पोखरा, २३ जेठ । फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् ।

Advertisement

यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफैँ डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव आज अपराह्न पोखरा १८ रातोडाँडा नजिक तालमा तैरिएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार डुबेकै दिनदेखि गोताखेरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोलीले खोजी कार्य जारी राखेपनि फेवातालको शिरतर्फ गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने बताइएको छ ।

लामाको शव परीक्षण गरी आजै आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!