काठमाडौँ, २७ कात्तिक । घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ । मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गाएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ ।

Advertisement

यही अवस्थामा भ्रमण घुम्न र अध्ययनका लागि पनि अर्बौँ रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाईसमेत गरेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक बर्ष भ्रमण र अध्ययनका लागि मात्र ४७ अर्ब रुपैयाँ बराबर अमेरिकी डलर बाहिरिएको छ । अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो करिब साढे २८ प्रतिशतको बृद्धि हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!