इजिप्टका १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय
कायरो, १ माघ। मुस्लीम ब्रदरउड समुहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ । इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आईतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ ।
अल अजार विश्वविद्यालय भने अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित र अहिले प्रतिबन्धित विश्वविद्यालय हो । यस...



























