एएफसी कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘इ’ मा
काठमाडौँ, ६ मङ्सिर । एशियाली फुटबल महासङ्घले सन् २०१९ मा हुने ‘एएफसी कप फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरेको खेल तालिका अनुसार सो प्रतियोगितामा नेपालको पनि सहभागिता रहनेछ ।
एएफसी कपमा एशियाका ३६ क्लबले भाग लिनेछन् । नेपालको तर्फबाट हाल काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता एएफसी कपमा सहभागी हुनेछ ।...































