हराएको एक लाख ५५ हजार फेला पारेर सम्बन्धित धनीलाई प्रदान

हराएको एक लाख ५५ हजार फेला पारेर सम्बन्धित धनीलाई प्रदान

काठमाडौँ, ९ असार । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको रु एक लाख ५५ हजार भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ । प्रभागले आज दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो । उक्त रकम प्रभागका प्रमुख मोहनबिक्रम केसीले नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङलाई प्रदान गर्नुभयो ।
ट्युनिसिया माथि बेल्जियमको फराकिलो जित

ट्युनिसिया माथि बेल्जियमको फराकिलो जित

काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलको समूह डीको भर्खरै सम्पन्न खेलमा बेल्जियमले ट्युनिसिया विरुद्ध ५–२ गोल अन्तरको फराकिलो  जित  हात पारेको छ ।  खेलको छैटौँ मिनेटमा पाएको पेनाल्टी देखि अग्रता लिएको बेल्जियमले ट्युनिसिया विरुद्ध खेलको ९० औँ मिनेटसम्म ५ गोल गर्याे । बेल्जियमको तर्फबाट ह्याजार्डले छैटौँ मिनेटको पेनाल्टी र ५१ औँ मिनेटमा गरी दुई गोल गर्न भ्याए भने अर्का खेलाडी लुकाकुले खेल...
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

काठमाडौं, ९ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल सार्वजनिक गरेको हो । गत चैत पहिलो साता लिईएको एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिएको छ । नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४...
एसईईको नतिजा सार्वजनिक गर्न अन्तिम तयारी, केहीबेरमा नतिजा सार्वजनिक हुँने

एसईईको नतिजा सार्वजनिक गर्न अन्तिम तयारी, केहीबेरमा नतिजा सार्वजनिक हुँने

काठमाडौँ, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरमा सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले केहीबेरमा नतिजा सार्वजनिक हुने जानकारी दिए। उनका अनुसारनतिजा प्रकाशनका लागि बोर्ड बैठक बसिरहेको छ। गतवर्षकाे एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभ...
धनकुटाका २४ परिवार पहिरोको उच्च जोखिममा, पहिरोका कारण सडक अवरुद्ध हुँदा सास्ती

धनकुटाका २४ परिवार पहिरोको उच्च जोखिममा, पहिरोका कारण सडक अवरुद्ध हुँदा सास्ती

साँगुरीगढी, ९ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेटोलका २४ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । बर्षाका कारण गाउँमा गएको पहिरो बस्ती तर्फ बढ्दै गएपछि गाउँनै जोखिममा परेको हो । दैनिकजसो भईरहेको बर्षाका कारण पहिरो खस्दै गाउँ तिर बढेपछि पहिरोले बस्ती बगाउँने त्रास बढेको स्थानीय थाम्के राईले संगालोखबरलाई जानकारी दिए । पहिरोले आफ्नो करिब दुुुई रोपनी जग्गासमेत बगाएको राईले गुनासो सुनाए । ...
चतराको जेटबोट अव तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने

चतराको जेटबोट अव तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने

गाईघाट, उदयपुर, ९ असार । सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक कविनकुमार राईले बताउनुभयो । राई...
आज ल्हासामा यस्ता छन् प्रधानमन्त्री ओलीको कार्यक्रम

आज ल्हासामा यस्ता छन् प्रधानमन्त्री ओलीको कार्यक्रम

काठमाडौँ, ९ असार । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार तिब्बत पुगेका छन् । प्रधानमन्त्री ओली बेइजिङबाट तिब्बतको ल्हासा पुगेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार ल्हासामा रहेका नेपालीसँग अन्तरक्रिया गरे । साथै सरकार प्रमुख छी चालासँग शिष्टाचार भेट समेत गरे । बिहान : बिहान प्रधानमन्त्री ओलीले तिब्बतका दुई धार्मिक स्थलको अवलोकन गर्नेछन् । सुरुमा प्रसिद्ध मन्दिर पोतला दरबार घु...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

सुरुङ्गा, झापा, ९ असार । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित ब...
प्रदर्शनमा ह्रास आउने भन्दै खेलाडीलाई यौन सम्पर्क गर्न छुट

