तेह्रथुम मेन्छ्यायेम गाउँपालिकाको बजेट साढे १८ करोड
तेह्रथुम, ४ साउन । मेन्छ्यायेम गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ का लागि रु १८ करोड ५३ लाख ३७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाले बिहीबार सम्पन्न गाउँसभा मार्फत चालू खर्चतर्फ रु तीन करोड आठ लाख ५८ हजार र पूँजीगततर्फ रु आठ करोड ६३ लाख ७९ हजार र शशर्त अनुदानतर्फ रु छ करोड ८१ लाख गरी कूल रु १८ करोड ५३ लाख ३७ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
यसमध्ये गाउँपालिकाले आन्तरिक...































