विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौँ, २६ कात्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन रअनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने...
सफ्टबैंक मोबाइल, जापानमा २१ अर्ब डलरको आइपीओ जारी

सफ्टबैंक मोबाइल, जापानमा २१ अर्ब डलरको आइपीओ जारी

टोकियो, २६ कात्तिक । जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो । आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प...
छठको तयारी अन्तिम चरणमा

छठको तयारी अन्तिम चरणमा

जनकपुरधाम, २६ कात्तिक । आस्थाको महापर्व छठ तराई भेगका साथै देशका विभिन्न स्थानमा भोलि हर्षोल्लासका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै सद्भाव बाँड्ने पर्वको रूप लिइसकेको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ ग...
सोलुखुम्बुमा एक मलेसियालीको मृत्यु

सोलुखुम्बुमा एक मलेसियालीको मृत्यु

सोलुखुम्बु, २६ कात्तिक । खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भए...
एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

काठमाडौँ, २६ कत्तिक । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक ...
‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय’

‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय’

काभे्रपलाञ्चोक, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउएका छन । काभे्रपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।” उनले ...
लहानमा बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहानमा बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् । पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय ल...
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमाले मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नियुक्त हुनुभएको जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले छिमेकी...
तराईमा छठ पर्वको रौनक, आज खरना

तराईमा छठ पर्वको रौनक, आज खरना

बर्दिवास, २६ कात्तिक । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दू...
किशोरीलाई भारत लैजान खोज्ने दुई जना पक्राउ

किशोरीलाई भारत लैजान खोज्ने दुई जना पक्राउ

बेत्रावती, २६ कात्तिक । नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत...
उदयपुरमा बालिका मृत फेला

उदयपुरमा बालिका मृत फेला

गाईघाट, उदयपुर, २६ कात्तिक। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् । उक्...
बस दुर्घटना हुँदा २५ घाइते

बस दुर्घटना हुँदा २५ घाइते

कावासोती, २६ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २...
मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते

मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते

धनगढी, २४ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीग...
आज भाइटीका : ११ बजेर ५५ मिनेटमा टीकाको उत्तम साइत

आज भाइटीका : ११ बजेर ५५ मिनेटमा टीकाको उत्तम साइत

काठमाडौँ, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय...
तिहारको चौथो दिन आज गोवद्र्धन पूजा गरिदै

तिहारको चौथो दिन आज गोवद्र्धन पूजा गरिदै

काठमाडौँ, २२ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी...
आज तिहारको तेस्रो दिन : देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै

आज तिहारको तेस्रो दिन : देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगा...
२०७५ कात्तिक २१ गते बुधबार/आजको राशिफल

२०७५ कात्तिक २१ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २१ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर ७ तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– औंसी, २१:२२ बजेउप्रान्त प्रतिपदा।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यव...
नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

विराटनगर, २० कात्तिक । मोरङको बेलवारी–११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय ४३ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । उपचारका लागि गाउँ–गाउँबाट बिरामीहरु शिविरमा आएका थिए । शिविरमा ८९ जनाको भिडियो ए...
राप्रपा एकताको प्रक्रिया शुरु, राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी

राप्रपा एकताको प्रक्रिया शुरु, राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी

काठमाडौँ, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्र का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लि...
काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

काठमाडौँ, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्द...
क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि गोरस

क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि गोरस

काठमाडौँ, २० कात्तिक । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लग...
अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

सानफ्रान्सिस्को, २० कात्तिक ।  अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा...
एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

एक अर्ब ८८ करोडको आइपिओ बिक्रीलाई अनुमति

काठमाडौँ, २० कात्तिक । नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो । चालू आवको हालसम्म २५ वटा सङ्गठित संस्थाले साधारण शेयर बिक्रीको अनुमतिका लागि बोर्डमा आवेदन दि...
शेयर बजार पूर्ण स्वचालित अनलाइन प्रणालीमा

शेयर बजार पूर्ण स्वचालित अनलाइन प्रणालीमा

काठमाडौँ, २० कात्तिक । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज  आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गरे। शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ...
ऐतिहासिक सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

ऐतिहासिक सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै

काठमाडौँ, २० कात्तिक । नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार कात्तिक २४ गते विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको छ । नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते विभिन्न कार्यक्रमको आयोजन...
‘मुन्द्रेको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता

‘मुन्द्रेको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता

काठमाडौँ, २० कात्तिक । “बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।” हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ । ‘स्याण्ट अप’ कमेडीका रुपमा लिइने यस्ता कार्यक्रमले पछिल्लो सम...
चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत

चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक झा पुरस्कृत

काठमाडौँ, २० कात्तिक । चीनको सियान सरकारले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट युवा वैज्ञानिकसहितका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो । करीब दुई...
जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

धनुषा, २० कात्तिक । जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ । छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू समुदायको मुख्य पर्व हो । ...
गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

दमौली, २० कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो । मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चु...
तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट

काठमाडौँ, २० कात्तिक । प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ । गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उप...
पिपिएलका दर्शक बालकदेखि वृद्धसम्म

पिपिएलका दर्शक बालकदेखि वृद्धसम्म

कास्की। मैदानको उत्तरमा आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छ«े र अन्नपूर्ण हिमशृङ्खला । खुलेको मौसममा क्रिकेटको महाकुम्भ, जहाँ खेलाडी हिमालतिर फर्केर चौका र छक्का बर्साउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीले छक्का र चौका हानेको हेर्न रङ्गशालामा जम्मा भएका दर्शकको बाक्लो उपस्थिति । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता शुरुआत गर्दै गर्दा आयोजकलाई चिन्ता थियो, दर्शकको उपस्थित...
error: Content is protected !!