मुख्य ३ पार्टीमा नेतृत्व हाबी, देशकै लागि खतराको संकेत
काठमाडौं, १८ चैत । प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्।
वैचारिक/राजनीतिक पक्षमा प्रजातान्त्रिक, लोकतन्त्रवादी भनेर व्याख्या गरिए पनि पार्टीभित्रको वैचारिक बहसदेखि निर्णय ...




























