अपडेट:आगलागीबाट १६ घर नष्ट

अपडेट:आगलागीबाट १६ घर नष्ट

इनरुवा, १८ चैत। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–६ श्रीपुरजब्दीमा आज भीषण आगलागी भएको छ । श्रीपुरका जगदीस महात्माले गहुँ झाँट्न ल्याएको थ्रेसरबाट सल्केको आगोले १६ घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीका कारण करिब रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भारतको विरपुरबाट आएको दमकल तथा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयास...
‘महिलालाई क्यान्सरबाट बचाउन देशैभरी स्वास्थ्य शिविर’

‘महिलालाई क्यान्सरबाट बचाउन देशैभरी स्वास्थ्य शिविर’

कञ्चनपुर, १८ चैत । खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघर र स्तन क्यान्सरबारे प्रारम्भिक जाँच शिविर सुरु गरिएको छ। पुनर्वास नगरपालिका ३ कालिका बजारको श्री जनकल्याण माविमा आइतबार सुरु भएको शिविर १ नम्बर निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाँडीमा  मंगलबारसम्म सञ्चालन गरिने छ। शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन...
डीपीएल: महेन्द्रनगर युनाइटेडको विजयी सुरुवात, विराटनगर किङ्ग्स ३३ रनले पराजित

डीपीएल: महेन्द्रनगर युनाइटेडको विजयी सुरुवात, विराटनगर किङ्ग्स ३३ रनले पराजित

धनगढी, १८ चैत । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटमा महेन्द्रनगर युनाइटेडले विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्र्तगत  आजको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सलाई ३३ रनले पराजित गरेको हो। राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर किङ्ग्स एभरेष्ट प्रिमियर लिगको च्याम्पियन समेत हो । तर, महेन्द्रनगरले दिएको १६९ रनको लक्ष्य पछ्याएको बिराटनगर अन्तिम ओभर खेल...
कारको ठक्करले भवन भत्किदा दशको मृत्यु

कारको ठक्करले भवन भत्किदा दशको मृत्यु

नयाँदिल्ली, १८ चैत ।  भारतको नयाँ दिल्लीमा चार तले भवन भत्किएर पुरिएकामध्ये कम्तीमा दश जनाको मृत्यु भएको छ। उक्त भवन कमजोर तरिकाले बनाइएको र सुरक्षा मापदण्डमा पनि ध्यान नदिइएकाले भत्किएको प्रहरी अधिकारीहरुले आइतबार बताएका छन्। सो भवन शनिबार राति भत्किएको हो। उद्धारकर्ताहरूले घटनामा पुरिएका कैयौं व्यक्तिलाई उद्धार गरेका थिए। घटनास्थलमा शनिबार राति ठूलो कोलाहल मच्चिएको थियो। “हामीले पुरिएका र च्य...
उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान

काठमाडौँ, १८ चैत ।  काठमाडौँ उपत्यकामा रगतका विभिन्न कम्पोनेन्टको माग एक्कासी बढ्दा रगतको अभाव देखिएको छ । रगतको अत्यधिकरुपमा माग बढेपछि नेपाल रेडक्रस सोसाइटी रगत दान गर्न आम रक्तदातालाई आह्वानसमेत गरेको छ । सामान्यतयाः बिदाको दिनबाहेक अन्य दिन रगत संकलन कार्य अत्यन्त न्यूनरुपमा हुन थालेपछि उपत्यकामा रगतको माग बढेको सोसाइटीले जनाएको छ । रगतको अभाव भएपछि सोसाइटीले उपत्यकाभित्र रगत संकलन कार...
सिण्डिकेट तोड्न नयाँ निर्देशिका जारी, संस्था वा कम्पनीले मात्रै रुट इजाजत पाउने

