सर्लाही,  २३ जेठ । सर्लाहीको बयलबासमा रहेको नारायण माध्यमिक विधालयमा अध्यनरत एक विद्यार्थी माथि आज छुरा प्रहार भएको छ ।

Advertisement

विधालयको कक्षा ९ मा अध्यनरत इश्वरपुर नगरपालिका ५ सखुवनी निवासी कमल गोले माथि धारिलो हतियार छुरा प्रहार भएको विधालयलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार विधालयको छुट्टी भएर घर जाने बेलामा विधालयको कम्पाउण्ड भन्दा बाहिर गोले माथि छुरा प्रहार भएको थियो। गोलेको कोंखामा छुरा प्रहार भएको छ ।छुरा प्रहार बाट घाइते भएका गोलेको अहिले बिरगंजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

चिकित्सकका अनुसार गोलेको कोंखामा तीन पटक सम्म छुरा प्रहार गरिएको छ । घाइते भए लगत्तै उनलाई बयलबासमा प्राथमिक उपचार गराई थप उपचारका लागि बिरगंज रेफर गरिएको हो ।

गोले माथि छुरा किन प्रहार गरिएको हो भन्ने कारण खुलेको छैन । छुरा प्रहार गरेको आशंकामा तिनजना लाई इलाका प्रहरी कार्यालय केशरजंगले नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम् डिएसपी राजेश थापाले जानकारी दिनुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!