तीन वर्ष बित्दा पनि शुरु भएन गोरखा दरबार पुनःनिर्माण

तीन वर्ष बित्दा पनि शुरु भएन गोरखा दरबार पुनःनिर्माण

गोरखा, १८ वैशाख । माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ । यो परिसरलाई हरियो तारजालीले घेरेर राखिएको छ । यो चित्र भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबारको हो । राजा राम शाहको शासनकालमा बनेको यो दरबारमा आधुनिक नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहसम्मले शासन गर्नुभएको थियो । ए...
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन

सुरुङ्गा, झापा, १८ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताउनुभएको छ । आज झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकाको खोजी गरी विद्यालयमा ल्याउन जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री ओलीले कोही बालबालिका विद्यालय ...
छ महिनामा खनियो चार किलोमिटर सुरुङ, पर्यटकीयस्थल बन्दै आयोजना

छ महिनामा खनियो चार किलोमिटर सुरुङ, पर्यटकीयस्थल बन्दै आयोजना

काठमाडौँ, १८ वैशाख । नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइभर्सन आयोजना । पहिलो पटक टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर निर्माण शुरु भएको सो आयोजनाको छ महिनाभित्र कूल १२ किलोमिटर लामो सुरुङमध्ये चार किलामिटर सुरुङ निर्माण सम्पन्न भएको छ । हालकै गतिमा आयोजना अगाडि बढेको खण्डमा आगामी छ महिनाभित्र थप च...
रानीपोखरीको कङ्क्रिट हटाइउन १६ लाख

रानीपोखरीको कङ्क्रिट हटाइउन १६ लाख

काठमाडौँ, १८ वैशाख । रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि रु १६ लाख लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणको क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाउनुपर्ने भएको काठमाडौँ महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले राससलाई जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “अब...
भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

भारतीय प्रधानमन्त्री सीधै जनकपुर आउने

काठमाडौँ, १८ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ देखि हुने तय भएको भनिएको नेपालको औपचारिक भ्रमणका क्रममा उहाँ भारतको पटनाबाट सीधै जनकपुर आउनुहुने भएको छ । सो दिन मोदी सवार विमान धनुषाको जनकपुरस्थित बाह्र बिघामा अवतरण हुने, त्यहाँ नेपाल सरकारका एक वरिष्ठ मन्त्रीले स्वागत गर्ने र त्यसपछि धार्मिकस्थल जानकी मन्दिरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले संयुक्त रुपमा र...
समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्छः दाहाल

काठमाडौँ, १८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । बबरमहलस्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले अब विकास र निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो । जनयुद्ध र शान्ति प्रक्रियामार्फत देशमा ठूल...
उभौली पर्वसँगै किराती संस्कृति संरक्षण शुरु

उभौली पर्वसँगै किराती संस्कृति संरक्षण शुरु

गाईघाट, उदयपुर १८ वैशाख । वैशाख पूर्णिमादेखि पन्ध्र दिनसम्म मनाइने उभौली पर्व र साकेला(चण्डी) नृत्यँंगै किरातीले आफ्नो संस्कृति संरक्षण अभियानसमेत शुरु गरेका छन् । वैशाख पूर्णिमादेखि मनाइने उभौली पर्व र साकेला नृत्यसँगै किरातीहरुले आफ्नो वेशभूषा पहिरन, मौलिक खाना र रहनसहन प्रस्तुति गरेर संस्कृति संरक्षण गर्ने अभियानसमेत शुरु गरेको किरात राई यायोख्खा उदयपुरका अध्यक्ष विमल किराती बताउनुहुन्छ । स...
हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’

हुनेखाने र हुँदा खानेबीचको सम्बन्ध ‘मितेरी कार्यक्रम’

रत्ननगर, चितवन, १८ वैशाख । चितवनको कालिका नगरपालिकास्थित विकट गाउँ शक्तिखोर, लटौली, सम्फर्याङ तथा मैतेशका चेपाङलाई खानेपानीको साह्रै सकस थियो । बालबालिकालाई कापी, कलम र झोला किन्नसमेत चेपाङलाई समस्या हुन्छ । नारायणगढका फेन्सी व्यवसायीले उनीहरुको समस्या बुझेर सोमबार दुई हजार ३०० मिटर खानेपानी पाइप उपलब्ध गराए । स्थानीय सुकमान प्रजाको घर जलेकाले उनको घर छाउनका लागि २० पाता जस्ता पनि सहयोग भयो । ब...
थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

काठमाडौँ, १८ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । नेपाल भ्रमणमा रहँदा उहाँले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले प्रधानसेनापति क्षत्रीसँग जङ्गीअड्डामा भेटवार्ता र पाँ...
बुद्ध जयन्तीको अवसरमा इस्लामावादमा निकालियो शान्ति पदयात्रा