सिण्डिकेट तोड्न नयाँ निर्देशिका जारी, संस्था वा कम्पनीले मात्रै रुट इजाजत पाउने

काठमाडौं, १८ चैत ।  सडक रुट इजाजतमा व्यवसायीको एकाधिकार (सिण्डिकेट) तोड्ने गरी सरकारले नयाँ निर्देशिका जारी गरेको छ । यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । यसअघिको यातायात व्यवस्थापन कार्याविधि निर्देशिका २०६० मा रुट इजाजतका लागि स्थानीय यातायात समितिको सिफारिस चाहिने उल्लेख थियो । तर, ...
गाडीमा गीत बजाएवापत रोयल्टी तिर्नुपर्ने, वर्षमा २० करोड उठ्ने

गाडीमा गीत बजाएवापत रोयल्टी तिर्नुपर्ने, वर्षमा २० करोड उठ्ने

काठमाडौं, १८ चैत । अब सार्वजनिक सवारीले नेपाली गीत-संगीत बजाएवापत पनि संगीत रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले संशोधन गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा गीत-संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । प्रतिलिपी अधिकार ऐनले कुनै सिर्जनालाई सार्वजनिक रुपमा प्रयोग गरिए त्यसवापत रोयल्टी तिर्नुपर्ने प्रावधानमा टेकेर यो व्य...
प्रधानमन्त्रीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास

प्रधानमन्त्रीद्वारा गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास

वीरगञ्ज, १८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गर्दै प्रम ओलीले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ...
तीन सय बढी नयाँ उद्योग दर्ता, बीस हजारलाई रोजगारीको अवसर

तीन सय बढी नयाँ उद्योग दर्ता, बीस हजारलाई रोजगारीको अवसर

काठमाडौँ, १८ चैत ।  करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका लागि विभागमा आवेदन दिएका हुन् । विभागका अनुसार कूल उद्योगमध्ये १९४ वटा उद्योग विदेशी लगानीका उद्योग हुन् भने १०८ उद्योग नेपाली लगानीकर्ताले नयाँ दर्ता गरेका हुन् । विभागका अनुसार कृषिजन्य १५, नि...
सुनसरीमा आगलागी बाट १५ घर नष्ट

सुनसरीमा आगलागी बाट १५ घर नष्ट

इटहरी, १८ चैत । सुनसरी जिल्ला कोशी गाउँपालिका–६ को यादव वस्तीमा आज अपराह्न भएको आगलागीमा कम्तीमा १५ परिवारका घरगोठ जलेर नष्ट हुँदा करीब ३५ लाखको नोक्सानी भएको छ । भारत विहारको सीमा जोडिएको नेपाली बस्तीमा रहेको लालो झाका घरमा गहुँ केलाउन चलाइएको थ्रेसर यन्त्रबाट प्रारम्भ भएको आगलागीमा परी बस्ती ध्वस्त भएको सुनसरी जिल्लाका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिनुभयो । अपराह्न साढे...
कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेः कृषिमन्त्री खनाल

कपिलवस्तु, १८ चैत । खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले कृषि उत्पादनमा वृद्धि ल्याउन भूमि नीति र भूउपयोग नीति आवश्यक रहेको बताउनुभयो । ...
सभामुख महराद्वारा स्व. खड्काप्रति श्रद्धाञ्जलि

सभामुख महराद्वारा स्व. खड्काप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १८ चैत । सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको भयो । श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उहा...
बहुप्रतिक्षित चलचित्र कृ’को ‘उकालीमा अघि अघि’ बोलको गीत अब यस्तो बन्यो(भिडियो)

बहुप्रतिक्षित चलचित्र कृ’को ‘उकालीमा अघि अघि’ बोलको गीत अब यस्तो बन्यो(भिडियो)

चलचित्र ‘कृ’ मा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीतमा केहि लाइन आफ्नो चलचित्र ‘संझना’को गीतबाट चोरिएको भन्दै निर्देशक शम्भु प्रधानले उजुरी हाले । उनकै उजुरीको आधारमा चलचित्रका निर्माता सुवास गिरी एक दिन हिरासतमा बस्नुपर्‍यो भने ११ लाख क्षतीपूर्ती पनि तिर्नुपर्‍यो । शम्भुको यो कदमको चलचित्रकर्मीले चर्को आलोचना गरिरहेका छन् । शम्भुसँग निर्माता सुवास गिरीले यो गीत युटुबबाट हटाउने सहमति पनि गरेका थि...
धनगढी प्रिमियर लिग क्रिकेट: रुपन्देहीमाथि सीवाईसी अत्तरियाको शानदार जित

