डा. केसीलाई बल प्रयोग गरेर काठमाडौ ल्याउन अस्पतालमा प्रहरी र सेना परिचालन

डा. केसीलाई बल प्रयोग गरेर काठमाडौ ल्याउन अस्पतालमा प्रहरी र सेना परिचालन

काठमाडौँ, ३ साउन । चिकित्सा शिक्षा सुधारको ७ बुद्धे माग राख्दै जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिन देखि १५ औं पटक आमरण अनसनमा बस्नुभएका प्रा. डा. गोविन्द केसीलाई सरकारले अपहरण शैलीमा काठमााडौ ल्याउने तयारीका साथ नेपाली सेनाको हेलिकोप्टर लिएर जुम्ला पुगेको जनाइएको छ । डा.केसीको माग पुरा गर्नुपर्ने अडान राख्दै स्थानिय जनता, चिकित्सक, विद्यार्थीको भिड अस्पताल प्रवेश गर्दै प्रहरीले सर्वस...
प्रधानमन्त्रीले आज पोखरामा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज पोखरामा विशेष सम्बोधन गर्ने

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रद...
प्रधानमन्त्रीद्वारा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन । पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आउनुभएका उनले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका कामबारे जानकारी लिएका हुन । उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भइरहेका निर्माण कार्यबारे ज...
विराटनगरको गीतगजल रेष्टुराँमा आगलागी, ६० लाखको क्षति

विराटनगरको गीतगजल रेष्टुराँमा आगलागी, ६० लाखको क्षति

विराटनगर, ३ साउन । विराटनगर महानगरपालिका–१२, पञ्चालीमा सञ्चालित गीतगजल रेष्टुराँमा आज बिहान आगलागी हुँदा करीब रु ६० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ । विराटनगर वडा प्रहरी कार्यालयका अनुसार आज बिहान करीब ४ः१५ बजे भएको आगलागी विद्युत् सर्ट भएर भएको र सो क्षतिको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीय नवीन घिमिरेको घर बहालमा लिई योग्य श्रेष्ठद्वारा सञ्चालित पञ्चाली गीतगजल रेष्टुराँमा ल...
महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ

गौशाला, ३ साउन । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ । हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक लागेको अवस्थामा हिजो साँझ रीता देवीको शव उनको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फे...
दुई छोरी जन्माउनेलाई बिराटनगर महानगरपालिकाले ९ हजार दिने

दुई छोरी जन्माउनेलाई बिराटनगर महानगरपालिकाले ९ हजार दिने

बिराटनगर, ३ साउन । बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छोरी जन्माएवापत पैसा पाउनका लागि आमाबाबुले केही शर्तहरु भने अनिवार्यरुपमा...
इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

काठमाडौँ, ३ साउन । सरकारले मंगलबारबाट लागू हुनेगरी बढाएको इन्टनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फी विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ । सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ भने राजस्वको लक्ष्य भेट्ने नाममा उपभोक्तालाई चेपेको आरोप छ । दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्...
बीपी राजमार्गमा ठूला सवारी चलाउन पाइने

बीपी राजमार्गमा ठूला सवारी चलाउन पाइने

काठमाडौँ, ३ साउन । सर्वोच्च अदालतले बीपी राजमार्गको बनेपा–सिन्धुली–बर्दिबास सडक खण्डमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने यसअघिको अन्तरिम आदेश खारेज गरेको छ । यसअघि एकल इजलासले जारी गरेको आदेश दुई न्यायाधीश सम्मिलित संयुक्त इजलासले निरन्तरता दिनु नपर्ने ठहर गरेको हो । सर्वोच्चको सोमबारको आदेशसँगै उक्त राजमार्गमा अब ३२ सिटसम्मको क्षमता भएका सवारीसाधन सञ्चालनका लागि कानुनी बाटो खुलेको हो । न्या...
छोरी जन्माएको भन्दै घर निकाला

छोरी जन्माएको भन्दै घर निकाला

इनरुवा, ३ साउन । सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएकी छिन । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताए । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताए । साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, प्रिपाहका...
इटहरी ल्याण्डफिल्ड सडक कालोपत्र अन्तिम चरणमा

