वाफबाट खतरा छैनः भूगर्भशास्त्री

वाफबाट खतरा छैनः भूगर्भशास्त्री

सुन्दरबजार, लमजुङ, २ माघ। स्थानीय सिउडीबार बस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएको भूगर्भशास्त्रीले जनाएका छन् । जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना क्षेत्रअन्तर्गत जमीनबाट बाफ निस्केको समाचार आएपछि आयोजनाले नै भूगर्भशास...
राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

भीमदत्तनगर, २ माघ। कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि शुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न सफल भइरहेको र आगामी दिनमा खेलाडी उत्पादन...
भित्री शहरमा चारपाङ्ग्रे निषेध

भित्री शहरमा चारपाङ्ग्रे निषेध

काठमाडौँ, २ माघ। काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो । कामपा वडा नं १७, १८, १९, २२, २४, २५ र २७ का भित्री क्षेत्रभित्रका सम्पदाला...
‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

रत्ननगर, चितवन, २ माघ। साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो । आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा नारायणी किनार तात्न थाल्यो । दर्शकको हुटिङ बढ्न थाल्यो । अघिपछि रातमा सन्नाटा छाउने किनार सोमबारको साँझ रमणीय बन्दै थियो । जब क...
दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने

दक्षिण कोरियाले कोरियाली वार्ताबारे अमेरिकालाई जानकारी गराउने

सिओल, २ माघ। हालै उत्तर कोरियासँग सम्पन्न भएको मन्त्रीस्तरीय वार्ता र आगामी दिनमा गर्ने उच्चस्तरीय वार्ताको तयारीका बारेमा दक्षिण कोरियाले अमेरिकालाई जानकारी गराउने भएको छ । सो प्रयोजनका लागि दक्षिण कोरियाका एकजना वरिष्ठ कूटनीतिज्ञ मङ्गलबार अमेरिकाको भ्रमणमा जान लाग्नुभएको दक्षिण कोरियाली विदेश मन्त्रालयबाट प्राप्त समाचारमा जनाइएको छ । दक्षिण कोरियाली उपविदेशमन्त्री लिम सोङ नाम मगङ्लबा...
जनप्रतिनिधिका अगाडि समस्यै समस्या

जनप्रतिनिधिका अगाडि समस्यै समस्या

तेह्रथुम, २ माघ। जिल्लामा स्थानीय तह गठन भएपछि पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि अहिले पनि चुनावमा मतदातामाझ खाएका वाचा पूरा गर्नतर्फ केन्द्रित हुन सकेका छैनन् । नयाँ संरचनाको स्थानीय सरकारमा पुगेका जनप्रतिनिधिलाई दैनिक कार्य सञ्चालनमा केन्द्रित हुनै मुस्किल भएको छ । जनप्रतिनिधिका सामुन्ने कार्यालय व्यवस्थापनदेखि जनशक्ति अभाव, आवश्यक स्रोत साधनको कमी, ऐन, नियम र कार्यविधि निर्माणमा ढिलाइ,...
मल्लकालीन माछा मार्ने जात्रा शुरु

मल्लकालीन माछा मार्ने जात्रा शुरु

भक्तपुर, २ माघ। छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठण्डौ, गछेँलगायत क्षेत्रमा सञ्चालन गरिनेछ । माघ १६ गतेपछि साँखुमा प्रदर्शन गरि...
सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन: राष्ट्रसंघ

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन: राष्ट्रसंघ

बेरुत, २ माघ। सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । राष्ट्रसंघका एकजना अधिकारीले सोमबार भनेका छन् कि सिरियाली शरणार्थीहरु अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशहरुमा बसिरहेका छन् र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका छन् । तर उनका अनुसार ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउ...
महिलाको शव फेला

महिलाको शव फेला

धुलिखेल, २ माघ। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताउनुभयो । “घटनाका बारेमा अनुसन्धान भइरहेकाले शव उठाइएको छैन, हामी अनुसन्...
धनकुटामा राजधानी माग्दै क्षेत्रीय प्रशासन घेराउ गरिने

धनकुटामा राजधानी माग्दै क्षेत्रीय प्रशासन घेराउ गरिने

धनकुटा, २ माघ । प्रादेशिक राजधानीको माग राख्दै विगत पॉच सातादेखि आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज पनि आन्दोलनलाई जारी राखेका छन् । आज अपरान्ह १ बजेदेखि क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गरिने आन्दोलन परिचालन समितिले जनाएको छ । सरकारले आज प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्दै दवाव दिने उदेश्यले घेराउ गरिने आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले जान...
अध्यक्ष ओली बिहीबार फर्कने

