सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

सर्पको डसाइबाट वडाध्यक्षको मृत्यु

विराटनगर, २४ जेठ।  मोरङमा बुधबार राति ११ बजे विषालु सर्पको डसाइबाट एक वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का वडाध्यक्ष ३५ वर्षीय बलिराम भगतको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ । उहाँ शौचका लागि घरबाट बाहिर निस्केपछि सर्पले डसेको थियो । गम्भीर अवस्थामा विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
चौविस लाखको सुन चाँदीसहित युवक पक्राउ

चौविस लाखको सुन चाँदीसहित युवक पक्राउ

गौशाला, २४ जेठ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेतले बताउनुभयो । गएराति करीब ८ ...
स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने

स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने

काठमाडौं, २४ जेठ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले देशभरका जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मन्त्रिपरिषद्बाट स्वीकृत भएको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन कार्यान्वयनका लागि न...
२०७५ जेठ २४ गते बिहिवार/आजको राशिफल

२०७५ जेठ २४ गते बिहिवार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ २४ गते। बिहीबार। इश्वी सन् २०१८ जुन ७ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– अष्टमी, ८:१२ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। मध्याह्नदेखि आम्दानीमा बाधा हुन...
सशस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा

सशस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा

धनकुटा, २४ जेठ । सखुवाको अवैध काठ तस्करी गर्न सशस्त्र प्रहरीका डिएसपीले सशस्त्रकै गाडी प्रयोग गरेको तथ्य फेला परेको छ । धनकुटाको मुलघाटमा सशस्त्र प्रहरीकै गाडीबाट सोमबारराति सखुवाको अवैध काठ बरामद भएपछि काठ तस्करीमा सुरक्षा निकायकै संलग्नता पुष्टि भएको हो । संखुवासभाको चैनपुरबाट सखुवाको अवैध काठ बिराटनगर लैजादै गर्दा चैनपुर स्थित सशस्त्र प्रहरीको अरुण गुल्मको बा.१ ग.१६६९ नम्बरको गाडी मुलघाटबाट ...
चर्चित क्रिकेटर सन्दीप लामिछाने गायक बने, सुन्नुहोस् (भिडियो सहित)

चर्चित क्रिकेटर सन्दीप लामिछाने गायक बने, सुन्नुहोस् (भिडियो सहित)

काठमाडौँ, २३ जेठ । सन्दीप लामिछाने क्रिकेटरमा मात्र सीमित रहेनन् । अब उनी गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् । उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् । विनोद तिमिल्सिनाले लेखेको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ । क्रिकेटर सन्दीपले संगीतलाई आफ्नो दोस्रो सौख बताउने गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मे...
प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

चितवन, २३ जेठ । दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर सौराहामा बुमामा राखिएको जनाउँदै सकेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ...
नुवाकोट ११ लाई पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश

नुवाकोट ११ लाई पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश

नुवाकोट, २३ जेठ । ‘प्रथम नुवाकोट गोल्ड कप’ आजको खेलमा आयोजक नुवाकोट ११ लाई पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारले भोलि हुने दोस्रो सेमिफाइनलका विजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्नेछ । सेमिफाइनलमा ललितपुरे क्लब थ्रीस्टारले आयोजक नुवाकोट–११ लाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको हो । बट्टार क्याम्पसको खेलमैदानमा सञ्चालन भएको पहिलो सेमिफाइनलमा थ्...
वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

काठमाडौँ, २३ जेठ । वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो । यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थ...
प्रतिव्यक्ति छ लाख ५० हजार ठगेको आरोपमा पक्राउ

प्रतिव्यक्ति छ लाख ५० हजार ठगेको आरोपमा पक्राउ

काठमाडौँ, २३ जेठ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गैरकानूनी रुपमा टर्की, इजिप्टलगायत मुलुक पठाउने व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले विभिन्न प्रलोभन पारेर गैरकानूनी रुपमा अष्ट्रेलिया र क्यानडासमेत जान मिल्ने भनी प्रतिव्यक्ति रु छ लाख ५० हजारका दरले ठगेर फरार चितवनका २९ वर्षीय निरञ्जन भट्टराईलाई मंगलबार भृकुटीमण्डपबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । भट्टराईले प्रतिमहीना...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता

