- संगालोखबर सम्वाददाता

धनकुटा, ८ असार । केहि दिनयता विवाद र चर्चामा रहेका पत्रकार रबि लामिछानेका बिषयमा बिभिन्न टिप्पणीहरु भईरहेका छन् । टेलिभिजन कार्यक्रम मार्फत जनताको चासो, गुनासो र सरोकारका बिषय उठाएर लोकप्रियता कमाएका लामिछानेलाई जेल हाल्ने भन्ने चर्चा भएपछि त्यसको सर्वत्र बिरोध भयो ।

Advertisement

अहिले उनको समर्थनले सामाजिक सञ्जाल रंगिएको छ । लामिछाने यसअघि अमेरिकी नागरिक भएको चर्चा भएपछि कतिपयले उनी प्रति असन्तुष्टि पनि जनाएका छन् । तर, उनको बिरोधमा भन्दा समर्थनले सामाजिक संजाललाई तताईरहेको छ ।

यहि अवस्थामा सामान्य नागरिकदेखि चर्चित ब्यक्तिले पनि आ–आफ्नो अभिब्यक्ति सार्वजनिक गर्ने क्रम बढेको छ ।

कलाकारितासँगै सामाजिक काम गरेर चर्चा कमाएका धुर्मस–सुन्तली, कलाकार दिपकराज गिरी, नायिक स्वेता खड्का लगायतले पनि पत्रकार लामिछानेको समर्थन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

नायिका खड्काको घुमाउरो भाषा नबुझ्दा रबि समर्थकको आक्रोस

यता नायिका स्वेता खड्काले पनि सामाजिक सञ्जाल फेसवुकमा लामिछानेको समर्थन गर्दै घुमाउँरो भाषामा स्टाटस लेखिन् ।

राम्रो काम गर्नेलाई पछि पार्न खोज्ने परिपाटीको बिरोधमा उनले स्टाटस लेखेकी छन् । तर, घुमाउरो भाषामा लेखिएको स्टाटस नबुझ्दा अहिले उनलाई उल्टै गाली गरेर कमेन्ट आउँने क्रम पनि बढिरहेको छ ।

यस्तो छ नायिका खड्काको स्टाटस..

(सरकार, रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर फाँसी दिईओस

अमेरिकन पासपोर्टधारी रबी लामिछाने यतेखेर सामाजिक संजालमा बहसको एउटा पात्र बनेका छन । उनको बिपक्षमा भन्दा पनि पक्षमा बोल्नेहरु जमातनै धेरै देखिन्छ । म पनि उनको पक्षमा भन्दा पनि बिपक्षमा बोल्नेहरुको सानो जमातसंगै लोलीमा लोली मिलाउँदै आफ्ना केही ब्यक्तिगत धारणाहरु प्रस्तुत गर्ने जमर्कोमा छु ।

फेसबुकको भित्तोमा लाइभ कार्यक्रम मार्फत आम-जनतासंग जोडीएर समसामयीक बिसयको बारेमा जानकारी दिने बहानामा ‘हिरोइज्म’ प्रदर्शन गरिरहेका र न्युज २४ मार्फत ‘जनतासंग सिधा कुरा’ नामक कार्यक्रम मार्फत टेलिभिजन कार्यक्रम समेत चलाऊंदै गैर्‍हकानुनी पत्रकारिता गरिरहेका रबी लामिछानेलाई शायदै नचिन्ने, नसुन्ने र र नदेख्ने कमै होलान ।

शायद देशका प्रधानमन्त्री को नाम नसुन्ने धेरै भेटिएलान तर रबी लामिछानेको नाम नसुन्ने बिरलै पाइएलान । अत: अमेरिकी पासपोर्टधारी भनिएका यी रबी लामीछानेलाई यत्तिखेर कानुनी संकटले घेर्न थालेको छ । प्रेस पास समेत नलिई नातेदार भिशामा नेपाल छिरेका रबी लामिछाने, सम्भवत देशबाटै लखेटिने अवस्थामा पुगेका छन वा पुग्न लागेका छन ।

म उनलाई देशबाट लखेट्ने पक्षको घनघोर बिरोध गर्छु, किनकी उनले गैर्‍हकानुनी रुपमा हाम्रो देशमा छिरेर उदण्ड मच्चाएका छन । धेरै जना नेपालीहरुको भोक,प्यास र निन्द्रा खल्बल्याएका छन । अनी हाम्रो शान्ती, अमन र चयनमा खलल पुर्‍याएका छन । त्यसैले म त उनलाई देश निकाला गर्नु भन्दा पनि फाँसीनै दिनु पर्छ भन्ने मन्यता राख्दछु र सरकार समक्ष रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर हामी आमजनताको सामु खुल्लेयाम फाँसी दिन हुन जोडदार माग गर्दछु । मेरो यो माग जायज हो कि होइन त्यो त मलाई थाहा छैन तर निज रबी लामिछानेले गरेका गैर्‍ह कानुनी कार्यको फेहरिस्त हेर्ने हो भने मलाई लाग्छ उनलाई फाँसी को सँजाय पनि कमनै हुन्छ कि ? किनकी यिनले गर्नै नहुने धेरै कार्यहरु गरेका छन ।

