म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

म्याग्दीमा ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु

गलेश्वर, ५ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वडामा हेलीप्याड निर्माण अभियान शुरु गरेको हो । म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । पाखापानीमा गाउँपालिका र वडाको समन्वयमा हेलीप्याड निर्माण गरिएको...
युवा स्ट्राइकर विमल ‘ट्रायल’का लागि बेल्जियम जादै, लिगका बाँकी खेल नखेल्ने

युवा स्ट्राइकर विमल ‘ट्रायल’का लागि बेल्जियम जादै, लिगका बाँकी खेल नखेल्ने

काठमाडौँ, ५ मङ्सिर । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए । यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्...
उदयपुर जिल्ला अदालतद्वारा जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

उदयपुर जिल्ला अदालतद्वारा जबर्जस्ती करणी गर्नेलाई आठ वर्ष कैद

गाईघाट, ५ मङ्सिर । उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो । सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीया बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजा...
दुहबीमा एक जनाको गोली हानी हत्या

दुहबीमा एक जनाको गोली हानी हत्या

इनरुवा, ५ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्...
२०७५ मंसिर ५ गते बुधबार/आजको राशिफल

२०७५ मंसिर ५ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर ५ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर २१ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– त्रयोदशी, १२:५५ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। समय फुर्सदिलो रहनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। परम्परालाई ...
सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेल

सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन् : उपप्रम पोखरेल

त्रिपुरासुन्दरी, ४ मङ्सिर । भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा आज आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गर्नुभएसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो । एक सय १८ किलोमिटरको उक्त सडक ...
नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

काठमाडौँ, ४ मङ्सिर । नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्)मा शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ । नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झौता(टिफा)अन्तर्ग...
पाकिस्तानी सुपर लिग खेल्दै सन्दीप, न्यूनतम ५० लाख पारिश्रमिक पाउने

पाकिस्तानी सुपर लिग खेल्दै सन्दीप, न्यूनतम ५० लाख पारिश्रमिक पाउने

काठमाडौँ, ४ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद ...
नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

नोबेलले यसरी मनायो १४ औं बार्षिकोत्सव (भिडियोसहित)

बिराटनगर, ४ मंसिर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो । कार्यक्रमलाई संबोधन गर्दै बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नोबेल शिक्षण अस्पताल स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय बन्दै गएको बताए । नोबेल अ...
एभोकाडोको राजधानी धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव हुने

एभोकाडोको राजधानी धनकुटामा एसियाको पहिलो एभोकाडो महोत्सव हुने

धनकुटा, ४ मंसिर । एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटामा विश्वको दोस्रो तथा एसियाको पहिलो एभोकाडो महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर धनकुटा नगरपालिकाले आगामी ८ गते महोत्सवको आयोजना गर्ने जनाएको हो । दुई महिना अघि अमेरीकाको क्यालीफोर्नियामा एभोकाडोको विश्वको पहिलो महोत्सव भएको थियो । मेयर कृषि कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी घोषणा गरि एभोकाडो खेती मार्फत...
विराट होलिडेजले दृश्यावलोकनका लागि हिमाली उडान गर्ने

विराट होलिडेजले दृश्यावलोकनका लागि हिमाली उडान गर्ने

विराटनगर, ४ मङ्सिर । विराट होलिडेजले विराटनगरबाट यही मङ्सिर ८ गतेदेखि दृश्यावलोकनका लागि हिमाली उडान शुरु गर्ने भएको छ । होलिडेजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको सिक्किम, पश्चिम बङ्गाल, विहार, उत्तर प्रदेश तथा बङ्गलादेशी पर्यटकको यस क्षेत्रमा बसाइ लम्ब्याउने उद्देश्यले उक्त दृश्यावलोकन सेवा सञ्चालन गर्न लागिएको जनाइएको छ । होलिडेजका अध्यक्ष भविष श्रेष्ठका अनुसार यति एयरलाइन्सको विमान...
धनकुटामा ३८ वटा मानवअधिकार उल्लंघनका घटना