प्रदर्शनमा ह्रास आउने भन्दै खेलाडीलाई यौन सम्पर्क गर्न छुट

काठमाडौँ, ९ असार । सन् २०१० को विश्वकप फुटबल प्रतियोगितामा इंग्लिस टोलीका प्रशिक्षक कापेलोले प्रदर्शनमा ह्रास आउन सक्ने जनाउँदै खेलाडीलाई यौन सम्पर्क गर्न प्रतिबन्ध लगाएका थिए । अझ दक्षिण अफ्रिका भ्रमणका क्रममा खेलाडीले आफूसाथ श्रीमती वा प्रेमिका ल्याउन नपाउनेसमेत घोषणा कापेलोले गरेका थिए । उनको योजना खासै सफल भएन । इंग्ल्यान्ड विश्वकपबाटै बाहिरियो ।यो एउटा उदाहरण मात्र हो । विश्वकप आउँदा खेला...
गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

भक्तपुर, ९ असार । गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले मोरङ कानेपोखरी गाउँपालिका वडा नं १ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई थुनामा पठाएको हो । गत वैशाख १० गते भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रे...
आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल

आयुर्वेद विश्वविद्यालय भोजपुरमा खोल्न पहल

काठमाडौँ, ९ असार । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने भोजपुरको मझुवाबेँसीमा जन्मनुभएकी योगमाया न्यौपानेको नाममा विदूषी योगमाया आयुर्वेद विश्वविद्यालय भोजपुरमा स्थापना गर्ने सन्दर्भमा शुक्रबार यहाँ एक छलफल कार्यक्रमको आयोजना गरियो । भोजपुरे सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा वक्ताहरुले भोजपुरमै जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह ...
‘मुसा’ को उत्कृष्ट प्रदर्शनले आइसल्याण्ड विरुद्ध नाइजेरियाको शानदार जित, अर्जेन्टिनालाई कति राहत ?

‘मुसा’ को उत्कृष्ट प्रदर्शनले आइसल्याण्ड विरुद्ध नाइजेरियाको शानदार जित, अर्जेन्टिनालाई कति राहत ?

काठमाडौँ, ९ असार । रसियामा जारी विश्वकप फुटबलको समूह डि को दोस्रो चरणको खेलमा आइसल्याण्ड विरुद्ध नाइजेरियाले जित हाँसिल गरेको छ । निर्धारित समयको खेलमा नाइजेरियाले आइसल्यान्डलाई २–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो । नाइजेरियाका लागि दुबै गोल मुसाले गरेका हुन् । उनले खेलको ४९ र ७५ मिनेटमा गोल गरेका हुन् । भोल्गोग्राड एरेनामा नेपाली समयअनुसार बेलुकी ८ः ४५ बजेबाट भएको थियो । पह...
खुला ठाउँमा यौनकार्य गरे एक बर्ष कैद

खुला ठाउँमा यौनकार्य गरे एक बर्ष कैद

काठमाडौँ, ९ असार । सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ । 'कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन' भनिएको छ । यसो गरे १ बर्षसम्म कैद वा १० हजार रु...
२०७५ असार ९ गते शनिबार/आजको राशिफल

२०७५ असार ९ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल असार ९ गते। शनिबार। इश्वी सन् २०१८ जुन २३ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– दशमी, ६:१५ बजेउप्रान्त एकादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रमाइलो यात्रा, घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु ...
स्थानीय सरकारलाई डा.कटुवालले दिए १६ वुँदे सुझाव

स्थानीय सरकारलाई डा.कटुवालले दिए १६ वुँदे सुझाव

धनकुटा, ८ असार । धनकुटाको भावना होमियो अस्पतालका सञ्चालक डा.खगेन्द्र कटुवालले स्थानीय सरकारलाई मार्गनिर्देशका लागि भन्दै १६ वुँदे सुझाव दिएका छन् । धनकुटा सदरमुकाममा पत्रकार भेटघाट कार्यक्रम गरी डा.कटुवालले अल्पकालिन रुपमा गर्न सकिने नौ र दीर्घकालिन रुपमा गर्न उपयुक्त हुने सात सुझाव दिएका हुन् । जनताको रगत र पसिनाबाट प्राप्त भएको उपलब्धिलाई सस्थागत गराउँन नागरिक स्तरबाट स्थानीय सरकारलाई सल्लाह...
स्वेताले घुमाउरो भाषामा लेखिन् ‘सरकार, रबि लामिछानेलाई खुल्ला मञ्चमा फाँसी दिईयोस्’

स्वेताले घुमाउरो भाषामा लेखिन् ‘सरकार, रबि लामिछानेलाई खुल्ला मञ्चमा फाँसी दिईयोस्’

