काठमाडौं, २७ कात्तिक । काठमाडौं महानगले माईतीघर मण्डला र चाबहिलमा स्थानान्तरण गर्न मिल्ने प्रकृतिका आकासेपुल ट्रस्ट ब्रिज निर्माण गर्ने भएको छ ।

Advertisement

पैदलयात्रुको अत्याधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरण गर्न अन्यत्र सार्न मिल्ने खालका पुल निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा आकासेपुल नहुँदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेका छन् ।

जसका कारण उनीहरुलाई असहज हुनुका साथै दुर्घटना समेत बढ्ने सहज हुनुका साथै ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!