शहीद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस बिरुद्ध आर्मीको १-० को जित
काठमाडौँ, ७ मङ्सिर । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका बिरुद्ध एक गोलले पराजित गर्दै आर्मी क्लब विजयी भएको हो । आर्मीको तर्फबाट टेकबहादुर बुढाथोकीले खेलको ३१ औँ मिनेटमा एक गोल गरेका थिए । सो गोल आर्मी क्लबको जितमा निर्णायक बन्यो ।
मध्याह्नअघिको अन्तिम मिनेटमा प...