अध्यक्ष ओली बिहीबार फर्कने

काठमाडौँ, २ माघ। नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कनुहुने भएको छ । गत पुस २६ मा त्यसतर्फ जानुभएका उहाँ आज आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उहाँका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सब...
एराप्रपा नेता ठाकुरको निधन

एराप्रपा नेता ठाकुरको निधन

जनकपुरधाम, २ माघ। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको आज बिहान जनकपुरधाममा निधन भएको छ । केही महिनादेखि बिरामी रहनुभएका ७६ वर्षीय ठाकुरको आज बिहान ६ः३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत हुनुभएको थियो । भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उहाँ चर्चित हुनुहुन्थ्यो । ...
सरकारले आज प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्दै

सरकारले आज प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्दै

काठमाडौं,२ माघ। लामो समयको अन्योलपछि सरकारले आज प्रदेश प्रमुख र कार्यलय रहने अस्थाई मुकाम तोक्ने भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको ४० दिनसम्म पनि प्रदेश प्रमुख र अस्थाई मुकाम तोक्न नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला मन्त्रीपरिषदको आज बैठकले यसबारे निर्णय गर्न लागेको हो । मन्त्रीपरिषद बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह साढे ४ वजे बस्दै...
त्रिभुवन विमानस्थलमा माग्नेबुढालाई सास्ती !

त्रिभुवन विमानस्थलमा माग्नेबुढालाई सास्ती !

काठमाडौं, २ माघ। हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ धनगढी महोत्सवका लागि प्रस्तुति दिन आइतवार बिहान साढे ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगे । उनको उडान समय थियो ११.३० बजे । विमानस्थलको निमानुसार माग्नेबुढा समयमै एअरपोर्ट पुगेका थिए । उनले त्यहाँ विभिन्न एअरलाइन्सले भित्तामा राखेको स्क्रिनमा फ्लाइट सेड्युल हेरे । कतै कुनै पनि हवाइजहाज हलचल गरेका थिएनन् । खराब मौसमका कारण उडान अवर...
पाँच घर आगलागी हुँदा १७ लाखको क्षति

पाँच घर आगलागी हुँदा १७ लाखको क्षति

गाईघाट, उदयपुर, २ माघ। उदयपुरको मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१, इनामेमा माघ १ गते सोमबार स्थानीयका पाँच घरमा आगलागी हुँदा रु १७ लाख बराबरको धन सम्पत्तिको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार इनामेका स्थानीय रणबहादुर विकको घरको परिसरमा चिसोबाट बच्न केकटाकेटीले आगो बाल्ने र खेल्ने गरेपछि घरको खरको छानो सल्केर आगलागी शुरु भएको थियो । विकको घरबाट शुरु भएको आगो अन्य पा...
केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

काठमाडौँ, २ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ । पार्टीले चुनावमा पराजय भोगेपछिको अवस्थामा अब हिन्दूराष्ट्रलगायतका मुद्दा तथा सिद्धा...
चक्कु प्रहार गरी हत्या, महिला पक्राउ

चक्कु प्रहार गरी हत्या, महिला पक्राउ

कञ्चनपुर, २ माघ। कञ्चनपुरको भीमदत्तनगरपालिका–१८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय राजु बोहराको चक्कु प्रहार गरी गएराति हत्या गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका–२, देहीमाण्डौँ घरभएका बोहरासँग एक महिनादेखि बस्दै आएकी कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ३० वर्षीया धर्मा बोहराले चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । राजुको घाँटीमा धर्माले...
छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी नै उपहार

छोराको जन्मदिनमा वडाध्यक्षद्वारा चर्पी नै उपहार

भद्रपुर, २ माघ।  झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उहाँ चर्पीदाताको रुपमा चिनिन थाल्नुभएको छ । विगतदेखि नै सामाजिक कार्य गर्दै आउनुभएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिनुहुन्छ । उहाँले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्...
जंगलको आगलागीमा दुईको मृत्यु

जंगलको आगलागीमा दुईको मृत्यु

रुकुम, २ माघ।  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिनुभयो । दुवैजनाको आगलागीमा परेर आइतबार बिहान मृत्यु भएको भएपनि जिल्लाको सबैभन्...
विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य

विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य

गाईघाट, उदयपुर, २ माघ। अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यक...
प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

