कञ्चनपुर, २६ कात्तिक । म्याजिक भ्यानले किचेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका पाँच वर्षीया निशा जोशीको आज मृत्यु भएको छ ।

झलारी बजारबाट शान्तिपुर जाँदै गरेको से१ज ९०२ नंको भ्यानले झण्डाबोझ चोकमा किचेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

Advertisement

बालिकाकी आमाले म्याजिक चालकलाई भाडाबापतको रकम दिँदै गर्दा बालिका भ्यानको अगाडि आउँदा चालकले असावधानीपूर्वक गाडी चलाएपछि किचिएको बताइएको छ । मृतक बालिकाको शव परीक्षणका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!