धनगढी प्रिमियर लिग क्रिकेट: रुपन्देहीमाथि सीवाईसी अत्तरियाको शानदार जित

काठमाडौं, १८ चैत  । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल)मा सीवाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको छ । रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा आउट भए । गोरभ चित्तरा ३० र प्रेम तामाङ १४ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको रुपन्देहीले मात्र १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको...
सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि

सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १८ चैत । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको न...
वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि सम्पन्न (तस्बिरसहित)

वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि सम्पन्न (तस्बिरसहित)

बाहिर सिमसिम पानी परिरहेको थियो । यस्तो लाग्थ्यो, क्याम्ब्रिज आफ्नो एक होनाहार हस्तीको बिदाइमा रोइरहेको छ । शनिबार प्रसिद्ध बेलायती भौतिकशास्त्री स्टेफन हकिङको कफिन क्याम्ब्रिजको चर्चित ‘किङ्स परेड’ मार्गबाट ग्रेट सेन्ट म्यारी चर्चतर्फ अघि बढाइरहँदा सम्मान व्यक्त गर्न हजारौं नागरिक सडक छेउमा उपस्थित थिए । हकिङको मलामी उनले ५० वर्षभन्दा बढी समय पढाएको गोन्भिल र काइस कलेजबाट निकालिएको थियो । कलेज ...
चौध वर्षपछि आफन्तको शव उत्खनन

चौध वर्षपछि आफन्तको शव उत्खनन

दैलेख, १८ चैत। तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि आफैँ उत्खनन गरेका छन् । नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन् । विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको र अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना ...
सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता

सोल, १८ चैत। दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग पनि उत्तर कोरियाको वार्ता हुन लागेको भनिएका बेला सोलमा यो सैन्य अभ्यास सुरु भएको बताइएको छ । अमेरिकी सेनाको पनि ठूलो संख्याको उपस्थितिमा सुरु भएको सो सैन्य अभ्यासकाकारण यसै महिनामा हुन लाग...
ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

बागलुङ,१८ चैत  । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित...
खुमबहादुरलाई श्रद्धाञ्जलि दिन शीर्ष नेताहरू सानेपामा

खुमबहादुरलाई श्रद्धाञ्जलि दिन शीर्ष नेताहरू सानेपामा

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आइतबार बिहानैदेखि काठमाडौंको सानेपास्थित उनको निवासमा नेता कार्यकर्ताको ठूलो भीड लागेको छ। बिहान दश बजेअघि  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल,  शेखर कोइराला, प्रकाशसरण महत, मिनेन्द्र रिजाल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य दीपक गिरी, चिनकाजी श्रेष्ठ, देवन्द्र राज कँडे...
सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न

काठमाडौँ, १८ चैत । शुक्रबार शुरु भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो । सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व नेवाः दिवस) मनाउने परम्परालाई अगाडि बढाउने निर्णय गरेको छ । नेवाः साहित्य, कला, संस्कृति र पत्रकारिताको श्रीवृद्धिका लागि हलिं नेवाः कोष स्थापना गर्ने घोषणा पनि गरिएको छ । विकासका नाममा काठमाडौँ उपत्यकाका जनता...
पर्थमा मादल घन्किँदा अष्ट्रेलियनहरू दंग

