्याग, खाजा वितरण गरेकी हुन् । पूर्व राज्यमन्त्री समेत रहेकी चौधरीले त्यहाँ आश्रित १५ बालबालिकालाई स...
राजधानीमा अब दुई स्थानमा सार्न मिल्ने प्रकृतिका आकाशेपुल

राजधानीमा अब दुई स्थानमा सार्न मिल्ने प्रकृतिका आकाशेपुल

काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगले माईतीघर मण्डला र चाबहिलमा स्थानान्तरण गर्न मिल्ने प्रकृतिका आकासेपुल ट्रस्ट ब्रिज निर्माण गर्ने भएको छ । पैदलयात्रुको अत्याधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरण गर्न अन्यत्र सार्न मिल्ने खालका पुल निर्माण गर्न लागिएको महानगरले जनाएको छ । उपत्यकाका विभिन्न स्थानमा आकासेपुल नहुँदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेका छन् । जसका कारण उनीहरु...
छठ पर्वको मुख्य दिन आज: सूर्यदेवको आराधना गरी मनाइँदै

छठ पर्वको मुख्य दिन आज: सूर्यदेवको आराधना गरी मनाइँदै

काठमाडौँ, २७ कात्तिक । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएक...
विदेश भ्रमणमा २० अर्ब, ४७ अर्ब अमेरिकी डलर बाहिरियो

विदेश भ्रमणमा २० अर्ब, ४७ अर्ब अमेरिकी डलर बाहिरियो

काठमाडौँ, २७ कात्तिक । घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ । मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गाएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ । यही अवस्थामा भ्रमण घुम्न र अध्ययनका लागि पनि अर्बौँ रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाईसमेत गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक बर्ष भ्रमण र अध्...
कोलम्बो प्रोसेस: आप्रवासी श्रमिकका हितमा छलफल हुने

कोलम्बो प्रोसेस: आप्रवासी श्रमिकका हितमा छलफल हुने

काठमाडौँ, २६ कात्तिक । आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’मा आबद्ध एशियाका १२ सदस्य राष्ट्रका मन्त्रीस्तरीय भेला यसै साता काठमाडौँमा हुँदैछ । यही कात्तिक २९ र ३० गते हुने कोलम्बो प्रोसेसको छैटौँ बैठकमा सदस्य मुलुकबीच अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा परामर्श हुनेछ । बैठकमा सदस्य मुलुकका मन्त्री र उच्च अधिकारी सहभागी...
भ्यानले किचेर बालिकाको मृत्यु

भ्यानले किचेर बालिकाको मृत्यु

कञ्चनपुर, २६ कात्तिक । म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका पाँच वर्षीया निशा जोशीको आज मृत्यु भएको छ । झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नंको भ्यानले झण्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । बालिकाकी आमाले म्याजिक चालकलाई भाडाबापतको रकम दिँदै गर्दा बालिका भ्यानको अगाडि आउँदा चालकले...
साउदी अरबका उर्जा मन्त्रीद्वारा दश लाख ब्यारेल तेल निर्यात घटाउन सुझाब

साउदी अरबका उर्जा मन्त्रीद्वारा दश लाख ब्यारेल तेल निर्यात घटाउन सुझाब

आबु धावी, साउदी अरब, २६ कात्तिक । विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन दश लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका उर्जा मन्त्री खालिद अल–फालिहले सोमबार सुझाब दिनुभएको छ । रियादले आगामी डिसेम्बरबाट लागु हुनेगरी प्रतिदिन पाँच लाख ब्यारेल तेल निर्यातमा कमी गर्ने योजना सार्वजनिक गरेको ठीक एक दिन पछि यहाँका विभागीय मन्त्रीको उक्त राय आएको हो । “हामीले आइतबार गरेको प्राबिधिक समीक्षाबाट व...
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने

काठमाडौँ, २६ कात्तिक । भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन् । बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय ख...
कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, २६ कात्तिक । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले सोमबार नोबेल शिक्षण अस्पतालले मोरङको कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कानेपोखरी गाउँपालिका–६ रमाईलोमा आयोजना गरिएको शिविरबाट सो क्षेत्र आसपासका करिव ४ सय बिरामी लाभान्वित भएका छन् । ३ सय ८५ बिरामीको निःशुल्क उपचार गरिएको शिविरबाट २७ जना बिरामी नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम...
झापामा छठ पूजाको तयारी धमाधम, मेची नदीमा पाँच हजार पूजास्थल

झापामा छठ पूजाको तयारी धमाधम, मेची नदीमा पाँच हजार पूजास्थल

भद्रपुर, २६ कात्तिक । पूर्वकै ठूलो छठ पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण धमाधम भइरहेको छ । भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा पाँच हजार पूजा स्थल (घाट) सहित तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैपट्टिबाट सबै समुदायको समान सहभागिता हुने गरी पूजास्थल निर्माण भइरहेको हो । पछिल्ला वर्षमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयवास...
मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

फिदिम, २६ कात्तिक । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । जिल्लाक...
त्रिवि गभर्निङ बोर्डमा निर्वाचित

त्रिवि गभर्निङ बोर्डमा निर्वाचित

काठमाडौँ, २६ कात्तिक । चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको स्थापना सम्मेलनले त्रिभुवन विश्वविद्यालयलाई गभर्निङ बोर्डको सदस्यमा निर्वाचित गरेको छ । यही कात्तिक १७ देखि १९ गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना गरिएको सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो । सङ्घले बेल्ट एण्ड रोड क्षेत्रको दिगो विकास, प्राज्...
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौँ, २६ कात्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन रअनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने...
सफ्टबैंक मोबाइल, जापानमा २१ अर्ब डलरको आइपीओ जारी

सफ्टबैंक मोबाइल, जापानमा २१ अर्ब डलरको आइपीओ जारी

टोकियो, २६ कात्तिक । जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो । आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प...
छठको तयारी अन्तिम चरणमा

छठको तयारी अन्तिम चरणमा

जनकपुरधाम, २६ कात्तिक । आस्थाको महापर्व छठ तराई भेगका साथै देशका विभिन्न स्थानमा भोलि हर्षोल्लासका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै सद्भाव बाँड्ने पर्वको रूप लिइसकेको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ ग...
सोलुखुम्बुमा एक मलेसियालीको मृत्यु

सोलुखुम्बुमा एक मलेसियालीको मृत्यु

सोलुखुम्बु, २६ कात्तिक । खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भए...
एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

काठमाडौँ, २६ कत्तिक । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक ...
error: Content is protected !!