काठमाडौं, ४ फागुन । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा शुक्रबार दिउँसो निजी निवास सरेका हुन् ।

Advertisement

०७४ जेठ २३ गते देशको ४० औँ  प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।

निवर्तमान प्रधानमन्त्री देउवा दिउँसो एक बजेपछि बालुटारबाट निजी निवास बुढानिलकण्ठतर्फ लागेका उनका स्वकीय सचिव विरेन्द्र थापाले जानकारी दिएका छन् ।  बालुवाटारस्थित निवासबाट देउवाले धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!