धनकुटा, ८ असार । केहि दिनयता विवाद र चर्चामा रहेका पत्रकार रबि लामिछानेका बिषयमा बिभिन्न टिप्पणीहरु भईरहेका छन् । टेलिभिजन कार्यक्रम मार्फत जनताको चासो, गुनासो र सरोकारका बिषय उठाएर लोकप्रियता कमाएका लामिछानेलाई जेल हाल्ने भन्ने चर्चा भएपछि त्यसको सर्वत्र बिरोध भयो । अहिले उनको समर्थनले सामाजिक सञ्जाल रंगिएको छ । लामिछाने यसअघि अमेरिकी नागरिक भएको चर्चा भएपछि कतिपयले उनी प्रति असन्तुष्टि पनि जन...
नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

ल्हासा, चीन, ८ असार । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली आज ल्हासा आइपुग्नुभएको हो । नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार...
मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ, पौने चार करोड धरौटी बुझाउन नसक्दा जेल चलान

मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ, पौने चार करोड धरौटी बुझाउन नसक्दा जेल चलान

वीरगञ्ज, ८ असार । राजश्व अनुसन्धान विभाग काठमाडौँले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताउनुभयो । उहाँलाई हाल नख्खु जेलमा राखिएको छ । दुई सातायता, राजश्व विभागले थालेको मरिच तस्करी काण्डको प्राम्भिक अनुस...
नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयो

काठमाडौँ, ८ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासाका सम्बन्धमा उहाँले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाइएको जानकारी सदनलाई दिनुभयो । ...
साउदीका महिलाले आइतबारबाट आफै सवारी चलाउन पाउने

साउदीका महिलाले आइतबारबाट आफै सवारी चलाउन पाउने

रियाद, ८ असार ।  साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गर्नुभएको हो । महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको त्यहाँको सरकारी समाचा...
चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिने टोलीलाई बिदाइ

चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिने टोलीलाई बिदाइ

काठमाडौँ, ८ असार । चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ । चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई आज नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गर्नुभयो । उक्त प्रतियोगितामा नेपालबाट पर्यटन विभागका उपमहानिर्देशक पोषनाथ...
कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने

कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने

म्याग्दी, ८ असार । म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएक...
संखुवासभाका मृगौलापीडित जिमीलाई जापानबाट आर्थिक सहयोग

संखुवासभाका मृगौलापीडित जिमीलाई जापानबाट आर्थिक सहयोग

संखुवासभा, ८ असार । पूर्वी नेपालबाट जापान पुगेका नेपालीहरुको संस्था ‘पुर्वी नेपाल विकास सहकार्य केन्द्र’ ले संखुवासभाका मृगौलापीडित सन्देश जिमीलाई आर्थिक सहयोग गरेको छ । दुवै मृगौला काम नलाग्ने भई उपचार गराईरहेका धर्मदेवी नगरपालिका–६ होम्बोङका जिमीलाई केन्द्रले ७० हजार संकलन गरी हस्तान्तरण गरेको हो । भक्तपुर, निकोसेरास्थित बिरामी जिमीको डेरामा पुगेर संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमले सहय...
ठूला क्षमताका सौर्य प्रणालीलाई ग्रिडमा जडान गर्न जनशक्ति तयार गर्नुपर्नेमा जोड

ठूला क्षमताका सौर्य प्रणालीलाई ग्रिडमा जडान गर्न जनशक्ति तयार गर्नुपर्नेमा जोड

ललितपुर, ८ असार । सरकारले पाँच वर्षभित्र ५०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा त्यसका लागि दक्ष जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइएको छ । ठूला क्षमताका सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि स्वदेशमै दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यले सञ्चालित तालीम समापनका अवसरमा सहभागी विज्ञहरुले विश्वका विकसित तथा विकाशोन्मुख देशमा ऊर्जाको मुख्य स्रोतको रुपमा ठूला क्षमताका सौर्य ऊर्...
बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

बस दुर्घटनामा नौ घाइते, सातको अवस्था गम्भीर

रुकुम, ८ असार । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आज बिहान भएको बस दुर्घटनामा नौजना घाइते भएका छन । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सदरमुकाम रुकुमकोटबाट दाङको तुलसीपुर जान छुटेको ना५ख ४०१२ नंको बस दुर्घटना भएको हो । सिस्ने गाउँपालिका –५ रुकुमकोटमा भएको दुर्घटनामा एक, बाँके डुडुवा गाउँपालिका–५ की २५ वर्षीय समुद्रा ऐरी, रोल्पा लिबाङ–४ का ३० वर्षीय दिलीपकुमार पुन...
एक वर्षभित्र स्वास्थ्य बीमा ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य

