प्रदेश सरकारको बिदा निर्णय सिडिओबाट अवज्ञा

प्रदेश सरकारको बिदा निर्णय सिडिओबाट अवज्ञा

काठमाडौँ, २५ साउन । प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरे। प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। प्रदेश सरकारको बिदा निर्णय नमान्ने कर्मचारीको यो कदमले उनीहरू प्रदेश सरकार मातहत कि संघीय सरकार मातहत भन्ने बहस उत्पन्न भएको छ। आदिवासी दिवसमा प्रदेश सरकारले दिएको बिदा अस्व...
अमेरिकाद्वारा नेपाली सेनालाई ४ अर्बका ४ स्काइ ट्रक

अमेरिकाद्वारा नेपाली सेनालाई ४ अर्बका ४ स्काइ ट्रक

काठमाडौँ, २५ साउन । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा ‘फिक्स विङ’ स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो । यी जहाज अमेरिकाबाट छिट्टै नेपाल आउने सेनाले जनाएको छ । ती चारवटै स्काइ ट्रकको अन्तराष्ट्र...
अब पासपोर्ट ६ किसिमका

अब पासपोर्ट ६ किसिमका

काठमाडौं, २५ साउन । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट/कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ । सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ । थपिने दुई प्रकारका राहदानीमा 'सर्भिस पासपोर्ट' र 'सिम्यान्स पासपोर...
बुबाले छोरीलाई, नातिले हजुरआमालाई बलात्कार !

बुबाले छोरीलाई, नातिले हजुरआमालाई बलात्कार !

काठमाडौँ, २५ साउन । हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्र...
२०७५ साउन २५ गते शुक्रबार/आजको राशिफल

२०७५ साउन २५ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन २५ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट १० तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– चतुर्दशी, १८:१५ बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि ब...
भारतको सुखद् शुरुवात, श्रीलंकामाथि एक दर्जन गोल

भारतको सुखद् शुरुवात, श्रीलंकामाथि एक दर्जन गोल

थिम्पु, भुटान, २४ साउन । महिला साफ च्याम्पियनशिपको साविक उपविजेता भारतले श्रीलंकालाई एक दर्जन गोल गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । थिम्पुको चाङली मिथाङ रंगशालामा आजदेखि शुरु भएको १५ वर्षमुनिको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२—० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । भारतले खेलको पहिलो हाफमा ६ गोल ग¥यो भने दोस्रो हाफमा पनि ६ गोल नै थप्यो । भारतका लागि कप्ता...
बलाधिकृत रथी थापालाई कामु प्रधानसेनापतिको कार्यभार

बलाधिकृत रथी थापालाई कामु प्रधानसेनापतिको कार्यभार

काठमाडौँ, २४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जंगी अड्डामा आयोजित समारोहमा कामु प्रधानसेनापतिको कार्यभार बलाधिकृतरथी पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गर्नुभएको छ । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिनाअगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्पराअनुसार प्रधानसेनापति शुक्रबारदेखि बिदामा बस्नुहुनेछ । नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाका ल...
एघार वर्षीय बालक निशानको हत्या ‘विभत्स’, सकियो दाहसंस्कार

एघार वर्षीय बालक निशानको हत्या ‘विभत्स’, सकियो दाहसंस्कार

भक्तपुर, २४ साउन । एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्याले मर्माहित बनेका उनका बुवा गणेश खड्का त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आर्यघाट जानुभयो । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहनुभएका खड्का आजै नेपाल आउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउनप्लानिङबाट गत आइतबार भएको अपहरण र हत्यापछि शिक्षण अस्पतालबाट परीक्षण गरी राखिएको निशानको शव आफन्तले आर्यघाट ल...
बैंकबाट रकम निकाल्ने बित्तिकै २५ लाख ६० हजार लुटियो

बैंकबाट रकम निकाल्ने बित्तिकै २५ लाख ६० हजार लुटियो

सिरहा, २४ साउन । लहान, २४ साउन । सिरहाको मिर्चैया नगरपालिका¬–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले आज हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मन...
मलेसियामा हुने एशियाकप क्रिकेटका लागि १९ खेलाडी छनोट

