मोरङ, १३ असार । मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया शान्ति राई (तामाङ) को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन् ।

Advertisement

गत फागुन १९ गते राति भएको घटनापछि बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई साढे तीन महिनाभन्दा बढी समय लागेको थियो ।

मिक्लाजुङ–७ सिसौलीकी राईको शव बलात्कारपछि वीभत्स ढंगले हत्या गरेर फ्याँकिएको अवस्थामा राम्री खोलामा फेला परेको थियो ।

लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

बलात्कार गरेको खुल्ने डरले बस्नेतले महिलाको हत्या नै गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बस्नेतविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आजै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!