थप १० हजार कर्मचारी स्थानीय तहमा पठाइदै

थप १० हजार कर्मचारी स्थानीय तहमा पठाइदै

काठमाडौँ, १४ असार ।  लामो समयदेखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले संघीय स्थानीय तहमा थप दश हजार कर्मचारी पठाउने तयारी गरिरहेको छ । लामो समयदेखि केन्द्रमा हालिमुहाली गर्दै आएका कर्मचारीहरु स्थानीय तहमा जान अटेर गरिरहेको बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएको हो । स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई असारभित्रै पूर्ति गर्ने उदेश्य सहित सो गृहका...
समूह विजेता बन्दै ब्राजिल दोस्रो चरणमा प्रवेश

समूह विजेता बन्दै ब्राजिल दोस्रो चरणमा प्रवेश

काठमाडौँ, १४ असार ।  विश्वकप फुटबलकाे समूह-ई बाट ब्राजिल विजेता बन्दै दाेस्राे (नकअाउट) चरणमा प्रवेश गरेकाे छ । बुधबार राति भएको खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो । कोष्टारिकासँग २–२ को बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समूह र्इको उपविजेता बनेको छ । ब्राजिलले सर्बियालार्इ २-० स्काेरले हराउँदै तथा  स्विट्जरल्यान्डले कोस्टारिकासँग बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेक...
उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

उत्तरी धादिङमा पहिरो, तीनजनाको मृत्यु, दुई बेपत्ता, सातघर पुरिए

धादिङ, १४ असार । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा तीनजनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ...
अाफ्नै निर्णयबाट पछि हट्दै सरकार, रोकियो ठेकेदारमाथि कारबाही प्रक्रिया

अाफ्नै निर्णयबाट पछि हट्दै सरकार, रोकियो ठेकेदारमाथि कारबाही प्रक्रिया

काठमाडौँ, १४ असार । दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ । गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो। गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको विवरण मागेर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा भौतिक पूर्वाधार तथा य...
यातायात निर्णय लोकप्रिय, कार्यान्वयन शून्य !

यातायात निर्णय लोकप्रिय, कार्यान्वयन शून्य !

काठमाडौँ, १४ असार । सरकारले लोकप्रियता हासिल गर्न मात्र यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यको घोषणा गरेको देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत वैशाख २४ गते यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्यको घोषणा गरेका थिए । तर सरकारले घोषणा कार्यान्वयनमा चासो दिएको छैन । सिन्डिकेट अन्त्य भएको घोषणा गरिएको दुई महिना पुग्ग्दा पनि सर्वसाधारणले सार्वजनिक यातायातमा त्यसको महसुस...
छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने

छात्रवृत्तिमा पढेका डाक्टरले दुर्गममा पाँच वर्ष सेवा गर्नुपर्ने

काठमाडौँ, १४ असार । सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो । यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
२०७५ असार १४ गते बिहीबार/आजको राशिफल

२०७५ असार १४ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल असार १४ गते। बिहीबार। इश्वी सन् २०१८ जुन २८ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– पूर्णिमा, ९:३३ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै ...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्व तरुण दलको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्व तरुण दलको प्रदर्शन

काठमाडौँ, १३ असार । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ । तरुण दलले सरकारले पटकपटक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै आज काठमाडौँका विभिन्न ठाँउबाट जुलुस निकालेर विरोध प्रदर्शन ग¥यो । विरोध प्रदर्शनपछि शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकार जनताको...
दक्षिण कोरियाको ऐतिहासिक जित, समूहचरणबाटै बाहिरियो जर्मनी

दक्षिण कोरियाको ऐतिहासिक जित, समूहचरणबाटै बाहिरियो जर्मनी

काठमाडौँ, १३ असार । दक्षिण कोरियाले ऐतिहासिक जित हात पार्दा साविकको विजेता जर्मनी विश्वकपको समूहचरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो । त्यही बेला किम युङ गोनले गोल गरे । सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए । तर, भीएआर रिभ्यूबाट गोल दिइयो । ...
गृहमन्त्री थापा र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