प्रदेश प्रमुख तोक्ने सरकारको तयारी

काठमाडौं, २ माघ। सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका लागि बिहान ९ बजे बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । देउवाले आजै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् । एमाले-...
म्याग्दीका ६७ किसान सम्मानित

म्याग्दीका ६७ किसान सम्मानित

बेनी, म्याग्दी, २ माघ।  जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न ६७ जना किसानलाई सम्मान गरेको छ । छैटौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा आयोजित बृहत् कृषि प्रदर्शनी मेलामा खाद्य, तरकारी, फलफूल, दलहन–तेलहन,माछा–हाँस, अन्न र विविध गरी सातवटा समूहका ६७ जना किसानलाई सोमबार सम्मान गरिएको हो । प्रदर्शनीमा काउलीत...
राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट

राहत वितरण प्रभावकारी नभएकोमा प्रजिअ असन्तुष्ट

इनरुवा, २ माघ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले चिसोबाट जोगिनका लागि स्थानीयतहलाई वितरण गर्नका लागि दिइएको सरकारी राहत प्रभावकारी ढंगले वितरण नभएको गुनासो आएपछि सरोकारवाला निकायसँग छलफल गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले सर्वपक्षीय बैठक डाकी सरोकारवालालाई सचेत गराउनुभएको छ । जाडोलाई लक्षित गरी उपलब्ध गराइएका सरकारी राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि प्रजिअले ...
तनहुँ समाज जापान गठन

तनहुँ समाज जापान गठन

काठमाडौँ, २ माघ। तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ । तनहुँ जिल्लाबाट जापानमा गई बसोबास गर्ने तनहुँवासीको आइतबार जापानको टोकियोमा भेला भएर विजय थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समाजको उपाध्यक्षमा सुमन भट्टराई र मीन गुरुङ, सचिवमा सुनिल रिजाल र कोषाध्यक्ष सुनिता कँडेल चयन हुनुभएको छ । यस्तै,...
माईखोलामा मेला शुरू, भारतबाट समेत मेला भर्न आए

माईखोलामा मेला शुरू, भारतबाट समेत मेला भर्न आए

इलाम, २ माघ। माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् । यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ तथा सीमावर्ती भारतको दार...
प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

भोजपुर, २ माघ।  प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका प्रहरीमाथि हातपातसँगै गालीगलौज गर्ने सोही स्थानका ५५ वर्षीय हरिबहादुर प्रधान, ३४ वर्षीय विकासकुमार राई र ३२ बर्षीय प्रकाशकुमार राईलाई सार्वजनिक मुद्दा चलाइएको हो । मध्यपहाडी लोकमार्गमा गस्तीमा रहेका प्रहरीलाई रोकेर हातपात गरेको प्रहरीक...
व्यापार मेलामा एकैदिन चार करोडको कारोबार

व्यापार मेलामा एकैदिन चार करोडको कारोबार

पोखरा, २ माघ। पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उहाँले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण ...
बीसौँ भूकम्पीय सुरक्षा दिवस

बीसौँ भूकम्पीय सुरक्षा दिवस

    काठमाडौँ,२ माघ। विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमअघि नयाँ सडकको जुद्ध शालिक अघिबाट जन...
२०७४ माघ २ गते मंगलबारको राशिफल

२०७४ माघ २ गते मंगलबारको राशिफल

वि.सं. २०७४ साल माघ २ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी १६ तारिख। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– औंसी, ३१:२२ बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। सोचेको ...
जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)

जीतपुरमा मौलिक नृत्य प्रतियोगिता, मयुर नाचमा दर्शकको आकर्षण (भिडियोसहित)

धनकुटा, १ माघ । महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा सोमबार मगर समुदायको मौलिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मौलिक सँस्कृतिको माध्यमवाट पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मगर संघ महालक्ष्मी नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका ९ समुह सहभागि प्रतियोगितामा मगर संस्कृतिमा आधारित मौलिक नृत्यसंगै मयुर नाचसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा दोहोरी गायक प्रसाद खप्तरी मगर र लोकगायिका...
लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झडपमा नौ जनाको मृत्यु

लिबियाको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झडपमा नौ जनाको मृत्यु

त्रिपोली, १ माघ।  लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षकाबीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थलमा आक्रमण भएर झडप भएपछि विमानस्थल खाली गराइएको थियो । मारिएका मध्ये कति...
error: Content is protected !!