धनकुटामा ३८ वटा मानवअधिकार उल्लंघनका घटना

धनकुटा, ४ मंसिर । धनकुटा जिल्लामा गत एक वर्षको अवधिमा ३८ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पुर्व प्रकासन समिक्षा कार्यक्रममा आयोजित सार्वजनिक गरिएको प्रतिवेदनमा सो कुरा जनाईएको हो । गत पौषदेखि हालसम्म एक वर्षको अवधिमा हत्या ,बलात्कार, यातना, कुटपीट, पक्राउ लगायत ३८ वटा मानवअधिकार उल्लंघनका घटना भएको उल्लेख गरिएको छ । इन्सेक धनकुटाका प्रतिनिधि...
नेपालले पाँचौं साफ फुटबल आयोजना गर्ने

नेपालले पाँचौं साफ फुटबल आयोजना गर्ने

काठमाडौँ, ४ मङ्सिर । नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उहाँले बताए । यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा पछिल्लो...
चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

काठमाडौँ, ४ मङ्सिर । सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । समितिको गत...
एडिबीद्वारा ३९ अर्ब ३२ करोड विकास सहायता

एडिबीद्वारा ३९ अर्ब ३२ करोड विकास सहायता

काठमाडौँ, ४ मङ्सिर । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो ...
पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

बेझाड पाल्पा, ४ मङ्सिर । पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए । सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् ।...
‘ए’ डिभिजन लिग: थ्रीस्टार शीर्ष स्थानमा (अङ्क तालिका सहित)

‘ए’ डिभिजन लिग: थ्रीस्टार शीर्ष स्थानमा (अङ्क तालिका सहित)

काठमाडौँ, ४ मङ्सिर । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन् । तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ । त्यसैगरी विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्प...
८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विष बन्दै

८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विष बन्दै

काठमाडौँ, ४ मंसिर । ८० बर्ष पुरानो सुत्रमै उत्पादन हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ । एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ । सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् । , आजको नयाँ पत्रिकामा यो खबर छ । स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको र...
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, तर नेपालमा भने ‘स्थिर’

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटः भारतमा २८ पटक घट्यो, तर नेपालमा भने ‘स्थिर’

काठमाडौँ, ४ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६....
विरासत फर्काउन एक हुँदै कोइराला परिवार, शेखरले भने- ‘कांग्रेसलाई दह्रो बनाउनु छ’

विरासत फर्काउन एक हुँदै कोइराला परिवार, शेखरले भने- ‘कांग्रेसलाई दह्रो बनाउनु छ’

काठमाडौँ, ४ मंसिर । नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् । हाल कोइराला परिवारबाट कांग्रेसको उच्च पदमा विश्वेश्वरप्रसाद कोइरालाका पुत्र डा. शशांक कोइराला महामन्त्री छन् । यस्तै, केशवप्रसाद कोइरालापुत्र डा. शेखर कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला केन्द्रीय सदस्यको भूमिकामा छन् ...
प्रकाश दाहालको स्मृतिमा थामिएन प्रचण्ड परिवारको आँसु

प्रकाश दाहालको स्मृतिमा थामिएन प्रचण्ड परिवारको आँसु

काठमाडौँ, ४ मंसिर । सधैं चहलपहल हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलटलारमा मानिसहरुको उपस्थिति बाक्लो रहेपनि सबै मौन देखिन्थे । मानिसहरुको भिड भएर पनि त्यहां सन्नटा छाएको थियो । सबैको अनुहार मलिन थियो । प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा उपस्थित सबै प्रकाशको संझना गरिरहेका थिए । एक बर्ष अघि हृदयघातको कारण निधन भएका प्रकाशको स्मृतिमा परिव...
छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

छाती र पेट जोडिएका जुम्ल्याहा शिशु जन्मिए

वीरेन्द्रनगर, ४ मंसिर । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा छाती र पेटको माथिल्लो भाग जोडिएका दुई बालिकालाई अप्रेसन गरी निकालिएको छ । अस्पतालमा आइतबार कालिकोटको रास्कोट नगरपालिका–५ स्युनाकी ललिता बुढाको कोखबाट शरीर जोडिएका दुई बालिकालाई निकालिएको हो । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।बालिकाहरुलाई अस्पतालको एनआईसीयूमा राखिएको छ । बालिका र आमा स...
दाहोरो कर उठाउन नपाउने निर्णय चाँडै अाउने

