काठमाडौँ, २३ जेठ । सन्दीप लामिछाने क्रिकेटरमा मात्र सीमित रहेनन् । अब उनी गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत यूट्यूवमा रिलिज गरेका छन् ।

Advertisement

उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका हुन् । विनोद तिमिल्सिनाले लेखेको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ ।

क्रिकेटर सन्दीपले संगीतलाई आफ्नो दोस्रो सौख बताउने गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

सन्दीपले गाएको गीत रोमान्टिक र मेलोडियस छ । उनको स्वर प्रोफेसनल गायकको भन्दा कम सुनिँदैन ।

हेर्नुस् भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!