काठमाडौँ, २३ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको आज बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन द...
प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समीकरण पूरा

प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समीकरण पूरा

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब र प्रदेश नं ५ ले सेमिफाइनलमा स्थान बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिस प्रदेश ५ लाई ७ विके...
फेवातालमा डुबेको दश दिनपछि शव फेला

फेवातालमा डुबेको दश दिनपछि शव फेला

पोखरा, २३ जेठ । फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफैँ डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव आज अपराह्न पोखरा १८ रातोडाँडा नजिक तालमा तैरिएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड...
पाइल्स भएर हैरान हुनुहुन्छ? प्रयोग गर्नुहोस् यस्ता प्राकृतिक औषधीहरु

पाइल्स भएर हैरान हुनुहुन्छ? प्रयोग गर्नुहोस् यस्ता प्राकृतिक औषधीहरु

घ्यु कुमारीको गुदी पाइल्स का रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्...
प्रधानसेनापति क्षत्री भारत भ्रमणमा

प्रधानसेनापति क्षत्री भारत भ्रमणमा

काठमाडौँ, २३ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतको छदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भारतीय सेनाका सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा उहाँ आज भारत प्रस्थान गर्नुभएको नेपाली सेनाले जनाएको छ । उहाँलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । भ्रमणमा रहँदा प्रधानसेनापति क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको एके...
जोरपाटीमा रक्तदान कार्यक्रम

जोरपाटीमा रक्तदान कार्यक्रम

धनकुटा, २३ जेठ । छथर जोरपाटी गाउँपालिकामा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । छथर जोरपाटी गाउँपालिका स्वास्थ्य शाखा र नेपाल बंगलादेश बैंकको आयोजनामा रक्तदान गरिएको हो । विश्व वातावरण दिवस तथा नेपाल बंगलादेश बैंकको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानबाट ९५ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुन्दरमान डंगोलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको सहयोग र रक्तसञ्चार सेवा केन्द्र धरानक...
चट्याङमा परेर दुईको मृत्यु, चार घाइते

चट्याङमा परेर दुईको मृत्यु, चार घाइते

हेटौँडा, २३ जेठ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–९ मा गएराति परेको चट्याङका कारण एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला ब्लोन, निमेष ब्लोन, निश्मा ब्लोन र रञ्जु थिङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

काठमाडौँ, २३ जेठ । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाइएको हो । मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्त...
काङ्ग्रेसबाट पाण्डे राष्ट्रिय सभामा दलको नेता मनोनीत

काङ्ग्रेसबाट पाण्डे राष्ट्रिय सभामा दलको नेता मनोनीत

काठमाडौँ, २३ जेठ । राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन हुनुभएको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो । पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उहाँलाई मनोनयन गरिएको काँगे्रसका मुख्य सचेतक बालकृष्ण खाणले जा...
२ अर्ब लगानीमा गोसाईंकुण्डमा केबलकार निर्माण हुने

२ अर्ब लगानीमा गोसाईंकुण्डमा केबलकार निर्माण हुने

रसुवा, २३ जेठ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्...
श्रीमतीलाई छिट्टै आउने आस देखाएका गायक अमर जिसी फर्किए बाकसमा

श्रीमतीलाई छिट्टै आउने आस देखाएका गायक अमर जिसी फर्किए बाकसमा

गुल्मी, २३ जेठ । श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित  सिंगो शोकमग्न बन्यो । धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको  ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो ।  ‘मृत्यु...
मोदीको भ्रमणपछि पोखरामा भारतीय पर्यटक बढे

मोदीको भ्रमणपछि पोखरामा भारतीय पर्यटक बढे

पोखरा, २३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका तीर्थस्थलको दर्शनका लागि आउने क्रम वृद्धि भएको छ । पछिल्लो समयमा पोखरा आउने भारतीय पर्यटकको संख्या उत्साहजनक रुपमा बढेको छ । “मोदीको मुक्तिनाथ र जनकपुर भ्रम...
कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

