- संगालोखबर सम्वाददाता

धनकुटा, १० असार । एसईई परीक्षाको नतिजामा धनकुटा सदरमुकामको त्रिवेणी माध्यमिक बिद्यालयका छात्र हेन्साङ लामा जिल्ला टप भएको दावी गरिएको छ ।

Advertisement

जिल्लामै सबैभन्दा बढी ३.८७ जीपीए ल्याएर धनकुटा नगरपालिका–६ फोकल्याण्डटापुका लामा जिल्ला टप भएको बिद्यालय र अभिभावकले दावी गरेका हुन् ।

धनकुटामा यो भन्दा बढी जीपीए ल्याएको हालसम्म नभेटिएकाले लामानै जिल्ला टप भएको बिद्यालयका प्रद्यानाध्यापक ईश्वरी प्रसाद अधिकारीले दावी गरे । ‘जिल्लामा अरुतिर बुझ्दा पनि हेन्साङको भन्दा बढी जीपीए भेटिएन ।’ उनले भने ।

यता सञ्चारकर्मीसमेत रहेका हेन्साङका वुवा सन्तवीर लामाले पनि छोरा जिल्ला टप भएको दावी गरे । जिल्लामा अन्यत्र बुझ्दा त्यो भन्दा माथि नतिजा नभेटिएकाले हेन्साङ जिल्ला टप भएको उनको दावी छ ।

लामाले सबै बिषयमा ए प्लस ल्याएका छन् । यता त्रिवेणी स्कुलकै जनक खड्काले पनि सबै बिषयमा ए प्लससहित ३.८४ जीपीए ल्याएर एसईई उत्रिर्ण गरेका छन् ।

त्रिवेणी माविबाट परीक्षा दिएका विद्यार्थीमा ५ जनाले एप्लस, २४ जनाले ए, १७ जनाले वीप्लस, १३ जनाले वी, ३२ जनाले सीप्लस र २२ जनाले सी ल्याएर उत्तीर्ण भएको विद्यालयका कम्प्युटर शिक्षक सवन्त राईले जानकारी दिए ।

यस्तो छ लामाको एसईई नतिजा… 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!