काठमाडौँ, ५ मङ्सिर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् ।

Advertisement

नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गदैं उनले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताए ।

नेपाल बार एशोसियसनको आगामी नेतृत्व लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई सुरक्षित गर्न सक्ने निर्वाचित हुनुपर्नेमा उनको जोड थियो । महासमिति बैठकपछि प्रमुख विपक्षी दलको हैसियतमा सरकारका गलत क्रियाकलापका विरुद्ध लड्ने सभापति देउवाले दाबी गरे ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नेपाल डेमोक्र्याटिक लर्यस एशोसिएशनको २९ औँ स्थापना दिवस समारोहको उद्घाटन गर्दै । तस्वीरः रासस

कार्यक्रममा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीको समाजवाद र काङ्ग्रेसको समाजवादका बारेमा बहस गर्नुपर्ने समय आएको बताए ।

नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले पुस १७ गते वर्तमान प्रधानन्यायाधीशको पदावधि सकिने भएकाले मङ्सिर १७ अगावै संवैधानिक परिषद्ले सिफारिश गर्नुपर्ने बताए । खस्कँदो अवस्थामा रहेको स्वतन्त्र न्यायपालिकाको अस्तित्व रक्षाका लागि उनले सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नेपाल डेमोक्र्याटिक लर्यस एशोसिएशनको २९ औं स्थापना दिवस समारोहमा सहभागी हुँदै । तस्वीरः रासस

कार्यक्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का, वसन्तराम भण्डारी, नेपाल बार एशोसियसनका महासचिव खम्बाबहादुर खाती, आयोजक समितिका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, उपाध्यक्ष सुरेश पौडेल, नेपाल लयर्स एशोसियसनका अध्यक्ष रुद्र नेपाल, राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी समूहका अध्यक्ष राजु बस्नेत, डिएलए काठमाडौँका अध्यक्ष प्रकाश रावल, नेपाल कानून आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशीलगायतले खस्कँदै गएको स्वतन्त्र न्यायपालिकाको साख उँचो बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!