एक वर्षभित्र स्वास्थ्य बीमा ७७ वटै जिल्लामा पुर्याउने लक्ष्य

काठमाडौँ, ८ असार । पहिलो पटक कैलाली, बाग्लुङ र इलाममा नमूनाका रुपमा शुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ३३ वटा जिल्लामा सञ्चालनमा रहेको छ । सरकारले बितेका आर्थिक वर्ष २०७३/०७४ को बजेटमा आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गर्ने लक्ष्यसहित राष्ट्रिय स्वास्थ्य बीमा योजना सञ्चालनमा ल्याउने घोषणा बमोजिम अहिले ३३ जिल्लामा यो कार्यक्रम लागू भइसकेको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा...
महाभारतका १० लभ स्टोरी जसले इतिहासलाई प्रभाव पारे

महाभारतका १० लभ स्टोरी जसले इतिहासलाई प्रभाव पारे

महाभारत विचित्र छ । विशेष गरी यसका पात्रहरूको जटिलता गजब छ । यहाँ छ बहुपत्नी प्रथाका साथै बहुपति प्रथा पनि । कतै कसैको हरण भइरहेको पाइन्छ भने कतै कसैमाथि जबर्जस्ती वा जबर्जस्तीको प्रयास भइरहेको पनि छ । यति हुँदाहुँदै पनि महाभारतमा प्रेमका अचम्मलाग्दा थुप्रै प्रसंग छन् जसमध्ये १० वटाको चर्चा यहाँ गरिएको छ । यी दस प्रसंग त्यस्ता छन् जसका कारण महाभारतको कथानकमा महत्वपूर्ण मोड आएको छ, तात्कालिक सामा...
नेपाल–चीन संयुक्त वक्तव्य: ‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

नेपाल–चीन संयुक्त वक्तव्य: ‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

बेइजिङ, ८ असार । नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक चीन भ्रमणका क्रममा दुई पक्षबीचको औपचारिक वार्ता र सम्झौतामा हस्ताक्षरपछि जारी संयुक्त १४ बुँदे वक्तव्यमा उक्त सम्झौताप्रति दुवैले खुशी व्यक्त गर्दै रेलमार्ग सम्पर्क सञ्जालले दुई देशको सिमापार...
कोस्टारिकाविरुद्ध पहिलो जितको खोजीमा ब्राजिल ,नाइजेरिया र आइसल्याण्ड इतिहास लेख्ने प्रयासमा

कोस्टारिकाविरुद्ध पहिलो जितको खोजीमा ब्राजिल ,नाइजेरिया र आइसल्याण्ड इतिहास लेख्ने प्रयासमा

काठमाडौँ, ८ असार । रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा शुक्रबार (आज) ३ खेलहरू हुँदैछन्। समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह इ मा रहेका ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ५ः४५ बाट सुरु हुनेछ। ब्राजिल भर्सेस कोस्टारिका समुह ई अन्तरगत अंक तालिकाको दोस्रो स्थानमा रहेको ब्राजिलले आज दोस्रो खेलमा कोस्टा...
मेस्सीलाई अरुले साथ नै दिएनन् : प्रशिक्षक साम्पाओली

मेस्सीलाई अरुले साथ नै दिएनन् : प्रशिक्षक साम्पाओली

अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले टोलीका अन्य खेलाडीका कारण लियोनेल मेस्सीले सन् २०१८ को विश्वकपमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको बताएका छन् । सम्भवतः आफ्नो करियरको अन्तिम विश्वकप खेलिरहेका मेस्सीले क्रोएसियासँग ३–० को लज्जास्पद हार बेहोर्ने क्रममा कुनै प्रभाव पार्न सकेनन् । यद्यपि, साम्पाओली भने यसमा मेस्सीको कुनै दोष देख्दैनन्, बरु मेस्सीबाहेक टोलीका अन्य सदस्यको गल्ती औँल्याउँछन् । ...
आठ बर्षिय बालकको पेटबाट निकालियो ७ सय ग्राम जुका

आठ बर्षिय बालकको पेटबाट निकालियो ७ सय ग्राम जुका

ओखलढुंगा, ८ असार ।  ओखलढुंगामा आठ बर्षिय बालकको पेटबाट ७ सय ग्राम बढी जुका निकालिएको छ । चिसंखुगढी गाउँपालिका ६ भदौरेका झनमाया राना मगरका ८ बर्षिय छोरा मदन मगरको पेटबाट शल्यक्रिया मार्फत जुका निकालिएको हो । लामो समयदेखी बिरामी परेका मगरलाई सामुदायीक अस्पताल मिसनमा भर्ना गरिएको थियो । चिकित्सकहरुको दुई घन्टा सम्मको प्रयासपछि जुका निकाल्न सफल भएको अस्पताल स्रोतले जनाएको छ । जुकाकै कारण बालकको स्व...
error: Content is protected !!