बुद्ध जयन्तीको अवसरमा इस्लामावादमा निकालियो शान्ति पदयात्रा

काठमाडौँ, १८ वैशाख । पच्चीस सय ६२औँ बुद्धजयन्तीका अवसरमा सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ । कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । इस्लामावादको सबैभन्दा विशाल उद्यान फातिमा जिन्हा उद्यानमा आयोजित शान्ति पदयात्रामा पाकिस्तान...
नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, १८ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरेर २९ हजार ८ सय ७८ महिला र १७ हजार ७ सय ५ पुरुषको निःशुल्क उपचार गर...
दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु, दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु, दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

सोल, १८ वैशाख । दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ । उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो । दक्षिण कोरियाको सैनिक स्रोतलाई उद्धृतगर्दै दिइएको समाचारमा सीमा क्षेत्रबाट उक्त कार्यालय मङ्गलबार हटाइएको बताइएको छ । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा ...
मानसिक रोग परामर्शबाट निको हुन्छ

मानसिक रोग परामर्शबाट निको हुन्छ

काठमाडौँ, १८ वैशाख । मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले मानसिक रोगको अवस्था, रोकथाम र उपचारका विषयमा पत्रकारसँग गरेको अन्तक्र्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्यायले मानसिक रोगीलाई परामर्शबाटै निको पार्न सकिने बताउनुभएको हो । “मानसिक रोगीले औषधि खाएरमात्र हुँदैन”, उहाँले भन्नुभयो,...
राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नमूना गाउँ बनाउने

राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नमूना गाउँ बनाउने

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सातवटै प्रदेशमा एक–एक नमूना गाउँ बनाउने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताए । सो कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम छुट्याइने तयारी भएको छ । एउटा गाउँका युवालाई एकीकृत गरेर युवाका कार्यक्रम सञ्चालन गर्नका लागि नमूना गाउँ बनाउन थालिएको जानकारी दिए। “सरकारी, ...
आज १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

आज १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

काठमाडौं, १८ बैशाख ।  आज १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन लागिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठ...
अध्यक्ष प्रचण्डसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

अध्यक्ष प्रचण्डसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, १८ वैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यस...
इलाममा ७७ बर्षीया बृद्धालाई सामुहिक बलात्कार, बलात्कारपछि जिब्रो काटियो

इलाममा ७७ बर्षीया बृद्धालाई सामुहिक बलात्कार, बलात्कारपछि जिब्रो काटियो

इलाम, १८ बैशाख । इलाममा ७७ वर्षीया वृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् । रोङ गाउँपालिका–१ शान्तिपुरकी ७७ वर्षीया वृद्धा सामूहिक बलात्कारको शिकार भएकी हुन् । उनलाई आइतबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएका छन् । अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल...
भोजपुरमा १३ जना लेखापाल अभाव

भोजपुरमा १३ जना लेखापाल अभाव

भोजपुर, १८ वैशाख । भोजपुर जिल्लाभर १३ जना लेखापालको अभाव रहेको छ । स्थानीय सरकारको निर्माण भएपश्चात पहिलोपटक यति ठूलो संख्यामा लेखापाल अभाव देखिएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय, भोजपुरका अनुसार हाल जिल्लामा दरबन्दीभन्दा कम लेखापाल कार्यरत छन् । साल्पासिलिछो गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला मालपोत कार्यालयलगायत १३ कार्यालयमा लेखापाल अभाव रहेको ...
विद्युतीय मोटर प्रयोग गरी खानेपानी

विद्युतीय मोटर प्रयोग गरी खानेपानी

तेह्रथुम, १८ वैशाख । तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजलेका बासिन्दाको खानेपानी समस्यालाई समाधानका लागि डबल लिफ्ट प्रविधिको सफल परीक्षण गरिएको छ । जलजलेको चापाबोटे पँधेरे मुहानबाट दुईवटा विद्युतीय मोटरको प्रयोग गरी तलको पानी माथिल्लो भूभागमा तानेर वितरण गर्न थालिएको हो । मोटरको प्रयोगबाट सोमबार पानी तानिएको र अब ट्यांकीमा संकलन गरी आवश्यक खानेपानी वितरण शुरु गर्ने उपभोक्ता समितिले जनाएको छ । ग्...
ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर

ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर

रोल्पा, १८ वैशाख । श्रीमान्ले रेखदेख नगरेपछि नौवर्ष अघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन् । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम गरेबापत उनले दैनिक रु ४५० ज्याला पाउँछिन् । जोखिमपूर्ण शारीरिक श्रम गरेपनि उनलाई दैनिक ज्यालाबाहेक अन्य सुविधा केही छैन । ज्यालाको रकम दुई छोराछोरी पढाउने, डेरा भाडा तिर्ने तथा साँझ ब...
एउटा कुवाको भरमा दुईसय परिवार