इटहरी ल्याण्डफिल्ड सडक कालोपत्र अन्तिम चरणमा

इटहरी, ३ साउन । पूर्वी नेपालकै महत्वाकांक्षी योजनाका रुपमा रहेको इटहरीको ल्याण्डफिल्ड क्षेत्रसम्म जाने पक्की ढलसहितको सडक कालोपत्रे गर्ने योजना लगभग अन्तिम चरणमा पुगेको इटहरी उपमहानगरपालिकाले जानकारी दिएको छ । इटहरी उपमहानगरपालिका–१० स्थित बूढीगंगाको पश्चिमतटमा उक्त भौतिक पूर्वाधार निर्माण भएको पनि उपमहानगरपालिकाले बताएको छ । इटहरी विराटनगर सडकखण्डको खनार उत्तरबाट पूर्वतिर रहेको बूढीगंगा नदीको...
डा. केसीलाई आजै काठमाडौँ ल्याउने तयारी, शिक्षामन्त्रीले पत्रकार सम्मेलन गर्दै

डा. केसीलाई आजै काठमाडौँ ल्याउने तयारी, शिक्षामन्त्रीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, ३ साउन । जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले आज काठमाडौँ ल्याउने भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको बैठक बसेर बुधबार अबेर डा. केसीलाई काठमाडौं ल्याउने र उनका मागबारे खुला छलफल गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत छन् । केसीका जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै आजै नै हेलिकोप्टर...
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

विराटनगर, ३ साउन । विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ रु १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा रु १३ अर्ब...
जीप दुर्घटनामा १४ घाइते, चारको अबश्था गम्भीर

जीप दुर्घटनामा १४ घाइते, चारको अबश्था गम्भीर

बागलुङ, ३ साउन । बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी नायब निरीक्षक मनबहादुर विकले बताए । दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बडीग...
संघमा १५ हजार कर्मचारी थपिने

संघमा १५ हजार कर्मचारी थपिने

काठमाडौँ, ३ साउन । सरकारले प्रदेशहरुमा निजामति प्रशासनको दरबन्दी कटौती गरी संघमा १५ हजार कर्मचारी थप्ने भएको छ । प्रदेशमा हस्तान्तरण हुने भनिएका कतिपय विभाग र कार्यालय संघमै राख्ने निर्णयपछि दरबन्दी बढाइएको हो । यसअघि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले २१ मन्त्रालय, विभाग, आयोग र संघीय सरकार मातहतका निकायलाई करिब ३० हजर कर्मचारी आवश्यक पर्ने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) ...
एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

काठमाडौँ, ३ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ । बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो । समाचारमा लेखिएको छ, विश्वविद्यालयका विषय विज्ञहरुले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् । ...
आलोचित सरकार र प्रधानमन्त्रीको रोइलो

आलोचित सरकार र प्रधानमन्त्रीको रोइलो

काठमाडौँ, ३ साउन । जनतालाई धेरै सपना देखाएर बनेको ओली सरकार पाँच महिना नबित्दै चौतर्फी आलोचनाको सिकार बनेको छ । चुनावअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको घोषणापत्रलाई विश्वास गरेर झन्डै दुई तिहाइले नेपाल कम्युनिस्ट पार्टीलाई जिताएर देश चलाउने अभिभारा सुम्पेका जनता पनि उल्टो गतिमा सरकार हिँड्न थालेपछि निराश बनेका छन् । चुनावअघि पार्टीले गरेका कुनै पनि बाचा पूरा हुने छाँट नदेखेपछि जनता न...
आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द

आज सम्पूूर्ण स्वास्थ्य संस्था बन्द

काठमाडौँ, ३ साउन । नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पतालसहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु...
गायिका आनी छोइङ डोल्माद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

गायिका आनी छोइङ डोल्माद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छिन । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो । उनले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन । गायिका शेर्पाले लाम...
२०७५ साउन ३ गते बिहीबार/आजको राशिफल

२०७५ साउन ३ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन ३ गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई १९ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– सप्तमी, १८:३२ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका ...
डा.केसी पक्षधरलाई झड्का : स्वास्थ्य सस्था बन्द नगर्ने निजी मेडिकल संघको निर्णय

डा.केसी पक्षधरलाई झड्का : स्वास्थ्य सस्था बन्द नगर्ने निजी मेडिकल संघको निर्णय

बिराटनगर, २ साउन । डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले बिहिबारका लागि आवहन गरेको देशब्यापी स्वास्थ्य सस्था बन्द कार्यक्रम असफल हुँने देखिएको छ । निजी मेडिकल र डेन्टल कलेजहरुको छाता संगठन एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल स्वास्थ्य सस्था बन्दको बिपक्षमा उभिने भएपछि आन्दोलन असफल हुँने संकेत देखिएको हो । एशोसिएसनले बुधबार प्रेस बिज्ञप्ती जारी गरेर स्...
सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