विराटनगर, २३ जेठ । महानगरपालिकाले कोशी अञ्चल अस्पतालको समन्वयमा अस्पताल सुधार अभियान सञ्चालन गरेको छ । अस्पताल प्रशासनसँगको समन्वयमा बच्चा वार्ड, फोहरमैला व्यवस्थानका साथै भौतिक संरचना सुधारका लागि तत्काल सुधार अभियान सञ्चालन गरिने भएको हो । महानगरले अस्पतालको आसपासको क्षेत्रमा आज पनि सरसफाइ अभियान सञ्चालन गरेको छ । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले अस्पताललाई क्रमशः सुधार गरिँदै लगिने बत...
सुनकाण्डमा माछा मार्ने क्रम जारी छ, ठूला माछा पनि पर्छन् : गृहमन्त्री

सुनकाण्डमा माछा मार्ने क्रम जारी छ, ठूला माछा पनि पर्छन् : गृहमन्त्री

काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सुनकाण्डमा माछा मार्ने क्रम जारी रहेको बताएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एक पछि अर्को पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको बताएका हुन् । ‘माछा मार्न क्रम जारी छ । साना र मझौला माछा परेका छन्’ उनले भने ‘अनु्सन्धान जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’ गृ...
३१ लाख ८० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

३१ लाख ८० हजार भारतीय रुपैयाँसहित २ जना पक्राउ

पर्सा, २३ जेठ ।  भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो । वीरगञ्जको रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुबै जनालाई मंगलबार बेलुका प्रह...
सुलीबाट बिजुली

सुलीबाट बिजुली

स्याङ्जा, भालुडाँडा, २३ जेठ । कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलस...
सरकारी अस्पतालमा निजी फार्मेसी खोल्न नदिन सर्वोच्चको परमादेश

सरकारी अस्पतालमा निजी फार्मेसी खोल्न नदिन सर्वोच्चको परमादेश

काठमाडौँ, २३ जेठ । सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ। सरकारी अस्पताल आफैँले फार्मेसी सञ्चालन गर्न सर्वोच्चको आदेशमा उल्लेख छ। नि:शुल्क गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट निस्शुल्क वितरण गर्ने व्यवस्था गर्न पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ।२०७२ सालमा वीर अस्पतालले फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो। अ...
कतार संकटको एक वर्ष, कतारका विदेशमन्त्रीद्वारा वार्ताका लागि आह्वान

कतार संकटको एक वर्ष, कतारका विदेशमन्त्रीद्वारा वार्ताका लागि आह्वान

दोहा, २३ जेठ । कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताउनुभएको छ । कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ । गत वर्षको जुन ५ देखि सुरु भएक...
बिद्यालय छुट्टी भएर घर जाँदै गरेको विद्यार्थी माथि छुरा प्रहार

बिद्यालय छुट्टी भएर घर जाँदै गरेको विद्यार्थी माथि छुरा प्रहार

सर्लाही,  २३ जेठ । सर्लाहीको बयलबासमा रहेको नारायण माध्यमिक विधालयमा अध्यनरत एक विद्यार्थी माथि आज छुरा प्रहार भएको छ । विधालयको कक्षा ९ मा अध्यनरत इश्वरपुर नगरपालिका ५ सखुवनी निवासी कमल गोले माथि धारिलो हतियार छुरा प्रहार भएको विधालयलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार विधालयको छुट्टी भएर घर जाने बेलामा विधालयको कम्पाउण्ड भन्दा बाहिर गोले माथि छुरा प्रहार भएको थि...
उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल एम्बुलेन्सविहीन

उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल एम्बुलेन्सविहीन

भक्तपुर, २३ जेठ । स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो । वीर अस्पतालपछि ११५ वर्षअघि स्थापना भएको भक्तपुर अस्पतालले केन्द्रीय अस्पतालको मान्यता पाए पनि एम्बुलेन्स सेवा भने उपलब्ध गराउन सकेको छैन । भक्तपुर अस्पतालमा विगतमा एम्बुलेन्स सेवा उपलब्ध थियो । अस्पतालमा भएको एम्बुलेन्स नेपाल...
सुनको भाउ बढ्यो, तोलाको कति ?

सुनको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौँ, २३ जेठ । बुधबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । सुन प्रति तोला ५८ हजार  एक सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ८०० रुपैयाँ छ । यस्तै चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो कारोबारमा ७६० रुपैयाँ प्रतितोला थियो ।
error: Content is protected !!