रबी लामिछानेले अहिलेसम्म जे जे गरे ति सबै कृयाकलापहरु समाजबोरिधी छन । जुन देशको महान संस्कारनै ‘भ्रस्टाचार’ हो, त्यही संस्कारलाई भात्काउन खोज्ने रबी लामिछाने ‘महापापी’ हुन । जुन देश ‘अनियमितता’ को श्रीङ्गारमा आफ्नो खोक्रो सुन्दरता देखाई रहेको हुन्छ त्यही श्रीङ्गारलाई लत्पत्याएर कुरुप बनाउन खोज्ने रबी लामिछाने एक ‘अपराधी’ हुन ।

मानव बेचबिखनलाई आफ्नो पेशा बनाएर जसोतसो जीवन यापन गरिरहेका मेहनती तस्करिहरुको पेशानै धरापमा पार्न खोज्ने रबी लामिछाने ‘शोषकी’ हुन । बिदेशमा बेचिन पुगेका नेपाली चेलीहरुको आँशुलाई टेलीभिजनको पर्दामा देखाएर उनिहरुको उद्दार गर्नखोज्ने रबी लामिछाने ‘प्रेश पास’ समेत नलिने ‘पित पत्रकार’ हुन ।

आर्काको घरमा पसेर ‘ घरेलु हिंशा’को खोजखबर लिने अधिकार उनलाई कस्ले दियो ? बिना स्विक्रिती सरकारी कार्यालयहरुमा प्रवेश गरेर घुम्ने मेच माथि मस्त निदाई रहेका हाकिमहरुको निद्रा खल्बल्याउने रबी लामिछाने ‘मानव अधिकार’ बिरोधी हुन । देशको सिमानामा पुगेर हराएका र चोरि भएका स्थम्भहरु खोज्ने रबी लामिछाने ‘ देश द्रोही’ हुन । उनी असामाजिक तत्व हुन, जस्ले अन्याय र अत्याचार सहेर मौन बसेको हाम्रो समाजमा आफ्ना ‘कटु’ शब्दहरु मार्फत होहल्ला मच्चाई रहेकाछन ।

यिनी किन देश फिरे र किन हाम्रो भिडमा छिरे ? यिनलाई किन अमेरिकाको स्वच्छ हावा नपचेको र यहाँ को प्रदुशित हावामा श्वास लिन आएको ? यिनी अत्याधुनिक टेक्नोलोजीको सहज जीवन छोडेर किन हाम्रो परम्परागत कठिन दैनिकीलाई आत्मसाथ गर्न आईपुगे ? किन ?

यिनी कि त मुर्ख हुन कि त पागल । शायद यिनलाई थाहा छैन , यो देशमा गर्ने भन्दा बोल्ने अनी बोल्ने भन्दा मौन बस्नेलाई पुजिन्छ । यहाँ, जस्ले सामाजिक बिकासको पाइला चाल्छ उस्ले हजार पटक लड्नु पर्छ र चोटै चोट खाएर बिच बाटो रोक्किनु पर्छ । यिनले सुन्तली धुर्मुस र मेनुका थापाहरुको भोगाईहरुबाट सिक्नु पर्ने हो , सिकेनछन ।

हाम्रो समाजमा स्वच्छ छबीका मान्छेहरु सुहाँउदैनन । हामीलाई रबी लामिछाने, सुन्तली धुर्मुस, मेनुका थापा र अनुराधा कोइरालाहरु चाहिदैनन । हामी हाम्रै हालतमा ठीक छौ, खुशी र सुखी छौ । त्यसैले हाम्रो सुख र खुशीमाथी धावा बोल्ने अधिकार रबी लामिछानेहरुलाई कस्ले दियो ? त्यसैले म सरकार समक्ष रबी लामिछाने लाई खुल्ला मन्चमा ल्याइयोस र हामी आमजनताहरुको अगाडि खुल्लेयाम फाँसी दिईयोस भन्ने आग्रह गर्न चाहन्छु ।

जुनाबेला रबी लामिछाने फाँसिको सुलीमा झुण्डीएका हुनेछन त्यत्तीबेला हामी सरकारको पक्षमा तालीको गडगडाहटले राजाधानीलाई गुन्जायमान बनाउँदै ‘सतीले सरापेको देश’ भन्ने कथनलाई सार्थक बनाइदिने छौ । जय होस् ।)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!