वासिङ्टन, २ साउन । अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन् । यद्यपि उनीहरुले मिति भने टुङ्गो लगाइसकेका छैनन् । बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी भर्जिन ग्यालेक्टिक र जेफ बेजोसको कम्पनी अमेजन यो दौडमा पहिलो हुन लागिपरेका छन् । प्रविधि भने दुवैले भिन्ना भिन्नै प्रयोग गरेका छ...
अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन काँग्रेसको आग्रह

अघिल्लो अध्यादेशअनुसारको विधेयक ल्याउन काँग्रेसको आग्रह

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको जनाएको छ । बैठकले माथे...
जीप दुर्घटनामा परी ७ जनाको मृत्यु, ४ घाइते

जीप दुर्घटनामा परी ७ जनाको मृत्यु, ४ घाइते

काठमाडौं, २ साउन । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । दुर्घटनामा घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । दु...
पाँच अर्ब २१ करोड राजश्व संकलन

पाँच अर्ब २१ करोड राजश्व संकलन

विराटनगर, २ साउन । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिनुभयो । आव २०७३/७४ मा कार्यालयले रु चार अर्ब ४६ करोड ७२ ल...
बीस करोड डलरको परियोजना स्वीकृत

बीस करोड डलरको परियोजना स्वीकृत

काठमाडौँ, २ साउन । सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति अबेर सम्पन्न बोर्डको ३१ औँ बैठकले उक्त निर्णय गरेको हो । बैठकले काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन परियोजना...
कुन-कुन वस्तु तथा सेवामा कति बढ्यो कर ?

कुन-कुन वस्तु तथा सेवामा कति बढ्यो कर ?

काठमाडौं, २ साउन। मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भएको छ । यो सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने आजैबाट लागू भएका छन् । संघ, प्रदेश र स्थानीय तहका सरकारले ल्याएको बजेट कार्यान्वयनमा गएसँगै विभिन्न करका दरहरुमा वृद्धि भएको हो । विशेष गरी संघको बजेटले बढा...
रुकुममा पहिरो जाँदा पाँच घर पुरिए, १० घर जोखिममा, सतर्क रहन प्रशासनको अपिल

रुकुममा पहिरो जाँदा पाँच घर पुरिए, १० घर जोखिममा, सतर्क रहन प्रशासनको अपिल

रुकुम, २ साउन । केहीदिन यता परेको अविरल वर्षाका कारण पश्चिम रुकुममा पाँच घर पहिरोमा पुरिएका छन् । गएरातिबाट परेको वर्षाका कारण माथिबाट आएको पहिरोले पश्चिम रुकुमको चौरजहारी–१ पुरानो बजारका पाँच घर पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरिए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा अन्य १० घर पनि पहिरोको जोखिममा रहेका कारण स्थानीय प्रसाशनले सतर्क रहन आग्रह गरेको...
सोलुखुम्बुमा छोराको कुटाईबाट बाबुको मृत्यु

सोलुखुम्बुमा छोराको कुटाईबाट बाबुको मृत्यु

सोलुखुम्बु, २ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-९ सानो खाम्दिङमा छोराको कुटाईबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ। शेर्पालाई सोमबार साँझ १८ वर्षका छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको मंगलबार दिउँसो आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ। घटना लगतै फरार रहेका तेन्जीलाई प्रहरीले मंगलबार साँझ दुधकुण्ड नगरपालिका १० स्थित सोल्मासा जंगलबाट पक्र...
जिउँदो सालकसहित दुई जना पक्राउ

जिउँदो सालकसहित दुई जना पक्राउ

रत्ननगर, चितवन, २ साउन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा पाल्पाको बगनास गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भ...
साउदीमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

साउदीमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ, २ साउन । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् । साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन काममा जान इन्कार गरेकामा कम्पनीले निकालिदिएपछि खोटाङका १४ जना अलपत्र परेको सुरक्षित आप्र...
२०७५ साउन २ गते बुधबार/आजको राशिफल

२०७५ साउन २ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन २ गते। बुधबार। इश्वी सन् २०१८ जुलाई १८ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– षष्ठी, १९:४८ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परा...
error: Content is protected !!