गुल्मी, २३ जेठ । श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित  सिंगो शोकमग्न बन्यो ।

Advertisement

धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको  ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो ।  ‘मृत्यु हुनु दुई साताअघि मात्रै उनले  स्वास्थ्य ठीक हुँदै गएकाले छिट्टै फर्कने बताएका थिए’, श्रीमती सरस्वता घर्तीले भक्कानिदै बताइन् ।

लोकगायनका साथै अमर मोडलिङ्ग क्षेत्रमा समेत सक्रिय रहेका थिए । कमाएर सांगितिक क्षेत्रमा स्थापित हुन कै लागि उनी वैदेशिक रोजगारमा गएको बताइएको छ ।

उनले अन्तिम एल्वमको नाम नै ‘अन्तिम सम्झना’ राखेका थिए । दुर्भाग्य, उनको वास्तविक जीवनमा नै त्यस्तै भयो ।

जिसीले मृत्युको अघिल्लो दिन पनि श्रीमतीलाई  ‘भ्वाईस म्यासेज मार्फत मलाई ठिक भइसक्यो, भोलि आँखाको अप्रेशन गर्न डाक्टरले बोलाएका छन्, केहि पिर नगुर्न’ भन्दै सन्तवाना दिएका थिए ।

छोरा छोरीलाई कुनै कुरामा दुख नदिनु, तिमीले पनि धेरै दुख नकाट्नु, पैसा पठाइहाल्छु र धेरै बस्दिन अव छिट्टै आउँछु भन्दै श्रीमतिलाई मिठा सपना देखाउँदै आएका जिसीको ४३ दिन अघिको पछिल्लो १२ घण्टा पछि सधैका लागि फोन स्वीचअफ भयो ।

मृत्युको अघिल्लो दिन साँझसम्म फेसवुक लाईभमा उनले  गीत समेत आफ्ना दर्शक श्रोतालाई छाडेर गएका छन् । जिसी अमर कसैको आँखामा नबिझाउने मिलनसार थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!