- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं, ९ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल सार्वजनिक गरेको हो ।

Advertisement

गत चैत पहिलो साता लिईएको एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिएको छ ।

नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

यता जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए ।

कसरी थाहा पाउने नतिजा ?

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!