गृहमन्त्री थापा र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता

काठमाडौँ, १३ असार । गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका शान्ति स्थापना कार्यका लागि राष्ट्रसंघीय उपमहासचिव जेयन–पिर्रे लक्रोइस्ले आज गृह मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ । भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीले निर्वाह गरिरहेको भूमिकाका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाली सुरक्षाकर्मीलाई विश्वको शान्ति कार्यमा राष्ट्रसंघ...
ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

मस्को, १३ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाउनुभएको छ । उहाँहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ । “तेस्रो मुलुकमा गएर उहाँहरूले गर्ने शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको छ, तर त्यसको औपचारिक घोषणा भने भोलि दु...
लुटिएको पौने तेह्र लाख फिर्ता

लुटिएको पौने तेह्र लाख फिर्ता

भक्तपुर, १३ असार । बसमा पाकेटमारालाई समातेर लिएको पर्स सहितको रकम पत्रकार सञ्जीव दाहालले फिर्ता गरेका छन् । पत्रकार दाहालले आज ठिमी शंखधर चोकमा पत्रकार सम्मेलन आयोजना गरी सिन्धुपाल्चोक–२ बाह्रबिसेका जितबहादुर बस्नेतलाई पाकेटमारासँग खोसेका नगद रु २८ हजार १३० र विभिन्न दुई वटा बैंकका १२ लाख ८७ हजारको चेक, एटिएम तथा पर्स फिर्ता गरेका हुन। मंगलबार साँझ मध्य उपत्यका बस व्यवसायी संघद्वारा सञ्चालित ब...
पूर्वी भारतमा भएको बारुदी सुरुङ विस्फोटमा परी छ प्रहरीको मृत्यु

पूर्वी भारतमा भएको बारुदी सुरुङ विस्फोटमा परी छ प्रहरीको मृत्यु

नयाँ दिल्ली, १३ असार । पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ्ग विस्फोटमा परेको छ । विस्फोटमा परी छ प्रहरीको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । यस क्षेत्रमा वामपन्थी विद्रोहीहरु सक्रिय रहेकाले उनीहरुले नै वारुदी सुरुङ्ग विस्फोट गराएको हुनसक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् । आक्रमणमा परी झारखण्ड जागुर...
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ५८ बुँदे सुधार मार्गचित्र तयार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट ५८ बुँदे सुधार मार्गचित्र तयार

काठमाडौँ, १३ असार । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले समयसापेक्ष भूमि नीति, गरिबी निवारण नीति, खाद्य स्वच्छता नीति, भूउपयोग ऐन तथा सहकारी नियमावलीको मस्यौदा तयार भइसकेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले आज जारी गर्नुभएको मन्त्री चक्रपाणि खनालको १०० दिनको कार्य प्रगति विवरणमा अन्य कानून परिमार्जनका क्रममा रहेको र कृषि तथा सहकारी क्षेत्रको समग्र सुधार तथा रुपान्...
अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न पाउने सर्वोच्चको फैसला

काठमाडौँ, १३ असार । अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन् । कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने फैसला गरेको हो । सो फैसलाले अपाङ्गता भएका व्यक्तिलाई सगरमाथा आरोहण गर्न बाट...
विराटनगर विमानस्थलको धावन मार्ग तीन हजार मिटर विस्तार गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय

विराटनगर विमानस्थलको धावन मार्ग तीन हजार मिटर विस्तार गर्ने प्रदेश मन्त्रिपरिषद्को निर्णय

विराटनगर, १३ असार । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले संघीय सरकारको सहयोगमा विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न तीन हजार मिटरको धावन मार्ग निर्माण गरी विस्तार गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर विमानस्थल हाल एक हजार ५०० मिटर लम्बाइ भएकाले अन्तर्राष्ट्रियस्तरको निर्माणका लागि धावन मार्ग विस्तारका लागि स...
बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

मोरङ, १३ असार । मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया शान्ति राई (तामाङ) को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन् । गत फागुन १९ गते राति भएको घटनापछि बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई साढे तीन महिनाभन्दा बढी समय लागेको थियो । मिक्लाजुङ–७ सिसौलीकी राईको शव बलात्कारपछि वीभत्स ढंगले हत्या गरेर फ्याँकिएको अवस्थामा राम्री खोलामा फेला परेको थियो । लामो...
सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा: गृहमन्त्री

