वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी
कञ्चनपुर, ८ मंसिर । शुक्लाफाँटा नगरपालिका– ६ का ज्येष्ठ नागरिक लबरु राना वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा निकै खुशी भए ।
घरभन्दा टाढाको बैंकमा लामबद्ध भई भत्ताको रकम बुझन जाँदा निकै सास्ती खेप्नुपर्ने विगत सम्झँदै उनले भने, “घरदैलोमै आएर बैंकका कर्मचारीले भत्ताको रकम उपलब्ध गराउँदा निकै सहज भएको छ ।”
“लाइनमा बस्नुपरेको छैन यहाँ आइपुग्नेबित्तिकै रकम हात परेको छ, जनप्रतिनिधि आएक...