पर्थमा मादल घन्किँदा अष्ट्रेलियनहरू दंग

पर्थ,अस्ट्रेलिया, १८ चैत ।  पश्चिम अस्ट्रेलियाको पर्थमा ‘दोस्रो नेपाल फेष्टिभल २०१८’ सकिएको छ। गैर आवसीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा शनिबार पर्थको एलिजावेथ क्वेमा सम्पन्न महोत्सवमा हजारौं नेपाली तथा अस्ट्रेलियनले अवलोकन गरेका थिए। सांस्कृतिक झाँकीले पर्थ शहर परिक्रमा गरेर सुरू भएको महोत्सवमा नेपाली कला संस्कृति झल्किने गीत संगीत, खानाको परिकारहरू, नेपाली हस्तकलाका सामानहरू र नेपाली व्यवास...
इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

इलामको माईजोगमाई गाउँपालिका डेढ महिनादेखि अन्धकार

इलाम,१८ चैत । इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ । गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिकाको २, ४, ५ र ६ का करिब २५० घरधुरी अँध्यारोमा बस्न बाध्य भएका हुन् । स्थानीयले विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नगरिएको गुनासो गरेका छन् । वडासचिव गोविन्द भट्टराईले सडक निर्माणका क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्म ढलेका पो...
कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज

कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज

काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको ...
एउटा यस्तो होटेल जुन छानो र भित्ताबिनै भइरहेछ लोकप्रिय

एउटा यस्तो होटेल जुन छानो र भित्ताबिनै भइरहेछ लोकप्रिय

यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम Null Stern Hotel हो । यो होटलको न त कुनै छानो छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् । एउटा डाँडोको टुप्पोमा यो होटल छ । यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन । भनिन्छ, स्विजरल्याण्डका दुईजना कलाकार फ्रेंक र रिकलिनले यो होटल बनाएका हुन् । विस्तारै ग्राहकहरुले यसलाई मन पराउन थालेपछि पर्यटकका ला...
क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

क्यान्सरपीडितलाई दुई लाख ८० हजार सहयोग

पथरी, मोरङ, १८ चैत।  वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा रहेका मोरङ उर्लाबारीका युवाले क्यान्सरपीडित पार्वती लिम्बूको उपचारका लागि सहयोग गरेका छन् । स्थानीय समाजसेवी तेजन खड्काले पीडित उर्लाबारी–९ खोपीडाँडाकी ५० वर्षीया लिम्बूकी छोरी रेनुकालाई दुई लाख ८० हजार ८८८ नगद प्रदान गरे । समाजसेवी खड्काका अनुसार सहयोग रकम हङकङकमा कार्यरत याम लिम्बूको पहलमा  दुई लाख र मकाउमा कार्यरत गीता मगरको पह...
पुरुष नभएपछि महिला नै मलामी जान बाध्य

पुरुष नभएपछि महिला नै मलामी जान बाध्य

बेनी, म्याग्दी, १८ चैत ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर र दलित समुदायको बाहुल्यता रहेको बेली गाउँ युवाविहीन छ । गाउँमा रहेका केही पुरुष पनि दैनिक ज्याला मजदुरीका लागि अन्यत्रै हिँडेपछि गाउँमा वृद्धवृद्धा र महिला मात्र रहेका स्थानीय शिक्षक लाल...
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

फलेवास, पर्वत, १८ चैत।  पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो । उनीहरुल...
विराट गोल्ड कप शुरु

विराट गोल्ड कप शुरु

विराटनगर, १८ चैत । विराटनगरमा शनिबारदेखि शुरु भएको विराट गोल्ड कपमा आयोजक मोरङ–११ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ । मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । स्थानीय शहीद रंगशालामा भएको उद्घाटन खेलमा मोरङ–११ ले भुटानको थिम्पु फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर...
एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत

एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत

काठमाडौं, १८ चैत। सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएक...
गाउँको अधिकार सिंहदरबार फर्कंदैन: मुख्यमन्त्री पोखरेल

गाउँको अधिकार सिंहदरबार फर्कंदैन: मुख्यमन्त्री पोखरेल

गुलरिया, बर्दिया, १८ चैत । पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताउनु भएको छ । हिजो यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने छ भन्नुभयो । मुख्यमन्त्रीले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताउनुभयो । उहाँले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिन...
error: Content is protected !!