दाहोरो कर उठाउन नपाउने निर्णय चाँडै अाउने

काठमाडौँ, ४ मंसिर । सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ । संघ, प्रदेश र स्थानीय निकायले जथाभावी कर उठाउन थालेपछि मन्त्रालयले समिति गठन गरी अध्ययन गरेको थियो । आजको गोरखापत्र दैनिकमा यो खबर छ छ । सातौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा दोहोरो कर नलाग्ने गरी मन्त्रिपरिषद्को निर्णय गर्न लागेको जानका...
२०७५ मंसिर ४ गते मंगलबार/आजको राशिफल

२०७५ मंसिर ४ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल मंसिर ४ गते। मंगलबार। इश्वी सन् २०१८ नोभेम्बर २० तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वादशी, १२:४३ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। भोग-विलासमा समय व्यतीत हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ...
निर्वाचनसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न आवश्यक

निर्वाचनसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्न आवश्यक

काठमाडौँ, ३ मङ्सिर । विद्यालय तहको पाठ्यक्रममा नै निर्वाचन शिक्षासम्बन्धी विषय पाठयक्रममा अनिवार्य गराइनुपर्ने सरोकारवाला व्यक्तिहरुको बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समीक्षा: सरोकार र समालोचना’ विषयक छलफल कार्यक्रमका सहभागीले सो धारणा राख्नुभएको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले यसअघिका निर्वाचन निष्पक्ष र भयरहित हुन ...
पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग : अर्थ समिति

पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग : अर्थ समिति

काठमाडौँ, ३ मङ्सिर । प्रतिनिधिसभा, अर्थ समितिले पूँजीगत खर्च बढाउन तथा गैरबजेटरी शीर्षकमा बजेट माग गर्ने प्रवृत्तिको अन्त्य गर्न विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका नेतृत्वलाई सुझाव दिएको छ । समितिको आजको बैठकमा अर्थ, भौतिकपूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपछी विकास मन्त्रालयको चार महीनाको पूँजीगत खर्चको अवस्था र गैरबजे...
समाजवाद ल्याउन युवा विद्यार्थी लागेमात्र प्रकाशप्रति श्रद्धाञ्जली हुने: प्रवक्ता श्रेष्ठ

समाजवाद ल्याउन युवा विद्यार्थी लागेमात्र प्रकाशप्रति श्रद्धाञ्जली हुने: प्रवक्ता श्रेष्ठ

काठमाडौँ, ३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवा तथा विद्यार्थी सङ्ंगठनले तत्कालीन नेकपा माओवादी केन्द्रका युवा नेता प्रकाश दाहालको ‘प्रथम स्मृति दिवस’का अवसरमा आज यहाँ श्रद्धाञ्जलीसभा तथा दीप प्रज्वलन गरेका छन् । माइतीघरमा आयोजित श्रद्धाञ्जलीसभामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा नेता प्रकाशको नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान रहेको बताए। नेपाली समाज परिवर्तन गर्न...
केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

केराको आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

काठमाडौँ, ३ मङ्सिर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताउनुभएको छ । कति मात्रामा कसरी केराको भन्सार दर बढाउने भन्नेबारेमा अर्थमन्त्री डा युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको समेत मन्त्री खनालले जानकारी दिनुभयो । विभिन्न दश जिल्लाबाट आएका केरा उत्पादक सङ्घको ज्ञापन पत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग व...
न्यून आय भएका विद्यार्थीका लागि ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

न्यून आय भएका विद्यार्थीका लागि ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

बाल्टीमोर, ३ कात्तिक । संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिनुभएको छ । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताउनुभएको छ । बाल्टीमोरमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयले अर्को सत्रदेखि ...
राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ

फिदिम, ३ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन । सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय पर...
सोलुखुम्बु जिल्ला अदालतले एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु जिल्ला अदालतले एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु, ३ मङ्सिर । सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक मसान्तसम्म दण्ड जरिवाना तोकिएका व्यक्ति तथा संस्थाबाट उक्त जरिवाना रकम उठ्न बाँकी भएको हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको जरिवाना रकमसहित रु एक करोड ३१ लाख छ हजार ६७२ रहेकामा कात्तिक महीनासम्ममा रु १८ लाख ४० हजार १६० सङ्कलन भएको जिल्ला न्यायाधीश नारायण...
error: Content is protected !!