सुन तस्करीमा उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा: गृहमन्त्री

काठमाडौँ, १३ असार । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उहाँले छानबिन जारी रहेकाले यथासमयमा यसबारे विस्तृत जानकारी आउने सदनलाई अवगत गराउनुभएको हो । सुन तस्करीमा उच्च राजनीतिक र प्...
विराटनगर महानगरपालिकाद्वारा ऐन र कार्यविधि पारित

विराटनगर महानगरपालिकाद्वारा ऐन र कार्यविधि पारित

विराटनगर, १३ असार । विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाबाट २१ वटा भिन्नभिन्न ऐन, कानून, नियमावली र कार्यविधि पारित गरेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार दिनभर चलेको नगरसभामा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले प्रस्तुत गर्नुभएको ऐन, कानून, नियमावली र कार्यविधि पारित भएका हुन् । आर्थिक ऐन २०७५/७६, विनियोजन ऐन २०७५/७६, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियमावली...
व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

व्यापार र पारवहन सम्झौताको प्रोटोकल मस्यौदा चीन पठाइयो

काठमाडौँ, १३ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सन् २०१६ मा चीनसँग भएको व्यापार र पारवहन सम्झौताको प्रोटोकलको मस्यौदा तयार गरी चीन सरकारलाई पठाइएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नका जवाफ दिँदै उहाँले सो मस्यौदामाथि आगामी जुलाई दोस्रो सातामा दुई पक्षीय वार्ता हुने जानकारी दिनुभयो । हालै प्रधानमन्त्री क...
कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माण हुने

काठमाडौँ, १३ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सो मन्त्रालयमाथि सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिँदै काठमाडौँभित्रका मर्मत सुधारका क्रममा कलंकी, चावहिल क्षेत्रका सडकबारे मुआब्जा विवाद भएकाले का...
पर्यटकीय गन्तव्य बन्दै ह्यात्रुङ झरना

पर्यटकीय गन्तव्य बन्दै ह्यात्रुङ झरना

तेह्रथुम, १३ असार । फेदाप गाउँपालिकास्थित ह्यात्रुङ झरना पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । वर्षायामसँगै पानीको बहाव बढेपछि झरना अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । फेदाप गाउँपालिकाको सम्दु र इसिबुको बीचभागमा रहेको ३६५ मिटर अग्लो सो झरनासँगै रमाउनेको संख्या दिन प्रतिदिन बढ्दैगएको छ । झरना हेर्न विभिन्न जिल्लाबाट दैनिकरुपमा आन्...
बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

बीस दिनभित्र वैदेशिक रोजगारीमा अनलाइन प्रणाली

काठमाडौँ, १३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसदले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा उठेका प्रश्नका जवाफ ...
भोटेकोशीको बाढीले ९० लाखको क्षति

भोटेकोशीको बाढीले ९० लाखको क्षति

चौतारा, १३ असार । अविरल वर्षासँगै भोटेकोशी नदीमा आज बिहान आएको बाढीले निर्माण कार्यमा प्रयोग भइरहेको करीब रु ९० लाख मूल्यबराबरका मेशिनरी औजार बगाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित नौ किलोमा ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण कार्यमा प्रयोग भइरहेका मेशिनरी सामान बगाएको सशस्त्र सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक हजारीलाल जैस...
नारायणी नदीमा डल्फिनको बच्चा देखियो

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

चितवन, १३ असार । नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो । यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उहाँले बताउनुभयो । नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँद...
बागमतीको किनारमा एकैदिन दुई जनाको हत्या, नाङ्गो अवस्थामा भेटियो पुरुषको शव