मलेसियामा हुने एशियाकप क्रिकेटका लागि १९ खेलाडी छनोट

काठमाडौँ, २४ साउन । मलेसियामा हुने एशियाकप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुव...
झापामा महिला तथा बालबालिका हराउने क्रम बढ्यो

झापामा महिला तथा बालबालिका हराउने क्रम बढ्यो

भद्रपुर, २४ साउन ।  खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३६६ महिलामध्ये २६७ जना मात्र फेला परेको प्र...
अपडेटः इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

अपडेटः इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

तानजुङ, इन्डोनेसिया, २४ साउन । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ । यसैबीच लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख...
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन

मस्को, २४ साउन । अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धहरुका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण गरेको विरोध स्वरुप अमेरिकाले प्रतिबन्धहरु घोषणा गरेको हो । वासिङ्टनको दण्डात्मक कारबाहीका कारण बिहीबार बिहान अमेरिकी डलरको तुलनामा रुबलको मूल्...
अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

ब्युनस आयर्स, २४ साउन । अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ । यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको बताइएको छ । गत जुन महिनामा महिलाले गर्भपतन गराउन पाउने विधेयक यहाँको संसदको तल्लो सभाले पारित गरेको थियो । उक्त विधेयक पारित हुँदा खुशी भएका यहाँका महिलाहरु बिहीबार...
इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

मताराम, इन्डोनेसिया, २४ साउन । इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ । उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको बताइएको छ । यसकारण त्यस क्षेत्र...
खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार

खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार

काठमाडौँ, २४ साउन । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ । नेपालको तेह्रौँ योजना (२०७०/७१ देखि २०७३/७४) मा घोषित ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराको मूल मर्म र भावनाबमोजिम रणनीतिक ढंगबाट खेलकूदको विकास गर्ने दीर्घकालीन सोच, दृष्टिकोण र प्रणालीगत परिपाटीको अभाव रहे...
अाज विश्व आदिवासी जनजाति दिवस : विविध कार्यक्रम गरी मनाइँदै

अाज विश्व आदिवासी जनजाति दिवस : विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम अायाेजना गरी याे दिवस मनाइँदै छ । आदिवासी जनजातिहरुकाेको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन याे याे दिवस मनाउने गरिन्छ । विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै अाएकाे छ । संयुक्त राष्ट्र संघको आदिवासी जन...
समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन

समन्वयपछि भारतद्वारा सडक निर्माण स्थगन

महेन्द्रनगर, २४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित नेपाल–भारत सीमा पिल्लर नं ३ को विवादित क्षेत्रमा बुधबार दिउँसोदेखि भारतीय पक्षले सडक निर्माण स्थगन गरेको छ । लामो समयदेखि ब्रह्मदेवको सीमा पिल्लर नं ३ हराएको क्षेत्रमा भारतले सडक विस्तार गर्न खोजेपछि केही दिनयता विवाद बढेको थियो । स्थानीय प्रशासनले भारतको उत्तराखण्डका डिएम (प्रमुख जिल्ला अधिकारी) स्तरमा विवादित क्षेत्रमा तत्का...
यु–१५ साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

यु–१५ साफ च्याम्पियनसिप फूटबल आजदेखि शुरु

  थिम्पु, भुटान, २४ साउन । आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् । उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै श्रीलङ्काले भने प्रतियोगितामा प...
गाईघाट–फोक्सिङटार सडक डेढ महिनादेखि अवरुद्ध

गाईघाट–फोक्सिङटार सडक डेढ महिनादेखि अवरुद्ध

उदयपुर, २४ साउन । सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र ल...
माउन्ट गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि सुनमायालाई

माउन्ट गोवालिगोङ अल्ट्रा म्याराथनको उपाधि सुनमायालाई

काठमाडौँ, २४ साउन । चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् भने सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिड...
तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

