काठमाडौँ, ३१ साउन । भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको ९३ वर्षको निधन भएको छ । बाजपेयीको निधन दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा भएको हो ।
किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए ।
सन् १९९६ मा १३ दिन, १९९८-१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे । उन कवि र समावेशी राजनीतिका पर्याय पनि हुन् ।