बागमतीको किनारमा एकैदिन दुई जनाको हत्या, नाङ्गो अवस्थामा भेटियो पुरुषको शव

काठमाडौँ, १३ असार । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिने दावी गरिरहेका बेला राजधानीमा एकैदिन दुई जनाको हत्या भएको छ । गृहमन्त्री थापाले शान्ति सुरक्षामा कडाई गरिएको दाबी गरिरहँदा मंगलबार राती सिंहदरवार नजिकै एक युवती र एक युवाको हत्या भएको हो । बुधबार बिहान ६ बजे प्रहरीले काठमाडौं र ललितपुर जोड्ने टेकुको कालो पुलमुनी एक युवतीको शव फेला पार्यो । अन्दाजी २५ वर्षकी ...
मरिच तस्करीमा संलग्न चारजना थुनामा

मरिच तस्करीमा संलग्न चारजना थुनामा

वीरगञ्ज, १३ असार । राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ । अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ । गत जेठ २१ गते प्रहरीले वीरगञ्ज भन्सार नाकाबाट १२ टन २०० किलो मरिच भारततर्फ तस्करी गर्न लैजाने क्रममा वीरगञ्ज महानगरपालिका– ५ कुम्हाल टोलका सञ्जय अग्रवाल पटवारी, भारतीय ट्रक चालक धर्मेन्द्र कुमार, भन्सार क्लियरिङका एजेन्ट वीरेन्द्र गुप्ता र दि...
शीर्ष स्थानमा रहेको ब्राजिल पनि दबावमा

शीर्ष स्थानमा रहेको ब्राजिल पनि दबावमा

काठमाडौँ, १३ असार । समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सर्वियालाई आजको खेलमा जित निकै आवश्यक छ । आजको खेलमा जित निकाले सर्वियाको अघिल्लो चरणको लागि छनौट हुने सम्भावना बलियो हुनेछ । तर सर्विया विरुद्ध मैदानमा उत्रिदैछ ब्राजिल । उपाधि दावेदार मध्यको एक ब्राजिललाई जित्न भने सर्वियालाई निकै गाह्रो हुनेछ । नकआउट चरणमा पुग्नका लागि जति दबाब सर्वियालाई छ, उत्तिकै दबाब ब्राजिललाई पनि छ । समू...
आठ देशका नागरिकलार्इ अमेरिका प्रवेश नदिने ट्रम्पको निर्णय सदर

आठ देशका नागरिकलार्इ अमेरिका प्रवेश नदिने ट्रम्पको निर्णय सदर

वासिङ्टन, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सार्नुभएको थियो । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत...
विज्ञान नै पढ्न चाहन्छन्: मेधावी विद्यार्थी

विज्ञान नै पढ्न चाहन्छन्: मेधावी विद्यार्थी

काठमाडौँ, १३ असार । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड सफल हुने छात्रा सबी विश्वकर्मा पारिवारिक र आर्थिक स्थिति कमजोर भए पनि कक्षा ११ मा विज्ञान विषय पढ्न चाहन्छिन् । ललितपुरको महालक्ष्मी नगरपालिकाको सिद्धिपुरस्थित अनन्त माध्यमिक विद्यालयमा पढेकी विश्वकर्माका बुबाआमा छैनन् । टुहुरो भए पनि मेधावी भएकाले विद्यालयको छात्रवृत्तिमा पढ्दै आएकी विश्वकर्मालाई परीक्...
वैदेशिक रोजगारी: मलेसियाको भिसा रोकिएपछि व्यवसायी ‘मर्कामा’

वैदेशिक रोजगारी: मलेसियाको भिसा रोकिएपछि व्यवसायी ‘मर्कामा’

काठमाडौँ, १३ असार । मलेसियाको लागि भिसा लिन चाहाने नेपाली कामदारहरूले अझै केही समय कुर्नु पर्ने अधिकारीरूले बताएका छन्। नेपाली कामदार मलेसिया जाने प्रकृया मलेसियाली दूतावासले बन्द गरिदिएपछि हजारौं कामदारहरुको भिसा प्रक्रिया प्रभावित हुन पुगेको व्यवसायीहरूले बताएका छन्। कामदारसँग लिने गरिएको अतिरिक्त शुल्क बन्द गर्न पहल थालेको सरकारले भने उक्त प्रक्रिया बन्द नभएसम्म पछि नहट्ने जनाउँदै मलेसिया स...
error: Content is protected !!