एउटा कुवाको भरमा दुईसय परिवार

रामपुर, पाल्पा, १८ वैशाख। पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँझोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी उपभोग गर्दै आइरहेको वडा नं ४ का वडासदस्य तीर्थबहादुर रानाले बताउनुभयो ...
नक्कली फेसबुक खोलेर दुःख दिने पक्राउ

नक्कली फेसबुक खोलेर दुःख दिने पक्राउ

बनियानी, झापा, १७ वैशाख।  सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिइने आरोपमा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीलाई बिर्तामोडस्थित इलाम बस स्...
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

जनकपुरधाम, १८ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताउनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिनुभएको हो । उहाँले भारतीय प्रधानमन्त्री मोदीले ...
सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

सडक दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

विराटनगर, १८ वैशाख ।  मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–५ स्थित विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप एकापसमा ठक्कर खाँदा कारमा सवार झापाका ५० वर्षीय जयसिंह राजवंशी र मोरङको जहदा बस्ने ३६ वर्षीय विनोद साह सुनारको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरुको विराटनगरस्थित नोबेल...
२०७५ बैशाख १८ गते मंगलबार/आजको राशिफल

२०७५ बैशाख १८ गते मंगलबार/आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।   बृष (इ, उ, ए, ओ, ब...
हिलेमा यसरी मनाइयो बुद्ध जयन्ती (भिडियोसहित)

हिलेमा यसरी मनाइयो बुद्ध जयन्ती (भिडियोसहित)

हिले, १७ बैशाख । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार धनकुटाको हिले बजारमा बौद्ध शान्ति ऱ्याली निकालिएको छ । ऱ्यालीले हिले बजारका बिभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । बुद्ध जयन्तीकै अवसर पारेर सोमबार सिधुवा बजारमा पनि खुल्ला लोक नृत्य प्रतियोगिता गरिएको छ । धनकुटामा हरेक बर्ष बिभिन्न कार्यक्रम गरेर बुद्ध जयन्ती मनाइदै आएको छ । हिलेमा यसरी मनाइयो बुद्ध जयन्ती, भिडियो हेर्नुहोस्...
सिधुवामा खुल्ला लोक नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

सिधुवामा खुल्ला लोक नृत्य प्रतियोगिता (फोटो फिचरसहित)

सिधुवा, १७ बैशाख । २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर धनकुटाको सिधुवा बजारमा सोमबार खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिधुवा सिंहदेवी युथ क्लव प्रथम भएको छ । त्यस्तै महालक्ष्मीको फ्याफुल्ला तामाङ युवा क्लव दोस्रो र बसन्तपुर डान्स सेन्टर तृतिय भएका छन् । प्रतियोगितामा प्रथमले ७ हजार, द्वतियले ५ हजार र तृतियले ३ हजार नगदसहित ट्रफि र प्रमाणपत्र पाएका छन् । प्रतियोगिता...
केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

धनकुटा, १७ बैशाख । सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी ग...
शेयरमा लगानी गर्दैहुनुहुन्छ? सफलहुन यी कुरामा ध्यान दिनुहोस

शेयरमा लगानी गर्दैहुनुहुन्छ? सफलहुन यी कुरामा ध्यान दिनुहोस

थारै समयमा प्रशस्त पैसा कमाउने रहर कसलाई पो हुदैन । यदि तपाई पनि यस्तै पैसा कमाउने बिषयमा सोचिरहनु भएको छ भने तपाईका केहि सहि निर्णय तथा धैर्यताले त्यो गन्तब्य सम्म पुग्न सजिलो बन्न सक्छ । त्यसका तपाईले सोचे जस्तो ठूलै रकमबाट लगानी थाल्नुपर्छ भन्ने कुनै जरुरी हुँदैन । तपाई थोरै लगानीबाट नै सुरुवात गरेर समेत धनी बन्न सक्नुहुन्छ । तर, तपाईले सेयर बजारको केही आधारभूत नियमको बिषयमा भने पक्कै विशेष ...
मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगा उपाधि

मेस्सीको ह्याट्रिकसँगै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगा उपाधि

काठमाडौं, १७ वैशाख । स्टार फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मदतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । खेलको सातौं मिनेटमै बार्सिलोनाले कौटिन्होको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए । त्यसको तीन मिनेट पनि नबित्दै डोभोर्टिभोका लागि पेरेजले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकियो । दो...
छोरीको विहेमा सिंगो गाउँनै दाईजो !

छोरीको विहेमा सिंगो गाउँनै दाईजो !

गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो । गाउँखाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ । त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि प्रश्नको उत्तर दिने प्रचलन छ । गाउँखाने कथामा जस्तै पर्साको एउटा गाउँका बासिन्दाले वास्तविक जीवनमै एउटा गाउँ दिएका छन् । तर यहाँ गाउँखाने कथा सोध्नेलाई गाउँ दिइएको होइन, विवाहमा छोरी–ज्वाइँलाई गाउ...
error: Content is protected !!