तेह्रथुम, २४ साउन । तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अहिले बजेट र कार्यक्रम नहुँदा भूमिकाबिहीन भएको कार्यालयले यो तथ्यांक पनि अनुमान मात्रै गरिएको जनाएको छ । समयमा पानी नपर्दा आकाशे प...
जनकपुर–जयनगर रेलको परीक्षण

जनकपुर–जयनगर रेलको परीक्षण

महेन्द्रनगर, धनुषा, २४ साउन । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका अभियन्ता विनोद ओझाले बताए । जयनगरबाट खजुरी...
चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

काठमाडौँ, २४ साउन ।  नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले बढेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभ...
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई कानेपोखरी गापाले ६८०० भत्ता दिने

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई कानेपोखरी गापाले ६८०० भत्ता दिने

उर्लाबारी, मोरङ, २४ साउन । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उपलब्ध गराउने भएको हो । आर्थिक वर्ष ०७५/७६ को बजेटमा परेको उक्त रकम साउन महिनादेखि दिने निर्णय ...
बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !

बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !

काठमाडौँ, २४ साउन । ५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन पनि एक बर्ष लाग्यो । अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराम रनपैली डल्लुस्थित एक घरको बल्लो पल्लो कोठामा भाडामा बस्थे । छिमेकीका हिसाबले चिनजान र कुराकानी स्वभाविक थियो । यसको फाईदा उठाउँदै विश्वरामले अमृतालाई बलात्कारपछि हत्या गरे ।, नयाँ पत्रिका...
जन्मँदा १ हजार, मृत्यु भए ५ हजार

जन्मँदा १ हजार, मृत्यु भए ५ हजार

ओखलढुंगा, २४ साउन । जन्मँदा एक हजार, मृत्यु भए पाँच हजार । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । जन्मनेलाई भन्दा मर्नेलाई पो प्रोत्साहन हो कि भनेर । तर त्यस्तो होइन । सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो । ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने निर्णय गरेको छ। बर्थिङ...
अवैध रूपमा भारत हुँदै खाडी मुलुक जान लागेका १६ महिलालाई फर्काइयो

अवैध रूपमा भारत हुँदै खाडी मुलुक जान लागेका १६ महिलालाई फर्काइयो

बाँके, २४ साउन । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । योसँगै भारतीय महिला आयोगको सक्रियतामा दिल्लीबाट हा...
बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

सुनसरी, २४ साउन । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो । प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजारभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । नाम दर्ता गराउने ठाउँमा कार्यरत कर्मचारी कविता पोद्दारका नाममा झन्डै पाँच लाख र अजय प्रधानको नाममा ...
भारुमा ऋण लिन बैंकलाई बाटो खुला

भारुमा ऋण लिन बैंकलाई बाटो खुला

काठमाडौँ, २४ साउन । नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ । बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय रुपैयाँमा पनि कर्जा लिन सकिने व्यवस्था गरिएको हो । केन्द्रीय बैकले यसअघि डलरमा कर्जा लिन सकिने व्यवस्था गरिसकेको थियो । भारतीय रुपैयाँमा सहज हुने तथा हेजिङ कस्ट नपर्ने भएकाले बैंकहरुको अनुरोधपछि चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत भारुमा कर्जा लि...
विप्लव समूहका प्रवक्ता तथा पूर्व मन्त्री विश्वकर्माले ७ करोड चन्दा असुली गरेको अभियोग

विप्लव समूहका प्रवक्ता तथा पूर्व मन्त्री विश्वकर्माले ७ करोड चन्दा असुली गरेको अभियोग

काठमाडौँ, २४ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको हो । प्रहरीले प्रवक्ता विश्वकर्मालाई उद्योगी व्यवसायीबाट ७ करोड भन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरेको दावी गरेको छ । प्रहरीले विकलाई चन्दा ऐन अन्तर्गत पाँच दिनका लागि जिल...
error: Content is protected !!